Shree Purwanchal Gyanchakshu School

Shree Purwanchal Gyanchakshu School

Share

The only school where merely visually impaired & low visioned children study by residing in the school hostel..

13/05/2026
24/02/2026

यस पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा नेत्रहीन क्रिकेट सङ्घ,काठमाडौँ, नेपाल(CAB)को पहलमा सम्पूर्ण रूपले आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराई दृष्टिविहीन विद्यार्थीहरूको लागि दृष्टिविहीन मैत्री क्रिकेट क्रिज निर्माण गरी क्रिकेटको लागि ब्याट, नि प्याड, खेलाडीहरूको लागि क्याप, स्टम्प, साउन्ड फुटबल आदि निःशुल्क उपलब्ध गराई CAB द्वारा नै आयोजित क्रिकेट खेलसम्बन्धी तालिममा प्रशिक्षक द्वय प्रविण तामाङ र सुनिता भुजेलद्वारा विद्यालयका विद्यार्थीहरू सहभागी हुँदै गरेको अवस्था।

CAB नेपालका अध्यक्ष श्री पवन घिमिरेज्यू लगायत सम्पूर्ण CAB परिवारप्रति विद्यालय परिवार हार्दिक अभिनन्दनसहित कृतज्ञता व्यक्त गर्दछ।
विद्यालय प्रअ-प्रमोद भण्डारी।

31/01/2026

श्री पूर्वाञ्चल ज्ञानचक्सु विद्यालय धरान १५ का दृष्टिविहीन तथा न्यून दृष्टियुक्त बालबालिकाहरू २०८२ सालको विद्यालयद्वारा आयोजित वनभोज कार्यक्रममा सरिक भई रमाइलो मनाउँदै गरेको अवस्थाका केही झलकहरु।

31/01/2026

श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय धरान-१५ का दृष्टिविहीन तथा न्यून दृष्टियुक्त बालबालिकाहरूको २०८२ सालको विद्यालयबाट आयोजित वनभोज कार्यक्रमका केही झलकहरू।

Photos from Shree Purwanchal Gyanchakshu School's post 20/01/2026

Shilapatra Media Network Pvt. Ltd.
Tue, Jan 20, 2026६ माघ, २०८२
Shilapatra
AIP
Medhavi
शिलापत्र संवाददाता
शिलापत्र संवाददाता
मंगलबार, माघ ६, २०८२

पूर्वाञ्चल ज्ञानचक्षुका बालबालिकालाई कलाकार सन्दीप क्षेत्रीले बाँडे आत्मबल, आशा र आत्मविश्वास।
आँखाले देख्न नसक्ने तर सपनाले आकाश छुने क्षमता भएका धरान–१५ स्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका बालबालिकाहरूका लागि ६ माघको दिन प्रेरणाको उज्यालो बनेर आयो ।

दृष्टिविहीन तथा न्यून दृष्टियुक्त बालबालिकाहरूका लागि सञ्चालित देशकै एक मात्र विशेष विद्यालयमा चर्चित हास्य कलाकार सन्दीप क्षेत्रीले हास्यसँगै आत्मबल, आशा र आत्मविश्वास बाँडे ।

