Shaileshwari Secondary School Godawari Municipality-06 Kailali

Shaileshwari Secondary School Godawari Municipality-06 Kailali “Work hard, be kind and amazing things will happen.”

हार्दिक बधाई तथा शुभकामना।
18/06/2026

हार्दिक बधाई तथा शुभकामना।

शिक्षक आवश्यकता
18/06/2026

शिक्षक आवश्यकता

एन.सी.सी. (NCC) अभिमुखीकरण तथा स्वास्थ्य परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न !!!आज हाम्रो विद्यालयमा नेपाल सेनाको Nati...
11/06/2026

एन.सी.सी. (NCC) अभिमुखीकरण तथा स्वास्थ्य परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न !!!

आज हाम्रो विद्यालयमा नेपाल सेनाको National Cadet Corps (नेशनल क्याडेट कोर्प्स) (NCC) कार्यक्रम अन्तर्गत विशेष अभिमुखीकरण तथा स्वास्थ्य परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा नेपाली सेनाका सेनानी Sandesh Bikram Sen Oli प्रमुख प्रशिक्षकको रूपमा सहभागी भई अभिभावक तथा विद्यार्थीहरूलाई NCC कार्यक्रमको उद्देश्य, महत्व, अनुशासन, नेतृत्व विकास, राष्ट्रसेवा तथा यसबाट प्राप्त हुने अवसरहरूबारे विस्तृत जानकारी प्रदान गर्नुभयो।

साथै, कार्यक्रममा सहभागी विद्यार्थीहरूको स्वास्थ्य परीक्षण (Health Check-up) गरी NCC क्याडेट छनोट प्रक्रियासमेत सञ्चालन गरिएको थियो। यस कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास तथा राष्ट्रिय भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

यस महत्वपूर्ण कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने नेपाल सेना, सम्पूर्ण अभिभावक, शिक्षकवृन्द तथा विद्यार्थीहरू प्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।

सूचना!!!SEE पूरक (Supplementary/Grade Increment) परीक्षाको परीक्षा केन्द्र सम्बन्धी सूचना !!!यस विधालयको SEE पूरक (ग्रेड...
07/06/2026

सूचना!!!
SEE पूरक (Supplementary/Grade Increment) परीक्षाको परीक्षा केन्द्र सम्बन्धी सूचना !!!

यस विधालयको SEE पूरक (ग्रेड वृद्धि) परिक्षा सरस्वती मा. वि. गेटा मा हुने ब्यहोरा जान्कारी गरिन्छ ।

आज हाम्रो विद्यालयमा विद्यार्थीहरूलाई लोकतान्त्रिक निर्वाचन प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले विद्य...
05/06/2026

आज हाम्रो विद्यालयमा विद्यार्थीहरूलाई लोकतान्त्रिक निर्वाचन प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले विद्यालय नेता(School Captain) तथा उपनेता (School Vice-
Captain)चयनका लागि निर्वाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।

यस कार्यक्रममार्फत विद्यार्थीहरूले उम्मेदवारी दर्ता, प्रचार–प्रसार, मतदान तथा मतगणना जस्ता निर्वाचनका महत्वपूर्ण चरणहरू प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर प्राप्त गरे। यस्ता गतिविधिले विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, नागरिक चेतना तथा लोकतान्त्रिक मूल्य–मान्यताको विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौं।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण शिक्षकवर्ग, कर्मचारी, उम्मेदवार विद्यार्थी तथा मतदाता विद्यार्थीहरूलाई हार्दिक धन्यवाद। नव-निर्वाचित विद्यालय क्याप्टेन र उप-क्याप्टेनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

विद्यालय सरसफाई सप्ताहको आज अन्तिम दिन तथा नियमित सरसफाई कार्यक्रम अन्तर्गत आज विद्यालय परिसरमा सरसफाई कार्यक्रमका गरियो...
15/05/2026

विद्यालय सरसफाई सप्ताहको आज अन्तिम दिन तथा नियमित सरसफाई कार्यक्रम अन्तर्गत आज विद्यालय परिसरमा सरसफाई कार्यक्रमका गरियो। यसमा सरिक हुनुहुने सम्पूर्ण विद्यार्थी भाईबहिनीहरू र नेतृत्त्व गर्नुहुने शिक्षक शिक्षिका ज्यूहरूमा धन्यवाद ।

15/05/2026
14/05/2026

यस शैलेश्वरी माध्यमिक विद्यालयबाट SEE-2082 मा सहभागी छात्रा पुजा ताम्राकारले SEE IDOL Season-5 को Semi-Final पुग्नुभएको हार्दिक बधाई तथा भविष्यको उज्ज्वल यात्राको शुभकामना ब्यक्त गर्दछौँ ।

Address

Badehan
Dhangadhi
10900

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Telephone

+97791501043

Alerts

Be the first to know and let us send you an email when Shaileshwari Secondary School Godawari Municipality-06 Kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category