14/09/2026
सूचना
आदरणीय अभिभावकज्यू,
नमस्कार,
विषय: विद्यालय नियमित सञ्चालन सम्बन्धमा।
हरितालिका तीजको बिदा समाप्त भएसँगै भोलि भदौ ३० गतेदेखि विद्यालयको नियमित पठनपाठन तथा सम्पूर्ण शैक्षिक गतिविधिहरू सञ्चालन हुने व्यहोरा सम्पूर्ण अभिभावकज्यू, विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूमा जानकारी गराइन्छ।
अतः सम्पूर्ण शिक्षक तथा कर्मचारीज्यूहरूलाई तोकिएको समयमै विद्यालयमा उपस्थित भई आ–आफ्नो जिम्मेवारी पूरा गर्न तथा अभिभावकज्यूहरूलाई आफ्ना नानीबाबुहरूलाई नियमित रूपमा विद्यालय पठाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
धन्यवाद।