24/12/2025
ज्वालामुखी गाउंपालिकाको शैक्षिक क्यालेण्डर अनुसार आज दोस्रो त्रैमासिक परीक्षा-२०८२ को नतिजा प्रकाशन कार्यक्रम अभिभावकहरुको रोहवरमा पुरस्कार बितरण तथा ग्रेडशिट समेत बितरण गरी सम्पन्न गरियो ।
शैक्षिक उन्नयनमा समर्पित !
24/12/2025
ज्वालामुखी गाउंपालिकाको शैक्षिक क्यालेण्डर अनुसार आज दोस्रो त्रैमासिक परीक्षा-२०८२ को नतिजा प्रकाशन कार्यक्रम अभिभावकहरुको रोहवरमा पुरस्कार बितरण तथा ग्रेडशिट समेत बितरण गरी सम्पन्न गरियो ।
21/12/2025
ज्वालामुखी गा. पा. स्तरीय पांचौं राष्ट्रपती रनिङशिल्ड प्रतियोगितामा यस विद्यालयबाट तेकान्दो विधाको ४५ के. जी. को खेलमा प्रथम हुनु भएका छात्र कपिल तामाङ, ५१ के. जी. को खेलमा प्रथम हुनुभएका छात्र निशान श्रेस्ठ, द्वितीय हुनुभएका छात्रहरु रोशन अर्याल र सिजन प्रजापती यहांहरु सवैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं र साथै आगामी दिनको उत्तरोत्तर प्रगतीको कामना गर्दछौं ।
विद्यालय परिवार
17/12/2025
यस विद्यालयको मा. शि. संघीय अनुदान (गणित विषय) शिक्षक पदमा नियुक्ति हुनु भएका शिक्षक बिनय कुमार यादव सरलाई आज स्वागत गरियो । यहांको कार्यकाल सफल, सहज र सुखद रहोस , विद्यालयको शैक्षिक उन्नतिमा यहांले गर्नुहुने योगदानलाई सदैव कदर गरिनेछ ।
विद्यालय परिवार
25/11/2025
आज यस विद्यालयमा ज्वालामुखी गाउंपालिका सांधभन्ज्याङ धादिङको आयोजनामा कक्षा ८-१० का विद्यार्थिहरुलाई मनोसामाजिक परामर्स सेवा कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम र सम्पूर्ण कक्षाका विद्यार्थिहरुको आंखा जांच कार्यक्रम सम्पन्न गरियो । यस विविध कार्यक्रमका लागि अमुल्य सहयोग गर्नु भएकोमा गाउंपालिकाको सम्पूर्ण परिवारमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
विद्यालय परिवार
श्री अमरावती मा. वि.
ज्वालामुखी -३, धादिङ ।
21/11/2025
आज यस विद्यालयबाट नवलपुर जिल्लाको सि. जि. मन्दिरको १ दिने शैक्षिक अवलोकन भ्रमणको कार्यक्रम अन्तर्गत जलविरे झरना र मौलाकालिका मन्दिरको दर्सन गर्ने काम समेत सहज वतावरणमा सम्पन्न गरियो ।
आज शुभ दिपावली तथा छ्ठ पर्व-२०८२ को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरियो ।
12/10/2025
यस विद्यालयको मा. वि. राहत विज्ञान विषय शिक्षक पदमा ज्वालामुखी गा. पा. शिक्षक छनौट समितिले परीक्षा लिई नियुक्तिका लागि सिफारिस गरेका सिक्षक निलकण्ठ न. पा. वडा न. १० निवासी श्री प्रताप बाबु इटनीलाई आज विद्यालयमा स्वागत गरियो ।
22/08/2025
शिक्षक आवश्यकता भएका विद्यालयहरुको लागि विज्ञापन भएको छ है साथिहरु ।
12/08/2025
यस विद्यालयबाट SEE परीक्षा-२०८१ मा सहभागि भै उतिर्ण हुनुभएका विद्यार्थिहरुको ग्रेडशिट तथा प्रमाण पत्रहरु विद्यालयमा प्राप्त भै सकेको हुनाले, आवश्यक पर्ने विद्यार्थिहरुले विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
12/08/2025
ज्वालामुखी गा. पा. शिक्षा युवा तथा खेलकुद शाखाको क्यालेण्डर अनुसार आज प्रथम त्रैमासिक परीक्षा-२०८२ को नतिजा प्रकाशित गरी , प्रत्येक विद्यार्थिहरुलाई ग्रेडशिट पनि उपलब्ध गराइयो ।
16/07/2025
ल है साथिहरु समयमा नै सम्पर्क गर्नुहोला !
08/07/2025
ज्वालामुखी गा. पा. वडा नं. ३ को कार्यालयबाट यहि आ. व. २०८१/०८२ को बजेट अन्तरगत यस विद्यालयको गेट निर्माण शिर्षकमा रु. २,००,०००/ (दुई लाख रुपयां) रकम विनियोजन भएकोमा हाल उक्त कार्यक्रम सम्पन्न भै भुक्तानीको काम पनि सम्पन्न भै सकेको छ ।
यस कार्यका लागि महत्वपूर्ण सहयोग गर्नुहुने आदरणीय वडाध्यक्ष उमेश श्रेष्ठ ज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
विद्यालय परिवार