‘मोटिभेसनल स्पिच प्रोग्राम विथ सन्दीप क्षेत्री फर स्पेसियल चाइल्ड– लेट्स लर्न, ग्रो एण्ड गेट इन्सपायर्ड’ शीर्षकमा आयोजित कार्यक्रममा सन्दीपले विद्यार्थीहरूसँग जीवनका संघर्ष, सोचको शक्ति र सम्भावनाबारे खुलेर संवाद गरे ।
विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनले भने, ‘जीवनमा जे बन्न मन छ, त्यही सोच्नुपर्छ । हामीले जे सोच्छौँ, जीवनले पनि त्यही नतिजा दिन्छ । हामीले गर्न नसक्ने केही छैन । जीवनमा चाहने हो भने जे पनि सम्भव छ ।’
उनका यी शब्दहरूले दृष्टिविहीन बालबालिकाको मनमा आत्मविश्वासको नयाँ दीप प्रज्वलित गरिदियो । हलभित्र बसेका विद्यार्थीहरूका अनुहारमा मुस्कान, उत्साह र आशाको झल्को देखिन्थ्यो ।
कार्यक्रमपछि विद्यालयका प्रधानाध्यापक प्रमोद भण्डारीले विद्यार्थीहरूको मनोबलमा आएको परिवर्तन उल्लेख गरे ।
‘आजको कार्यक्रमपछि विद्यार्थीहरूले ‘हामी पनि विभिन्न क्षेत्रमा काम गर्न सक्छौँ’ भन्ने अनुभूति गरेका छन् । समाज र परिवारले हामी गर्न सक्दैनौँ भनेर गरेको नजरअन्दाजलाई तोड्न सकिन्छ भन्ने विश्वास जागेको छ,’ भण्डारीले शिलापत्रलाई बताए ।
कार्यक्रमपछि सन्दीप क्षेत्रीले पनि फरक क्षमता भएका विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्न पाउँदा आफू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिएका छन् । समय कम भएको प्रति केही खिन्नता जनाउँदै उनले यस्तो कार्यक्रमलाई निरन्तरता दिन चाहेको संकेतसमेत दिएका थिए ।
कार्यक्रममा नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरे, महासचिव अमृत बराल, पाठ्यक्रम विकास केन्द्रका अधिकृत नारद धमलालगायत व्यक्तित्वहरूको उपस्थिति थियो ।
हास्य कलाकार, तर आशाका दूत
कमेडीमार्फत लाखौँलाई हसाउँदै आएका सन्दीप क्षेत्री पछिल्लो समय सामाजिक उत्तरदायित्व बोकेको प्रेरणादायी यात्रामा पनि सक्रिय छन् । मंगलबार उनले धरानमा ‘मोटिभेसनसहितको लाफ्टर सेसन’ सञ्चालन गर्दै दृष्टिविहीन विद्यार्थीहरूलाई जीवनप्रति आशावादी बन्न हौस्याए ।
पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका ७९ जना दृष्टिविहीन विद्यार्थीले उक्त सत्रमा मनोरञ्जनसँगै आत्मबल र आत्मविश्वासको पाठ सिके । कार्यक्रममा विद्यार्थीहरू अभिभावकसहित सहभागी हुँदा कुल उपस्थिति २ सय जनाभन्दा बढी रहेको थियो ।
‘सन्दीप क्षेत्री फर स्पेसियल चाइल्ड्स’ नाम दिइएको उक्त कार्यक्रम शेयरिङ ह्याप्पिनेस फाउन्डेसनको आयोजनामा सम्पन्न भएको हो । फाउन्डेसनका प्रतिनिधि राज श्रेष्ठका अनुसार दृष्टिविहीन विद्यार्थीहरूलाई जीवनप्रति सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
आँखा नभए पनि सपना देख्न रोकिँदैन । विश्वास नभए पनि सम्भावना मर्दैन । यसरी धरानस्थित ज्ञानचक्षु विद्यालयको त्यो हलमा ६ माघको दिन सन्दीपले हास्यभन्दा निकै ठूलो कुरा बाँडे–आत्मविश्वास ।

20/01/2026

कोटी कोटी अभिनन्दन सहित हार्दिक आभार व्यक्त गर्दछु शुभचिन्तक प्रेरणादाता सन्दीप क्षेत्रीज्यूप्रति एवं सम्पूर्ण शुभेच्छुक महानुभावहरूमा।

16/01/2026

अत्यन्त सहयोगी र ठूला मनका धनी Australia निवासीसहितका तपाईँ दाताहरूबाट प्राप्त आर्थिक सहयोगबाट नेपालकै एकमात्र दृष्टिविहीन बाल बालिकाहरूले मात्र अध्ययन गर्ने यस पूर्वाञ्चल ज्ञानचक्षु विशेष विद्यालयको सम्पूर्ण कोरिडोरहरूमा दृष्टिविहीन बालबालिकाहरूको लागि ट्याकटाइल टायलहरूको स्पर्शशील पदमार्ग निर्माण गरिँदै गरेको अवस्था। सम्भवत: यो विद्यालय दृष्टिविहीन बालबालिकाहरूले अध्ययन गर्ने ट्याक टाइल युक्त स्पर्शशील पदमार्ग भएको नेपालकै पहिलो विद्यालय बनेको छ। सदासयता राख्नुहुने करूणाका धनी तपाईँहरू सम्पूर्णमा कोटीकोटी नमन एवं हार्दिक आभार सहित मुरीमुरी धन्यवाद अर्पण गर्दछु।
विद्यालय प्रअ-प्रमोद भण्डारी।

TikTok · bala_npl 03/10/2025

कतिपय तथ्यपूर्ण कुराहरू सम्बन्धित व्यक्तिबाट व्यक्त भए मात्र प्रभावकारी हुँदो रहेछ।

TikTok · bala_npl 23.2K likes, 758 comments. “DR. OM Murti Anil ?tiktok🥰 ”

Want your school to be the top-listed School/college in Dharan Bazar?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Gyanchakshu Marga, Dharan-15, Sunsari
Dharan Bazar
5700