श्री बालपञ्च माध्यमिक विद्यालय पाख्रीबास न. पा.-२ सान्ने,धनकुटा

श्री बालपञ्च माध्यमिक विद्यालय पाख्रीबास न. पा.-२ सान्ने,धनकुटा

Share

गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता

Photos from श्री बालपञ्च माध्यमिक विद्यालय पाख्रीबास न. पा.-२ सान्ने,धनकुटा's post 03/01/2026

यस विद्यालयको ६४औं वार्षिकोत्सब तथा अभिभावक दिवस अन्तर्गत मुल समारोह कार्यक्रम जिल्ला समन्वय समित प्रमुख श्री निरेन तामाङको प्रमुख आतिथ्य तथा विशेष अतिथि पुर्व नगर प्रमुख श्री बृष बहादुर राईकाे विशेष आतिथ्यमा मा मिति २०८२-०९-१९ गते शनिबार भव्यरुपमा सम्पन्न्न भएको छ।उक्त कार्यक्रममा विद्यार्थीहरुलाइ पुरस्कार वितरण,उत्कृष्ट वर्ष शिक्षक-२०८१बाट शिक्षक श्री दिलकुमार पाैडेललाई सम्मान , SEE मा उत्कृष्ट GPA ल्याउन सफल शिक्षा विषय शिक्षक श्री रुपनारायण गुरागाईलाई सम्मान, तथा शिक्षक द्वेय श्री राजेन्द्र पाण्डे , श्री देवका नेपाल साथै विद्यालय लेखा कर्मचारी श्री घनश्याम गाैतम र सहयाेगी कर्मचारी गीता तामाङ्ग सम्मान अक्षय कोषबाट पुरस्कार वितरण, SEE-२०८१ मा उत्कृष्ट हुने विद्यार्थी गीता खपाङ्गीलाई सम्मान तथा प्रअद्वारा विद्यालयको वार्षिक प्रतिवेदन पेश र विद्यार्थी तथा अभिभावक हरु बिच विभिन्न मनोरन्जनात्मक प्रतियोगिता हरु सम्पन्न भएको थियो।कार्यक्रमलाई सफल बनाउन अमुल्य सहयोग गर्नुहुने शिक्षक, विद्यार्थी तथा अभिभावकज्युहरुलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछौं । कार्यक्रमका केही झलकहरु।

02/12/2025

बिधालयकाे नया भबन निर्माणका लागि नाप जाँच गर्दे ।

26/11/2025

सूचना । सूचना ।। सूचना ।।।

Photos from श्री बालपञ्च माध्यमिक विद्यालय पाख्रीबास न. पा.-२ सान्ने,धनकुटा's post 24/03/2025

५ बर्ष १ महिना २१ दिन हाम्रो बिधालय श्री बालपञ्च मा.बि मा नि.मा. राहत अनुदान काेटामा कार्यरत अङ्ग्रेजी शिक्षक प्रथामिक तहमा स्थाई भई सिफारिस हुनभएकाेमा अाज बिधालयकाे तर्फबाट फेरि भेटाैला कार्यक्रम । सरकाे नया क्षेत्रकाे शैक्षिक यात्रा झनै राम्रो हाेस शुभकामना ।

Photos from श्री बालपञ्च माध्यमिक विद्यालय पाख्रीबास न. पा.-२ सान्ने,धनकुटा's post 20/03/2025

श्री बालपञ्च माध्यमिक विद्यालय को स्काउट दलमा रहेका स्काउट भाइ बहिनीहरूले कक्षा १० मा अध्यनरत स्काउट भाइ बहिनीहरूलाई फेरि भेटाैला कार्यक्रमका केही झलकहरू ।

Photos from श्री बालपञ्च माध्यमिक विद्यालय पाख्रीबास न. पा.-२ सान्ने,धनकुटा's post 20/03/2025

आज मिति२०८१/१२/०७ गतेदेखि प्रथामिक तहमा स्थाई नियुक्त लिई अाउनुहुने शिक्षकहरू श्री टिकादेबि घिमिरे र शर्मिला सिजालीलाई बिधालयकाे तर्फबाट बधाई सहित सफल कार्यकालकाे शुभकामना ।

Photos from श्री बालपञ्च माध्यमिक विद्यालय पाख्रीबास न. पा.-२ सान्ने,धनकुटा's post 17/03/2025

कक्षा १० का भाईबहिनीहरूकाे उज्जल भबिश्यकाे कामना सहित फेरि भेटाैला कार्यक्रम -२०८१ अायाेजक कक्षा ९ का बिधार्थी भाईबहिनीहरूलाई धेरै धेरै धन्यबाद ।

Photos from श्री बालपञ्च माध्यमिक विद्यालय पाख्रीबास न. पा.-२ सान्ने,धनकुटा's post 07/03/2025

