SEE Math Nepal

SEE Math Nepal

Share

I am a mathematics teacher. I want to teach or guide the students to go ahead. I am school Mathematic teacher since last 30 years.

Students who are struggling in mathematics can be also improved. गणित सजिलैसंग सिक्न सकिन्छ जसको तरिका हुन्छ । कहाँबाट शुरु गर्ने , के सिक्ने , कसरी सिक्ने , किन सिक्ने ? During my teaching period, I came to interact with various levels of learning capable students.So, I want to conclude about mathematics and life.

22/08/2026

मनिषा ओझाले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल।
पुर्व विद्यार्थी मनिषाले पनि दाजु मनिषले जस्तै पुर्ण छात्रवृत्तिमा सोही क्याम्पसमा अध्ययनरत छन् भने बहिनीले पनि अब पढ्ने।
बधाई तथा शुभकामना दुबै जनालाई।

22/08/2026

कुनै पनि धेरै भयो भने त्यसको मुल्य घट्छ ।
उहिले विद्यार्थीहरु पढ्न खोज्थे , साधान र स्रोत कम तर अहिले पढ्नको लागि स्रोत प्रशस्त युटयुवभरी , सामाजिक संजाल भरी , सहयोगी सामग्रीहरु विक्रिवितरण तर पढ्ने चाही छैन , चासो नै छैन । जतिबेला थिएन सवैले खोजी खोजी पढ्ने सिक्थे तर आज जताततै छ कसैको चासो नै छैन । गणितमा लागि सारा राज्य लागेको छ , अभिभावकहरु लागेका छन् , सहयोगी सामग्रीहरु छापिएका छन् , विभिन्न विद्युतीय सिकाई माध्यमहरु रहेका छन् तर गणितमा विद्यार्थीहरु साधारण भन्दा साधारण कुराहरु पनि जान्दैनन् । विद्यार्थीहरु जानेन भने दोष चाही एकले अर्कोलाई दिएर सवै आफु चोखिनु खोजिरहेका छन् ।
जवसम्म आधारभुत तहमा पढाई स्तरीय हुदैन माथिल्ला कक्षाहरुमा जति नै कोसिस गरेतापनि न्युनले मात्र प्रगती गर्न सक्छन् । तसर्थ शिक्षाको लगानी तल्लो तहमा नै स्तरीय रुपमा गर्नुपर्छ , शिक्षकहरुको नियुक्ति विषयगत रुपमा गरिनु पर्छ अहिलेको जस्तो होइन ।

20/08/2026

गणित कसरी पढ्दा आउँछ ?
संसार भरी यही कुराको चर्चा छ कि गणित यसरी पढ्दा आउँछ , उसरी पढ्दा आउँछ । यी सवै आ आफ्नै तरिकाको अनुभव र प्रक्रियाहरु हुन् , तर विश्वव्यापी नियम होइन ।
यो कुरा बुझ्न आवश्यक छ कि साना कक्षाहरुमा गणित सवैको लागि भएपनि कक्षाहरु बढ्दै गएपछि केहीको लागि मात्र गणित हुन्छ । गणितका विषयवस्तुहरु क्रमशः अमुर्त अनि जटिल बन्दै जान्छ जो गणितमा राम्रा छन् बुझ्न सजिलो छ तर जो जान्दैनन् उनीहरुको लागि यो अत्यन्तै जटिल बनेको अनुभव हुन्छ ।
गणित सिक्नको लागि साना साना कुराहरुमा बढी ध्यान दिनुपर्छ । साना कक्षा कक्षाका पुस्तकहरुलाई सरसर्ती हेर्ने , त्यहाँका उदाहरणहरुलाई हेर्ने मनन् गर्ने , बुझ्नको लागि कोसिस गर्ने , कठिन भएको महसुस नगर्ने , गणित सिक्दा जहिले पनि भविष्यको उत्प्रेरणादायी बन्नु पर्छ । गल्ती गर्नु डराउनु हुदैन , बीना गल्ती गणित जानिदैन ।
गणितका विषयवस्तुहरु एकैदिनमा धेरै होइन थोरै तर राम्ररी अध्ययन गर्नुपर्छ ।

16/08/2026

Good Morning

Photos from SEE Math Nepal's post 11/08/2026

विद्यार्थीहरु ( Trigonometry class 10 Nepali translated book)
पहिला प्रश्नसारेर तिमीले आफै समाधान गर्ने कोसिस गर , मिलेन फेरी एक पटक प्रयास गर त्यपछि पनि मिलेन भने यो समाधानलाई एक पटक हेर्नु अनि फेरी प्रश्न सारेर समाधान गर्ने प्रयास गर्नु है ।

10/08/2026

विपरित फलन भनेको के हो ? किन x लाई y र y लाई x पार्नुपर्छ ?
What is inverse function ? why do we interchange x and y ?

05/08/2026

Name and functions of the keys

05/08/2026

कसरी पढाउँदा विद्यार्थीहरु जान्ने हुन्छन् भन्ने वारेमा खोज तथा अनुसन्धान संसार भरी नै भइरहेको हुन्छ ।
गणित किन सिक्ने ? भन्ने कुरा चाही पहिलो कुरा हो । के को लागि सिक्ने ? सिकेर के गर्न सकिन्छ ? पहिला यसको उत्तर खोज्न सकियो भने गणित सिक्न समय लाग्दैन कि ?

05/08/2026

यो समस्यालाई पहिला आफुले समाधान गर्ने र आफुले गरेको भन्दा फरक छ वा छैन ? सो कुरा दाँजेर हेरौं र थप कुरा सिकौं ।
From translated Nepali Opt.math 10 .

04/08/2026

Making mathematics reels.

Want your school to be the top-listed School/college in Dhankuta Bazar?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Dhankuta Bazar, Dhankuta-5 , Kopchey, Province-1 (Nepal)
Dhankuta Bazar