ISTU Kailali

ISTU Kailali श्रम शोषण नगरौ, श्रमको सम्मान गरौ

29/09/2023
22/09/2023

सरकार र शिक्षकबीच ७ बुँदे चालू बार्तामा सहमति, आन्दोलन फिर्ता
हेर्नुहोस् सहमतिको मस्यौदाको पूर्णपाठ
१. नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने ।

२. “विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मा भएका देहायका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडी बढाउन सहजीकरण गर्ने

(क) शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रबन्ध गर्ने

(ख) माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवाको लागि प्रथम श्रेणीमा दश वर्ष सेवा गरेको व्यवस्था गर्ने।

(ग) प्रजातान्त्रिक आन्दोलन तथा द्वन्द प्रभावित शिक्षकको सेवा अवधि गणना गर्ने व्यवस्था।

(घ) पेशागत सुरक्षाको लागि सजाय सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने र शिक्षकलाई बिना आधार सजाय हुन नसक्ने व्यवस्था गर्ने। (ङ) विगतमा निम्नमाध्यमिक द्वितीय तथा प्राथमिक द्वितीय श्रेणी सहितका पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका शिक्षकको बढुवाको लागि आवश्यक व्यवस्था गर्ने।

(च) सम्बन्धित स्थानीय तहभित्र शिक्षकको सरुवा गर्दा शिक्षकको हकमा प्रधानाध्यापकको र प्रधानाध्यापकको हकमा विद्यालय व्यवस्थापन समितिको सहमति आवश्यक पर्ने ।

(छ) प्रारम्भिक बालविकास शिक्षालाई शिक्षाको पुर्वाधारको रुपमा विकास गर्ने र प्रारम्भिक बालविकास सहयोगी कार्यकर्तालाई सामाजीक सुरक्षा कोषमा आवद्ध गर्ने ।

(ज) शिक्षकले शिक्षा नियमावली, २०५९ बमोजिम पाइरहेको उपचार खर्चको व्यवस्थालाई समावेश गर्ने।

(झ) योगदानमा आधारित निवृत्तभरण प्रारम्भ हुने मिति निजामती कर्मचारीलाई भए सरह व्यवस्था गर्ने।

३. शिक्षा सम्बन्धी विज्ञ तथा नेपाल शिक्षक महासंघसमेतको सहभागितामा नियमावली तर्जुमा गर्ने र नियमावलीमा देहायका विषय समावेश गर्ने

(क) कार्यसम्पादन मुल्याङ्कन गर्दा शिक्षकको हकमा प्रधानाध्यापकले र प्रधानाअध्यापकको हकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मूल भूमिका हुने गरी व्यवस्था गर्ने।

(a) पेशागत हक हित लगायतका नेपाल शिक्षक महासंघ सम्बन्धी अन्य विषयहरु । (ग) सार्वजनिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा अभिभावकको बाहुल्य हुने गरी संख्या निर्धारणा

सम्बन्धी विषय । (घ) विद्यालय शिक्षक तथा कर्मचारीले पाउने दुर्गम भत्ता, महति भत्ता तथा रोड वृद्धि तथा समायोजन

लगायतका सुविधा सम्बन्धी विषय ।

(ङ) सार्वजनिक विद्यालयका शिक्षकको संचित विदा र सो बापतको रकमसम्बन्धी विषय ।

४. राष्ट्रिय मापदण्डमा समावेश गर्ने विषय:- (क) विद्यालय कर्मचारीको दरबन्दीको विषय ।

(ख) सार्वजनिक विद्यालयमा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्धता लगायतका सुविधाको विषयः।

(ग) संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीको नियुक्ति पत्र प्रदान गर्ने विषय, न्यूनतम पारिश्रमिक,

सामाजिक सुरक्षा कोषमा आवद्धता लगायतका सुविधा र अभिलेख व्यवस्थापनको विषय । (घ) विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तालिम तथा क्षमता अभिवृद्धिसम्बन्धी विषय ।

(ङ) विद्यालय कर्मचारीको छनोट सेवा सुविधा तथा शर्तसम्बन्धमा एकरुपता कायम गर्न नमुना कानून तर्जुमा सम्बन्धमा ।

(च) शिक्षकको दरबन्दी मिलान तथा पद मिलानसम्बन्धी व्यवस्था स्थानीय आवश्यकता, विषयगत व्यवस्था, विद्यार्थी संख्या र विद्यार्थीको पहुँचलाई आधार बनाउने र यस विषयमा सम्बन्धित शिक्षा कार्यालयबाट समन्वय गर्ने विषय ।

