पत्रमा उल्लेख भए अनुसार सम्पूर्ण अभिभावकहरुलाई पत्र पठाइसकिएको छ । पत्र प्राप्त नभए पनि यसै सूचनालाई आधारमानी उपस्थित भईदिनुहुन अनुरोध छ ।
Shree Mahesh Dharma Secondary School
Official Page
To Get More Information About Us Stay Connected With Our Page We are providing quality education since 2011B.S . Thank you
We gave moral education students to perform on national & international stage ... We request everyone to admission their children in our school for their bright future !
आदरणीय अभिभावक तथा विद्यार्थी भाइबहिनी हरू यही मिति , २०८१/०५/०२ गते देखि विद्यालयको पठनपाठन लगायतका सम्पूर्ण गतिविधि हरु सञ्चालन हुने व्यहोरा जानकारी गरिन्छ । साथै मिति २०८१/०५/०७ गते विद्यालय व्यवस्थापन समिति गठनको लागि मिति तय भइसकेकोले सम्पूर्णमा पत्राचार हुने छ । यस प्रयोजनका लागि २०८१/०५/०२ सम्म भर्ना भएका विद्यार्थीका बाबु, आमा, हजुरबुवा तथा हजुरआमा अभिभावक कायम हुने हुँदा सोही दिन सम्म कक्षा ११ मा भर्ना हुन बाँकी विद्यार्थीहरुलाई भर्ना गरिदिनुहुन अनुरोध छ ।
यस विद्यालयबाट २०८१ बैशाख महिनामा संचालित कक्षा १२ को परीक्षामा नियमित तर्फबाट सहभागी भइ नतिजामा २ विषयसम्म ननग्रेड (NG)आएका विद्यार्थीहरुको यहि भाद्र २५ र २६ गते ग्रेडवृद्वि परीक्षा हुने भएकोले उक्त परीक्षामा सहभागी हुनको लागि विद्यार्थीहरुले परीक्षा फाराम भर्नुभर्ने भएकोले तपसील बमोजिमको कागजात सहित २०८१ भदाै ०९ गते आइतबार भित्र विद्यालयकाे लेखा शाखामा सम्पर्क गर्नुहुन सुचित गरिन्छ।
आवश्यक कागजपत्रहरु:
1) पासपोर्ट साइजको फोटो २ प्रति
2) परीक्षा दस्तुर
3) प्रवेशपत्रको प्रतिलिपि
4) अनलाइनबाट डाउनलोड गरेको ग्रेडसिट
सम्पर्क : 9851227344/9841157386
04/08/2024
यस विद्यालयमा शैक्षिक सत्र २०८१ का लागि विभिन्न विषयहरुमा भर्ना खुलेको जानकारी गराउँदछौं ।
02/08/2024
२०८० सालको कक्षा १२ को आज प्रकाशित नतिजा अनुसार यस विद्यालय बाट २७ जना विभिन्न विषयमा सामेल भएका परीक्षार्थीहरु मध्ये उत्कृष्ट ३.७१ GPA सहित १९ जना विभिन्न GPA प्राप्त गरि उत्तीर्ण हुन सफल भएका छन् । सफल भएका सबै विद्यार्थी भाइबहिनीहरू लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । यस नतिजा प्राप्त गर्न लागिपर्नु हुने सम्पूर्ण शिक्षक साथी हरू, अभिभावक, विद्यालय व्यवस्थापन समिति, मेहनती विद्यार्थीहरू सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
30/06/2024
SEE २०८० मा उत्तीर्ण भाइबहिनीहरू बधाइ तथा शुभकामना ज्ञापन गर्दै विद्यालय परिवार ।
27/06/2024
SEE परीक्षा २०८० मा यस विद्यालयबाट १९ जना विद्यार्थी सामेल भएकोमा १५ जना उत्तीर्ण भएका छन् । यस सफलता हासिल गर्न अहोरात्र खटिनुहुने शिक्षक साथीहरु, मेहनत गर्ने भाइबहिनीहरू, हर तरिकाले आफ्ना नानीबाबुहरूलाई राम्रो बनाउन प्रयास गर्नुहुने आदरणीय अभिभावकहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ सबैमा हार्दिक धन्यवाद । बाँकी ४ जना विद्यार्थीहरु सबैले ग्रेड वृद्दि गर्ने मौका पाउन सफल भएका छन् ।
जीवनले धेरै परीक्षा लिन्छ । एउटा परीक्षामा सफलता नै सिङ्गो जीवनको मानक होइन । धेरै दुःख, सङ्कट र उकाली ओराली झेल्नु नै छ । जीवनमा अझै प्रगति भएको हेर्न पाइयोस् । हरेक समस्यासँग मुकाबिला गर्न आँट, साहस प्राप्त होस्। शुभकामना ।
21/06/2024
नियमित शुक्रबारिय कृयाकलाप अन्तर्गत कक्षा ६-८ "सहरिया जीवन भन्दा गाउँले जीवन बेस" र कक्षा ९-१२ मा " विज्ञान अभिशाप कि बरदान" भन्ने विषयमा विद्यार्थीहरुको बादबिबाद प्रतियोगिता सन्चालन ।
27/05/2024
दोस्रोपटक विज्ञापन भयको छ । इच्छुक उम्मेद्वारहरुले सम्पर्क गरौ है ।
20/05/2024
यस विद्यालयमा लामो समय देखि कार्यरत रामेश्वरि चापागाईंकि पुजनिय ससुरा बा को यहि मिति २०८१ साल जेष्ठ २ गते भयको असामयिक निधनले विद्यालय परिवार स्तब्ध भयको छ । मृत आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवार जनमा हार्दिक समबेदना व्यक्त गर्दछौ ।
10/05/2024
अवसर छ है ।
04/05/2024
अवसरको सदुपयोग गरौ है ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
धुनिबेसी नगरपालिका/३
Dhading
45100
Opening Hours
| Monday | 09:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 14:00 |
| Sunday | 10:00 - 16:00 |