12/07/2022
बिगत ३ वर्ष देखि अमेरिकाको येल (Yale) विश्वविद्यालय र काठमाण्डौंमा रहेको सोसल साइन्स वहा: अन्तरगतको सेस्लम (CESLAM) (श्रम तथा प्रवासन अध्ययन केन्द्र) विभागले सुदुरपश्चिम प्रदेशको कैलाली र कंचनपुर जिल्लाहरुबाट हुने श्रम प्रवासन, त्यहाको कृषी र मौसमी गरिबी सम्बन्धि अध्ययन गर्दैआईरहेकोछ। विगत ३ बर्ष देखि यी जिल्लाहरुको घरधुरीहरुमा प्रत्यक्ष रुपमा र फोन मार्फतबाट यहि बिषयमा सम्बन्धित भएर घरधुरी सर्वेक्षण गर्दै आईरहेकोछौ| यस “ नेपालको पश्चिम तराई ग्रामीण अध्ययन सर्भेक्षण” कार्यक्रम अमेरिकाको येल विश्वविद्यालयको Y-rise कार्यक्रम मार्फत संचालित हो| जुन कार्यक्रमले नेपालको मात्र नभई बंगलादेश, इन्डोनेसियाको पनि श्रम प्रवासन, त्यहाको कृषी र मौसमी गरिबी सम्बन्धि बुझ्नको लागि अध्ययन गरिरहेको छ |
हामी को हौ ? सोसल साइन्स वहा: संस्था काठमाण्डौमा रहेको विशुद्द रुपमा अध्ययन-अनुसन्धान गर्ने सामाजिक संस्था हो| विगत १८ वर्षदेखि यस संस्थाले समाज विज्ञान अध्ययनलाई विकास र प्रवर्धन गर्ने मुख्य उदेश्यका साथ विभिन्न सामाजिक तथा नीतिगत विषयवस्तुहरुमा अध्ययन अनुसन्धान गर्दै आइरहेको छ| यस अन्तरगत रहेको सेस्लम विभागले विगत ११ बर्ष देखि श्रम तथा प्रवासनसंग सम्बन्धित विभिन्न विषयमा अध्ययन गर्ने र श्रम प्रवासन (वैदेशिक रोजगार) को नीति निर्माणमा पनि सल्लाह सुझाब दिनको लागि भूमिका निभाउदै आएको छ |
अध्ययनको उदेश्य: मौसमी गरिबीको अवस्थामा सुधार ल्याउन र श्रम प्रवासनका समस्याहरु समाधानका लागि आवश्यक नीति निर्माण गर्न तथा कार्यक्रमहरु बनाउनको लागि सहयोग पुर्याउन |