४ विद्यालय शान्तीक्षेत्र भन्ने मान्यताका साथ सबै किसिमका विद्यालयका काम कारवाही आवश्यक सेवा संचालन सम्बन्धी संघीय कानुनको परिधिभित्र पारी पठन पाठन सञ्चालन हुने व्यवस्था गर्ने र शिक्षकलाई आवश्यक सुरक्षाको प्रत्याभूति प्रदान गर्ने।

५. साविक उच्च माध्यमिक विद्यालयमा, राहत, विशेष शिक्षा अनुदानकोटामा नियुक्त भई निरन्तर सेवारत सम्बन्धमा मिति २०७३।३।१५ अघि नियुक्त भएकाकोहकमा शत प्रतिशत र सो पश्चातको हकमा प सीमित प्रतिस्पर्धाबाट पदपूर्ति हुने व्यवस्था गर्ने।

६. विद्यालय शान्तीक्षेत्र भन्ने मान्यताका साथ सबै किसिमका विद्यालयका काम कारवाही आवश्यक सेवा स संघीय कानूनको परिधिभित्र पारी पठन पाठन सञ्चालन हुने व्यवस्था गर्ने र शिक्षकलाई आवश्यक सुरक्ष प्रदान गर्ने

७. नेपाल शिक्षक महासंघद्वारा आह्वान गरिएका काठमाडौ केन्द्रित सबै किसिमका कार्यक्रमहरु आजको मितिबा सार्वजनिक लगायत सबै किसिमका विद्यालयमा अध्ययन अध्यापनलाई नियमित गरी पठन पाठन सञ्चालन गर्ने ।

22/09/2023

स्कुलमा विद्यार्थी रोएका छन्
सडकमा शिक्षक रोएका छन्
सरकार ! हेरेर नबस
आफ्नै गुरु हुन, पाउमा पर्ने हिम्मत गर !!

21/09/2023

शिक्षक एक स्रस्टा हो जसले कुनै पनि राष्ट्रको दिगो विकास मा महत्त्वपूर्ण टेवा पुर्याउने गर्दछन। शिक्षक आफै मा एउटा सोच हो,परिवर्तन हो जसको डोर हिजो कसैले सम्हालेर डोर्‍याउन सक्दैनन् ।
त्यसैले स्वतन्त्र रुपमा शिक्षक ले रचनात्मक रुपमा काम गर्नुपर्छ।
स्वतन्त्र रुपमा दल विहिन,जाति,धर्म सबैलाई त्यगेर नयाँ सोचका साथ शिक्षकले जिम्मेवारी पूरा गर्नुपर्छ भने राज्यले पनि यसको उचित सम्मान गर्नु पर्छ।
आज हजारौं/लाखौं को भिडमा उत्रिएका त्यी शिक्षक राज्यले दिएको झिनो चारोमा बाचिरहदा पनि राज्यले यसको कदर नगर्नु न्यायउचित देखिदैन।

नेपाल शिक्षक महासंघ ले भोलि 2080-06-4 गते देखि अनिचित्कालिन बिध्यालय बन्द को घोषणा गरेको छ l
20/09/2023

नेपाल शिक्षक महासंघ ले भोलि 2080-06-4 गते देखि अनिचित्कालिन बिध्यालय बन्द को घोषणा गरेको छ l

प्रस्तावित शिक्षा ऐन-२०८० का विरुद्ध नेपाल शिक्षक महासङ्घको उद्घोष । शिक्षा पद्धतिको सुधारका लागि विद्यालय बन्द गरि सम्प...
19/09/2023

प्रस्तावित शिक्षा ऐन-२०८० का विरुद्ध नेपाल शिक्षक महासङ्घको उद्घोष । शिक्षा पद्धतिको सुधारका लागि विद्यालय बन्द गरि सम्पूर्ण शिक्षकहरुले सफल पारौ l

देशब्यापी शैक्षिक आन्दोलनका निर्देशन सम्बन्धमा सबैमा जानकारी गराउन चाहान्छौ ।
19/09/2023

देशब्यापी शैक्षिक आन्दोलनका निर्देशन सम्बन्धमा सबैमा जानकारी गराउन चाहान्छौ ।

18/09/2023

२०८० साल हरितालिका तिज को सुवर्ण अवसरमा सम्पुर्ण नारीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

सम्पूर्ण मा जानकारी को लागि हार्दिक अपिल l
18/09/2023

सम्पूर्ण मा जानकारी को लागि हार्दिक अपिल l

Address

Dhangadhi, Kailali
Dhangadhi
091

Telephone

+9779848572951

Website

Alerts

Be the first to know and let us send you an email when ISTU Kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category