Munal Academy

Munal Academy "Education for Social Transformation"
MUNAL ACADEMY

 बिध्यालय बिदा सम्बन्धि सुचना ।।गजुरी गा. पा. को सार्बजनीक सुचना अनुसार मुनाल एकेडेमीमा आज ८ र भोली ९ गते बिध्यालय बिदा...
24/09/2026

 बिध्यालय बिदा सम्बन्धि सुचना ।।
गजुरी गा. पा. को सार्बजनीक सुचना अनुसार मुनाल एकेडेमीमा आज ८ र भोली ९ गते बिध्यालय बिदा हुनेछ । धन्यवाद ।

07/09/2026

बिध्यालय खुल्ने सम्बन्धमा ।
येही भाद्र २२ गते चेपांङ समुदायको न्वागी पर्ब भएता पनि भाद्र १० र १४ गतेको बाढी पैरोको कारणबाट नानीबाबुहरुको पठन पाठन राम्रो संङ सुचारु हुन नसकेको हुंदा २२ र २३ गते बिध्यालय खोल्ने निर्णय गरेको छौ । यसबाट पर्न सक्ने असुबिधा प्रति बिध्यालय प्रशासन क्षमा माग्दछ । सहयोगको लागी धन्यवाद ।
मुनाल परिवार
गजुरी

03/09/2026

भाद्र १० गते त्रिशुली नदिमा आएको बाढिका कारणबाट बन्द रहेको बिध्यालय भाद्र १६ गतेबाट संचालनमा ल्याएका छौ ।
यस बाढिबाट हाम्रो बिध्यालयमा अध्ययन गर्नुहुने जरे , पोखरेखोला , बाङ्गे , गलौदी र फुर्केखोलाका नानीबाबुहरुको घरहरु समेत डुबानमा परेकोहुंदा घरहरु डुबानमा परेको नानीबाबुहरुको सिकाइ उपलब्धीमा कुनै असर नपरोस भन्ने हेतुले बिध्यालयको तर्फबाट क्षतीको प्रकृती हेरी नानीबाबुहरुलाइ पुस्तक , कपी , पोशाक , दिवा खाजा र मासिक शुल्क छुट समेतको ब्यबस्था गर्ने निर्णय गरेको हुंदा सम्पुर्ण बाढिपिडितमा पर्नुहुने अभिभाबकज्युहरुलाइ ढुक्क भएर आफ्ना नानीबाबुहरुलाइ बिध्यालय पठाउनुहुन समेत अनुरोध गर्दछौ ।
मुनाल परीवार
गजुरी

01/09/2026
29/08/2026

यही भदौ १० गते तिब्बतको ल्हेन्दे खोला थुनिएर बनेको ताल बिस्फोटन भई भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा भएको धनजनको अपूरणीय क्षतिबाट हामी स्तब्ध भएका छौँ । उक्त बाढीमा परी दिवङ्गत हुनुभएका समस्त स्वदेशी तथा विदेशी नागरिकहरूको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौँ । साथै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछौँ ।
त्यसैगरी बाढीमा परी घाइते भएका समस्त व्यक्तिहरूको उपचारमा सरकारले कुनै कमी हुन नदिओस् भन्दै उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।

बाढी गएको आज चौथो दिनसम्म पनि अझै सयौँ मानिसहरूको अवस्था अज्ञात रहेको छ । उहाँहरूको खोजी, सकुशल उद्धार तथ पहिचान यथाशीघ्र हुन् सकोस् भनी भगवानसँग प्रार्थना समेत गर्दछौँ ।
विपत्ति बाजा बजाएर आउँदैन । त्यसको पूर्ण तयारी अनि जोखिम न्यूनीकरणका उपायहरू अपनाउनु नै बुद्धिमानी हुन्छ ।
यतिबेला राष्ट्र नै शोकमग्न छ । यस शोकलाई शक्तिमा रूपान्तरण गरी राहत र पुन:स्थापनामा एकताबद्ध भई सरकार तथा नागरिक सबै केन्द्रित हुनु नै वर्तमानको आवश्यकता हो । यसका लागि सबैले आफ्नो आफ्नो स्थानबाट सक्दो सहयोग गरौँ ।
विपतबाट सिर्जित प्रतिकूल परिस्थिमा पनि अवनवरत रूपले खटिनुहुने सम्पूर्ण सुरक्षाकर्मी, स्वयम् सेवक नागरिक लगायत सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।

मुनाल एकेडेमी विघालय परिवार
गजुरी १, धादिग

21/08/2026

Many many happy returns of the day. Happy Birthday little angels
Stay always blessed and healthy
🎉🎉🎉🎉🎂🎂🎂💕💕💕

19/08/2026

Many many happy returns of the day. Happy Birthday Little Champs 🎉🎉🎂🎂🍫🍫
Stay always blessed ….

17/08/2026

Address

Gajuri
Dhading
45112

Alerts

Be the first to know and let us send you an email when Munal Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Munal Academy:

Shortcuts

Share

Category