फेरि भेटौला कार्यक्रम सम्पन्न
यस विद्यालयमा मिति २०७६-०८-१३ देखि २०८१-११-११ गतेसम्म प्राथमिक तहमा कार्यरत शिक्षक चेतनाथ खनालको छथर जोरपाटी गा. पा. -४ तेलिया स्थित श्री तिलेश्वर माध्यमिक विद्यालयमा सरुवा भएको हुँदा निज शिक्षकलाई विद्यालयको तर्फबाट फेरि भेटौला कार्यक्रम सप्पन्न भएको छ। शिक्षक चेतनाथ खनाल सरको शैक्षिक सफलता तथा उज्ज्वल भविस्यको कामना गर्दछौं ।
मिति: २०८१-११-२३.

Photos from श्री बालपञ्च माध्यमिक विद्यालय पाख्रीबास न. पा.-२ सान्ने,धनकुटा's post 03/03/2025

बालपञ्च स्काउट दलको एक रात दुई दिने स्काउट क्याम्प तथा दिक्षान्त समारोह सम्पन्न
मिति २०८१ साल फागुन१७ गते पाख्रीबास न.पा का उपप्रमुख तथा स्थानिय प्रमुख स्काउट श्री नम्रता गौतमको प्रमुख आतिथ्यतामा पहिलो दिनको औपचारिक कार्यक्रमको शुभारम्भ भएको थियो।पहिलो चरणमा सदस्यता तहका ३० जना विद्यार्थीहरुको दिक्षान्त भएको थियो भने राती मनोरञ्जनात्मक क्याम्प फायर कार्यक्रम सम्पन्न भएको थियो।दोस्रो दिन विपद व्यवस्थापन सम्बन्धि तालिम संचालन गरिएको थियो।उक्त तालिमको औपचारिक उद्घाटन धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री टुबराज पोख्रेलज्यूले गर्नुभएको थियो उक्त कार्यक्रममा अतिथिको रुपमा नेपाल प्रहरीका प्रहरी उपरिक्षक श्री श्याम सिंह चौधरी,सशस्त्र प्रहरी नायब उपरिक्षक श्री मदन नाथ र प्रमुख अनुसन्धान अधिकृत श्री रुद्र गुर्भछान मगर रहनु भएको थियो ।सशस्त्र प्रहरिद्वारा ५४ जना स्काउट विद्यार्थीहरुलाई तालिम प्रदान गरिएको थियो।क्याम्प आयोजना गर्न सहयोग गर्नुहुने पाख्रीबास नगरपालिकालाई विशेष धन्यवाद दिन चाहान्छौ।यस्तै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने प्रदेश स्काउट कोशी प्रदेशका प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भन्डारी,प्रदेश अधिकृत श्री नवराज घिमिरे,रङ्गेली न. पा. का स्थानिय प्रमुख आयुक्त श्री मोतिराम ढुंगाना ,धरान स्काउटका शुसासन, स्रोत तथा वित्त आयुक्त श्री सुर्यकुमार सुनुवार,स्काउट मास्टर श्री विपिन लुइटेल,रोभर श्री सुप्रीम कोइराला र स्काउटर श्री सुरज चौलागाईंलाई हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्दछौं ।

Photos from श्री बालपञ्च माध्यमिक विद्यालय पाख्रीबास न. पा.-२ सान्ने,धनकुटा's post 04/02/2025

आज मिति २०८१ साल माघ २२ गते मंगलबारका दिन यस विद्यालयद्वारा आयोजित अन्तर सदनात्मक छात्र ,छात्रा फुटबल प्रतियोगिता सम्पन्न भएको छ। उक्त खेलमा छात्रा तर्फ सयपत्री सदन र छात्र तर्फ लालिगुरास सदन प्रथम भएको छ।खेलाडी विद्यार्थीहरुलाई हौसला प्रदान गर्नका निमित्त उद्घाटन खेल शिक्षक तथा कर्मचारीहरु बिच भएको थियो। यस फुटबल खेललाई सफलतापुर्वक सम्पन्न गर्नुहुने खेलकुद समिति लगायत खेल संचालनमा रेफ्रीको भुमिका निर्वाह गर्नुहुने शिक्षक तथा विद्यार्थी भाईहरु, खेल व्यवस्थापनमा खटिनुभएका सम्पुर्ण शिक्षक वर्गहरु सथै अनुशासीत विद्यार्थी भाईबहिनिहरुलाई विद्यालयको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौं ।विजयी खेलाडी भाइबैनीहरुलाइ हार्दिक बधाइ तथा खेलमा सहभागी उत्साही भाइ बैनी लगायत सम्पुर्ण विद्यार्थीहरुलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

Want your school to be the top-listed School/college in Dhankuta?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Dhankuta