18/01/2026
📖अक्षरारम्भ तथा भर्ना कार्यक्रम – २०८२📖
विद्या, विवेक र संस्कारकी अधिष्ठात्री देवी श्री सरस्वती माताको पावन अवसर श्रीपञ्चमी को दिन Shree Phulwari EB School द्वारा नानीबाबुहरूका लागि वैदिक विधिअनुसार अक्षरारम्भ कार्यक्रम आयोजना गरिँदैछ।
यस अवसरमा विद्यालयमा प्ले ग्रुपदेखि यु.के.जी.सम्म भर्ना प्रक्रिया खुला गरिएको जानकारी गराइन्छ। आफ्ना सन्तानको शैक्षिक यात्राको शुभ सुरुवात यस पवित्र अवसरमा गराउन चाहनु हुने सम्पूर्ण अभिभावकज्यूहरूलाई हार्दिक स्वागत तथा निमन्त्रणा गर्दछौँ।
📅 मिति: २०८२ माघ ९ गते, शुक्रवार
⏰ समय: बिहान १०:०० बजे देखि
📍 स्थान: विद्यालय प्राङ्गण
🌼 आजको अक्षरारम्भ, भोलिको उज्ज्वल भविष्य 🌼