Three Stars English Boarding School
"Quality Education is our Motto."
आदरणीय अभिभावकज्यूहरू,
सादर नमस्कार 🙏
विषय: विद्यालय विदा सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा मिति २०८३ वैशाख १८ गतेका दिन बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय मजदुर दिवस को अवसरमा विद्यालयमा पठनपाठन बन्द रहने जानकारी गराइन्छ।
साथै, शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना कार्यक्रमका लागि विद्यालय प्रशासन बिहान ८बजे देखि साँझ ५ बजेसम्म खुला रहने जानकारी गराइन्छ।
धन्यवाद 🙏
विद्यालय प्रशासन
29/04/2026
📚 Book List for Academic Session 2083
Three Stars English Boarding School
29/04/2026
Our new little kids ❤️🫶🏻
२०८३/०१/१३
पठनपाठन शुभारम्भ सम्बन्धि सूचना।
यस विद्यालयको शैक्षिक सत्र २०८३ अन्तर्गत कक्षा सञ्चालन तथा नियमित पठनपाठन निम्न मिति र समयमा सुरु हुने जानकारी सम्पूर्ण अभिभावक तथा विद्यार्थी वर्गलाई गराइन्छ।
मिति: २०८३ साल वैशाख १४ गते
समय: बिहान ९:४५ बजेदेखि बेलुका ४:०० बजेसम्म
तसर्थ, सबै विद्यार्थीहरूलाई तोकिएको मिति र समयमा विद्यालय उपस्थित भई नियमित रूपमा अध्ययनमा सहभागी हुन अनुरोध गरिन्छ।
विद्यालय प्रशासन
सूचना
यस Three Stars English Boarding School द्वारा मिति २०८३/०१/०४ गते प्रकाशित प्राथमिक तथा निम्न माध्यमिक तहका नेपाली शिक्षक पदका लागि दरखास्त दिनु भएका सम्पूर्ण उम्मेदवारहरूलाई सूचित गरिन्छ कि लिखित परीक्षा मिति २०८३/०१/१३ गते बिहान ठिक ८:०० बजे सञ्चालन हुने छ।
तसर्थ, सम्बन्धित सबै उम्मेदवारहरूलाई तोकिएको समयभन्दा अगाडि नै आवश्यक कागजातसहित उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ।
- विद्यालय प्रशासन
संस्कार सहितको शिक्षा नै उज्ज्वल भविष्यको आधार हो।
हामीलाई सम्झिनुहोस्—जहाँ ज्ञानसँगै अनुशासन, नैतिकता र संस्कारको पनि बराबर महत्व दिइन्छ।
आफ्ना नानीबाबु को समग्र विकासका लागि आजै सही निर्णय लिनुहोस्।
संस्कारयुक्त शिक्षाका लागि हामीसँग जोडिनुहोस्। 🙏
:::
सूचना!
विषय: पुनः परीक्षा सम्बन्धी
यस विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई सूचित गरिन्छ कि वाषिंक परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरूका लागि पुनः परीक्षा सञ्चालन गरिने भएको छ।
पुनः परीक्षाको विवरण यस प्रकार छ:
- मिति: २०८३/०१/१२
- समय: विहान १०:०० वजे
सम्बन्धित सबै विद्यार्थीहरूलाई आवश्यक सामग्री सहित तोकिएको समयमा उपस्थित हुन अनुरोध गरिन्छ।
थप जानकारीका लागि विद्यालय प्रशासनमा सम्पर्क गर्नुहोस्।
21/04/2026
📢 शैक्षिक सत्र २०८३ का लागि भर्ना खुल्यो! 📢
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा शतप्रतिशत नतिजा सहित कैलाली जिल्लामै प्रथम स्थान हासिल गर्न सफल हाम्रो विद्यालयमा नयाँ शैक्षिक सत्र २०८३ का लागि नर्सरीदेखि कक्षा ९ सम्म भर्ना खुला गरिएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं।
✨ हाम्रा विशेषताहरू:
✔️ उत्कृष्ट शैक्षिक नतिजा
✔️ अनुभवी तथा समर्पित शिक्षक टोली
✔️ अनुशासनयुक्त तथा संस्कारयुक्त शिक्षा
✔️ विद्यार्थीमैत्री वातावरण
🗓️ भर्ना सुरु हुने मिति: वैशाख ४ गते
📚 कक्षा सञ्चालन हुने मिति: वैशाख १४ गते
आफ्ना नानीबाबुहरूको उज्ज्वल भविष्य निर्माणका लागि आजै हाम्रो विद्यालयमा भर्ना गराउनुहोस्।
📍 सीमित सिट उपलब्ध भएकाले समयमै सम्पर्क राख्नुहोला।
🙏 धन्यवाद 🙏
हार्दिक आभार Sudurpaschim Times
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Campus Road
Dhangadhi
10900