06/08/2026
🙏 कृतज्ञता तथा धन्यवाद ज्ञापन 🙏
जनताधारभूत विद्यालय, धनगढी–३, विशालनगरको दैनिक प्रशासनिक तथा शैक्षिक कामकाजलाई अझ बढी सहज, प्रभावकारी र नवीनतम बनाउने उद्देश्यका साथ यस विद्यालयका प्राथमिक तहका स्थाई शिक्षक आदरणीय विष्णा भट्ट पाठक ज्यूले विद्यालयलाई एक थान रङ्गीन प्रिन्टर (Color Printer) उपलब्ध गराउनुभएको छ।
उहाँको यो अमूल्य सहयोगले विद्यालयको दैनिक कार्यसम्पादनमा देखिएका असहजताहरू हट्नेछन् र बालबालिकाहरूको सिकाइ सामग्री निर्माणमा ठूलो मद्दत पुग्नेछ।
विद्यालयको प्रगतिका लागि आफ्नो तर्फबाट यसरी महत्वपूर्ण योगदान पुर्याउनुभएकोमा आदरणीय शिक्षक विष्णा भट्ट पाठक ज्यूलाई जनताधारभूत विद्यालय परिवारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आदरका साथ धन्यवाद ज्ञापन गर्दछौँ। उहाँको सुख, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछौँ।
– विद्यालय परिवार
जनताधारभूत विद्यालय
धनगढी–३, विशालनगर