05/09/2025
श्री बेहडाबाबा माध्यमिक विद्यालयको आ.व.२०८१/०८२ को सामाजिक परिक्षण कार्य सम्पन्न :
सामाजिक परिक्षण समितिका संयोजक एवम् शिक्षक अभिभावक संघका अध्यक्ष श्री मनिराम जैशी ज्यूको सभापतित्वमा आज भाद्र २० गतेका दिन सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रमको आयोजना गरि जनप्रतिनिधि,वि.व्य..स.,शिक्षक अभिभावक संघ,अभिभावक,शिक्षक एवम् विद्यार्थीहरुको उपस्थितिका बीच प्रतिवेदन सार्वजनिक गरियो।उक्त कार्यक्रममा आफ्नो गरिमामय उपस्थिति जनाई अमूल्य सल्लाह सुझाव दिनुभएकोमा वडा अध्यक्ष,वि.व्य.स.,शिक्षक अभिभावक संघ,अभिभावकज्यूहरु,सामाजिक परिक्षण समिति एवम् प्राबिधिक उपसमितिका सम्पूर्ण पदाधिकारीज्यूहरु,पत्रकारज्यूहरु,सम्पूर्ण शिक्षक स्टाफ र विद्यार्थी भाइबहिनीहरू हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ ।