Ganga Jamuna Community Development Youth Club

Ganga Jamuna Community Development Youth Club

Share

Ganga Jamuna Community development Youth club is a youth group dedicated for sustainable development of remote village of Fulkharka.

Ganja Jamuna Community Development Youth Club is a forum for Youths from a remote village of Fulkharka to discuss and implement positive practices in agriculture, education, health-hygiene and other aspects of village life.

13/09/2023

Let's unite, let's work together for our community, for our birthplace, for our village.

Photos from Ganga Jamuna Community Development Youth Club's post 27/08/2023

कार्यक्रम लाइ भब्यता का साथ सफल पार्न बिभिन्न माध्यमहरु मार्फत सहयोग गर्नु हुने सम्पुर्ण महानुभाब हरु लाइ उच्च सम्मान का साथ हार्दिक धन्यबाद ,उपस्थित सबै लाइ बिशेष धन्यबाद , कार्यक्रम स्थलको व्यवस्थाको निम्ती बिशाल अधिकारी ज्यु लाइ बिशेष धन्यबाद, उपस्थित हुन नसक्नु भए पनि आफ्नो महत्वपुर्ण सुझाब एबम प्रतिक्रिया गर्नुहुने सबैलाइ धन्यबाद,
उपस्थित
KALIKA BANIYA
KAMAL SIMKHADA
KAPINDRA BANIYA
RAMSHARAN BANIYA
ANITA BANIYA
THAMMAR BAHADUR BK
AMMAR SIMKHADA
RAJU SIMKHADA
GYANENDRA BANIYA
NABARAJ BANIYA
HEMANTA BUDATHOKI
RAJENDRA ADHIKARI
BISHAL ADHIKARI
GIMAN BAHADUR KC
RAJU BHUJEL
RAMKUMAR SIMKHADA
GAKKUL SIMKHADA
MAN BAHADUR BANIYA
BIRBAL SIMKHADA
BALARAM SIMKHADA
CHANDRA THAPA
ARJUN SIMKHADA
NETRA BAHADUR SIMKHADA
NAKKUL KC

आगामी कार्यक्रममा अझै धेरै उपस्थिती हुने आशा गर्दछौँ ।
ुकि_सुकि_सय_थुकि_नदि

24/06/2023

अध्यक्षको प्रतिबेदन
यसै बिचमा यस कार्यसमितिले निम्न लिखीत महत्वपुर्ण कार्यहरु सफलतापुर्वक सम्पन्न ग–यो ।
– टोल सर सफाइ कार्यक्रम ।
– जेष्ठ नागरिक सम्मान,सान्स्कृतिक,मौलिक खेल साथै शुभकामना कार्यक्रम ।
– गङ्गा जमुना मन्दिरमा फुलको डोलि
– खेल ग्राउन्ड सम्याउने ।
– भजन समूह लाई आर्थिक सहयोग ।
– ट्रयाकशुट वितरण कार्यक्रम ।
– पुस्तकालय स्थापना कार्यक्रम ।
– हाजिरी जवाफ प्रतियोगिता तथा कापि वितरण कार्यक्रम ।
– कुमार मगर आर्थिक राहत संकलन कार्यक्रम ।
१. टोल सर सफाइ कार्यक्रम
हिन्दु हरुको महान पर्व नजिकिदै गरेको समयमा बनेको यो नयाँ कार्य समिती ले ब्यक्ति र क्लब बिचको बढ्दो दुरिलाई कम गराउने प्रयास स्वरुप क्लबको अगुवाइमा सम्पुर्ण दाजुभाइ दिदिबहिनी र अभिभावक को सम्लगनता मा साबिक फुलखर्क ५ दाङ्गसिङ अन्तरगतको टोल सर सफाइ कार्यक्रम सप्पन्न गर्यो । सो कार्यक्रममा सहयोग गर्नुहुने दाजुभाइ दिदीबहिनी र अभिभावक हरु सबैलाइ धन्यबाद सहित आभार प्रकट गर्दछु ।
२.जेष्ठ नागरिक सम्मान ,सान्स्कृतिक , मौलिक खेल साथै शुभकामना कार्यक्रम
बिजयादशमिको पावन अबसरमा यस संस्था प्रतिको बिश्वास र आभास बोध गराउने उदेश्य स्वरुप बिजयादशमिको पुर्व सन्ध्यामा गाउँ का २८ जना अग्रज हरुलाइ सानो उपहारको साथमा सम्मान गरियो । सोही कार्यक्रम मा हाम्रै गाउँ घरका लोपोन्मुख मौलिक खेल प्रतियोगिता अधिकतम सहभागिता मा सप्पन्न भयो र साथै सान्स्कृतिक नाच मार्फत मनोरञ्जन प्रस्तुति संगै बिजयादशमिको शुभकामना सहित क्लब प्रती भाबनात्मक साइनो जोड्ने प्रयास गर्दै कार्यक्रम सम्पन्न गरियो । सो सम्मान कार्यक्रममा सहयोग गर्नुहुने निम्न महानुभावहरु सबैलाइ धन्यबाद सहित आभार प्रकट गर्दछु ।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा सहयोग गर्नुहुने महानुभावहरु
क्र.स. नाम ठेगाना कैफियत
१ जिबन कडेल बनस्थली काठमाडौ ५१००
२ ध्रुब सिह थापा मुर्चोक कपडा
३ गोपाल थापा फूलखर्क पस्मिना
४ ध्रुब सिंखडा दाङसिङ्ग कपडा
५ अर्जुन सिंखडा दाङसिङ्ग २०००
६ चन्द्र थापा दाङसिङ्ग १५००
७ बासु नेपाल फूलखर्क १०००
८ बिसाल अधिकारी दाङसिङ्ग टोपी
९ राजकुमार सिंखडा दाङसिङ्ग १०००

३। गङ्गा जमुना मन्दिरमा फुलको डोलि कार्यक्रम
धर्म को रक्षा गर्नु मानबताको पहिलो कर्तव्य हो भन्ने भनाइलाई आत्मसात गर्दै हाम्रै आगनिमा रहेको पबित्र धार्मिक स्थल सानो गङ्गा जमुना मन्दिर पुजाको दिनमा लगभग केही बर्ष देखि हराउँदै गएको रिति रिवाज लाई पुरानै स्थितिमा फर्काउने प्रयास स्वरुप मन्दिर परिसर मा सर सफाइ , बाजा गाजा सहित फुलको डोलि ल्याएर बत्ती बाल्ने कार्यक्रम सम्पन्न ग¥यो । सो कार्यक्रममा सहयोग गर्नुहुने महानुभावहरु सबैलाइ धन्यबाद सहित आभार प्रकट गर्दछु ।
४। खेल ग्राउन्ड सम्याउने ।
यस क्लब को पहलमा वडा कार्यलय बाट रु दुई लाख को बजेट उपलब्ध गराइ गाउँ बाट उपभोक्ता समिती बनाइ दुङ्गदुङे चौर को खेल ग्राउन्ड सम्याउने कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रमको लागि बजेट उपलब्ध गराउन सहयोग गर्नुहुने वडाको कर्मचारी र वडाध्यक्ष लगायत सम्पुर्ण महानुभावहरुलाइ धन्यबाद सहित आभार प्रकट गर्दछु ।

५। भजन समूह लाई आर्थिक सहयोग
हाल नेपाली मौलिक संस्कृति नास हुँदै गैरहेको परिस्थितिमा आफ्नो मौलिक धर्म संस्कृति को जगेर्ना गर्नु हामी सबैको कर्तब्य हो र यसैलाइ शिरोधार्य गर्दै गाउँ का अग्रज हरुले मौलिकता हराइ रहेको अबस्थामा भजन समूह को थालनी गर्नु भएकोमा सो प्रती क्लब गौरवान्वित महसुस गर्दै आर्थिक सहयोग गरियो ।

६।ट्रयाकशुट वितरण कार्यक्रम ।
गङ्गा जमुना आधारभुत बिद्यालय मा अध्यनरत विद्यार्थी हरुको लागि ट्रयाकशुट वितरण कार्यक्रम सम्पन्न गरियो। हाम्रो आग्रह लाई सहर्ष स्विकारी ट्रयाकशुट उपलब्ध गराइदिनु हुने समाजसेवी,राजनितिज्ञ,व्यावसायि मनकारी श्री रामकुमार थापा ज्यु लाई धेरै धेरै धन्यवाद सहित आभार प्रकट गर्दछु ।

७।पुस्तकालय स्थापना कार्यक्रम ।
शिक्षा नै एक त्यस्तो हतियार हो जस्ले सन्सार जित्न सक्छ यहि भनाइलाई अनुशरण गर्दै यश क्लब ले गङ्गा जमुना आधरभुत बिद्यालय मा पुस्तकालय आबस्यकता महसुस गर्दै केही मात्रामा भएपनी सुरुवाती चरण को पुस्तकालय स्थापना गर्न सफल भएको छ । हाम्रो उद्देश्य सबै लक्षित पुस्तक हरु उपलब्ध गराइ कम्तीमा फुर्सदिला समयमा पढ्ने बानिको बिकास र पुस्तक अध्यन प्रतिको अभिरुची सिर्जना गर्नु मात्र हो । हाल उक्त पुस्तकालयमा बच्चा देखी ठुला सम्मको सबै बिधा का करीब ६०० पुस्तक हरु उपलब्छ छ । सो पुस्तकालय स्थापनामा सहयोग गर्नुहुने निम्न महानुभावहरु सबैलाइ धन्यबाद सहित आभार प्रकट गर्दछु ।

पुस्तकालय स्थापनामा सहयोग गर्नुहुने महानुभावहरु
क्र.स. नाम ठेगाना रकम
१ Le Minh Tuan (Vietnam) रु, ६६,०००
२ South Western College
३ Together For Nepal, १५,०००
४ Bishnu Thapa Himalayan Recreation Treks, १०,१००
५ Shanta Kumar Baniya Magic Himalay Treks रु, १०,०००
६ Govinda,Balkrishna, Deepak Hotel 8848, १०,०००
७ Ashok Tamang Hotel Sherpa रु, ५,०००
८ Surendra Kumar Adhikari रु, ५,०००
९ Dipendra Simkhada , १,०००
१० Rajkumar Simkhada रु, १,०००
११ Room to Read ३०० पुस्तक

८। हाजिरी जवाफ प्रतियोगिता तथा कापि पेन्सिल वितरण कार्यक्रम ।
साना भाइ बहिनी हरुको ज्ञान, क्षमता र कुशलता अभिबृदी गराउने मनसायले कक्षा ३ सम्म लक्षित साबिक फुलखर्क को सबै बिद्यालय अन्तरगतको हाजिरी जवाफ प्रतियोगिता साथै सहभागी सम्पुर्ण भाइ बहिनी हरु र गङ्गा जमुना आधारभुत बिद्यालय को सम्पुर्ण भाइ बहिनी हरुमा कापि पेन्सिल र लेखाइमा सहयोगी सामग्री वितरण कार्यक्रम सम्पन्न गरियो । सो कार्यक्रममा सहभागीता जनाएर सहयोग गर्नुहुने सम्पुर्ण बिद्यालय विद्यार्थी भाइ बहिनी हरु र महानुभावहरु सबैलाइ धन्यबाद सहित आभार प्रकट गर्दछु ।

९ कुमार मगर आर्थिक राहत संकलन कार्यक्रम ।
लदुबै मृगौला पीडित दाङ्सिङ बद्रीचौर निवासी कुमार मगर ज्यु लाई क्लब को सहयोगमा आर्थिक संकलन गरि हस्तान्तरण गर्ने काम सम्पन्न गरियो । सो कार्यक्रममा सहयोग गर्नुहुने महानुभावहरु सबैलाइ धन्यबाद सहित आभार प्रकट गर्दछु ।
कुमार मगर आर्थिक राहत संकलन कार्यक्रममा सहयोग गर्नुहुने महानुभावहरु
क्र.स. नाम ठेगाना रकम
१ Balram Simkhada१०००
२ Dipendra Simkhada ५००
३ Ashok Adhikari ५००
४ Narayan Baniya ५००
५ Gopal Thapa १०००
६ Arjun Simkhada १०००
७ Deerush/ Deerusha Simkhada ४५००
८ Kamal Simkhada १०००

आजिवन सदस्यहरु
क्र.सं नाम कैफियत
१, गकुल सिंखडा
२, ज्ञानेन्द्र बानियाँ
३, हेमन्त बुढाथोकी
४, विशाल अधिकारी
५, दिपेन्द्र सिंखडा
६, ध्रुब सिंह थापा
७, रामकृष्ण सिम्खडा
८, सरोज बुढाथोकी
९, राजु सिम्खडा
१०, नमराज सिम्खडा
११, ध्रुब सिम्खडा
१२ क्मल सिम्खडा

साधारण सदस्यहरु
क्र.सं नाम क्र.सं नाम
१, राजन थापा ३८ कविराज थापा सुयाँल
२, राजकुमार अधिकारि ३९ सुनिल अधिकारी
३, गणेश बानियाँ ४० सम्झना वानियाँ
४, कृण्ण बहादुर बानियाँ ४१ पारस अधिकारी
५, इश्वर कुमार अधिकारी ४२ कविता थापा सुयाँल
६, नानीराम अधिकारी ४३ सविना वानियाँ
७, सन्त बहादुर रोकाय ४४ रविना अ.क्ष.
८, कपिल अधिकारी ४५ सरोज अ.क्ष.
९, वेदना वानियाँ ४६ किशोर थापा
१०, अविनास वानियाँ ४७ विमला थापा सुयाँल
११ शुरेस बुढाथोकी ४८ अरुण थापा
१२ मन्जु के.शि. ४९ च्ुाडा विक्रम सिंखडा
१३ भिमसन बानियाँ ५० कालिका बुढाथोकी
१४ सुरेश वानियाँ ५१ दिपा बुढाथोकी
१५ गोविन्द वानियाँ ५२ पार्वति बुढाथोकी
१६ लक्ष्मि थापा ५३ कल्पना बुढाथोकी
१७ कल्पना वि.क. ५४ अम्विका बुढाथोकी
१८ अमर सिंखडा ५५ कमल सिंखडा
१९ कविन्द्र अधिकारि ५६ उमेश बुढाथोकी
२० नवराज अधिकारि ५७ सुनिता बुढाथोकी
२१ यम ब. बानियाँ ५८ भगवति के.शि.
२२ सजु के.शि. ५९ म्निशा विश्वकर्मा
२३ नमराज सिंखडा ६० मेलिना थापा
२४ अर्जुन सिंखडा ६१ देवकी सुयाँल
२५ शम्भु सिंखडा ६२ सकुना अधिकारी
२६ वलराम सिंखडा ६३ विरेन्द्र सिंखडा
२७ ध्रुव सिंखडा ६४ रजनिस सिंखडा
२८ उत्तम सिंखडा ६५ विनोद कुमार सिंखडा
२९ अर्जुन थापा ६६ सरोज बुढाथोकी
३० सरण वानियाँ ६७ राजकुमार सिंखडा
३१ मोनिका थापा सुयाँल ६८ सागर सिंखडा
३२ अस्मिता वानियाँ ६९ गणेश भुजेल
३३ राधिका भुजेल ७० जिवन सिंखडा
३४ रामहरी भुजेल ७१ राज गँदेल
३५ सुजन के.शि. ७२ प्रविना बुढाथोकी
३६ अजय थापा
३७ कोपिला वानियाँ
७३ अनिस सिम्खडा ९० बिष्णु भुजेल
७४ कोपिला वानियाँ ९१ शंकर भुजेल
७५ सिताराम अधिकारि ९२ राजु भुजेल
७६ धन बहादुर बुढाथोकी ९३ भिम बहादुर भुजेल
७७ भक्त बहादुर बुढाथोकी ९४ पूर्ण बहादुर भुजेल
७८ जनक बुढाथोकी ९५ बिनिता भुजेल
७९ लक्ष्मी बुढाथोकी ९६ डन्ड बहादुर भुजेल
८० राम कृष्ण बुढाथोकी ९७ जानुका कोइराला
८१ दिल कुमारी थापा ९८ पार्वती रोकाय
८२ सुरज के.सी ९९ भुबन के.सी
८३ सुनिता सुयल बुढाथोकी १०० सिताराम सुयल
८४ रत्न कुमारी बुढाथोकी १०१ केशब अधिकारि
८५ सुनिल भुजेल १०२ बिमला अधिकारि
८६ अन्जु ढकाल १०३ शारदा देबी अधिकारि
८७ अपिल अधिकारि १०४ सुशान्त बुढाथोकी
८८ युनिक थापा १०५ कबिराज थापा सुयल
८९ अस्मिता थापा १०६ सागर बानिया
१०७ सुस्मिता राइ ११२ बिमला सुयल अधिकारि
१०८ पबिता थापा सुयल ११३ कृष्ण बानिया
१०९ लक्ष्मी बानिया ११४ शम्भु सिम्खडा
११० राधिका थापा ११५ कल्पना थापा मगर
१११ कोपिला बुढाथोकी ११६ किशोर थापा



अन्तमा मेरो यो कार्यकाल दुई बर्ष अबघिभर ब्यक्तिगत लाभ हुने कुनै काम म लगायत कार्यसमितिको कुनै पदाधिकारी वा अरु कसैले नगरेको जानकारी गराउन चाहन्छु ।मेरो कार्यकालमा अति निकट रहेर काम गर्नुहुने क्लबका अन्य कार्यसमितीका सदस्यहरु प्रति अतिनै आभार तथा धन्यवाद ब्यक्त गर्दछु । आफ्नो ब्यस्त समयको बाबजुत पनि हाम्रो निमन्त्रणालाई स्विकार गरि पाल्नुहुने तपाई प्रमुख अतिथी ज्यू, विषेश अतिथीज्यू, अतिथीज्यूहरु, सँस्थाका आजिवन सदस्यज्यूहरु, साधारण सदस्यज्यूहरु र अन्य आमन्त्रित महानुभावहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु । अगामी दिनहरुमा नयाँ कार्यसतिलाई सकेको ब्यत्तिगत सहयोग गर्दै जानेछु ।
धन्यवाद ।

राजु सिंखडा
अध्यक्ष
गंगाजमूना सामूदायिक विकास यूवा क्लब

24/06/2023

आजको साधारणसभा बाट सर्बसहमत निर्बाचित अध्यक्ष कालिका बानियाँ र सम्पुर्ण पदाधिकारी हरुलाइ हार्दिक बधाइ ।
अध्यक्ष कालिका बानिया
उपाध्यक्ष कमल सिम्खडा
सचिब कपिन्द्र बानिया
सह सचिब सितास्मा बानिया
कोशाध्यक्ष रामशरण बानिया
सदस्य हरु
नमराज सिम्खडा
बिबेक बानिया
अनिता बानिया

23/06/2023

हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!!
यही मिती २०८०÷०३÷०९ गते शनिबार हुन गइरहेको यस गंगाजमुना सामुदायीक विकास युवा क्लव को साधरण सभा एवम अधिवेशन कार्यक्रम मा उपस्थित भइ कार्यक्रम लाइ सफलताका साथ सम्पन्न गर्न सहयोग गरीदिनुहुन यहाँहरु सम्पुर्ण गगाजमुना ५ दाङसिङ्ग निवासी आदरणीय आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरु, क्लवका सम्पुर्ण संंस्थापक पदाधिकारीहरु, पुर्व कमीटीका सम्पुर्ण पदाधिकारीहरु ,सम्पुर्ण आजीवन एवम साधरण सदस्यहरु साथै क्लव लाइ माया गर्नहुने सम्पुर्णमा हार्दिक निमन्त्रणा गर्दछौ ।
स्थान ः साउथ वेस्टन स्टेट कलेज, बसुन्धारा चौकी काठमाण्डु
समयः बिहान ८ बजे २०८०÷०३÷०९

गंगाजमुना सामुदायीक विकास युवा क्लव परिवार

22/06/2023

समाज रुपान्तरण गर्न समाज प्रतिको आत्मियता हुन जरुरी छ ...गङ्गा जमुना गाउपालिका दाङ्गसिङ्ग निवासी यश क्लब का बर्तमान उपाध्यक्ष जुझारु र मिलनसार युवा श्री कमल सिम्खडा ज्यु यस गङगा जमुना सामुदायिक बिकास युवा क्लब मा आजिवन सदस्य को रुपमा जोडिनु भै समाज रुपान्तरण को बाहक बन्नु भएकोमा हार्दिक धन्यवाद साथै यहाँ को सामाजिक र व्यक्तिगत उत्तरोत्तर प्रगतिको कामना ।

04/06/2023

समाज रुपान्तरण गर्न समाज प्रतिको आत्मियता हुन जरुरी छ ...गङ्गा जमुना गाउपालिका ५ दाङ्सिङ निवासी जिबन रेखा सपिङ्ग सेन्टर , खरिबोट शाखा का संचालक ,सफल व्यावसायि , जुझारु र मिलनसार युवा श्री ध्रुब सिम्खडा ज्यु यस गङगा जमुना सामुदायिक बिकास युवा क्लब मा आजिवन सदस्य को रुपमा जोडिनु भै समाज रुपान्तरण को बाहक बन्नु भएकोमा हार्दिक धन्यवाद साथै यहाँ को ब्यक्तिगत ,सामाजिक र व्यावसायिक उत्तरोत्तर प्रगतिको कामना ।

30/05/2023

समाज रुपान्तरण गर्न समाज प्रतिको आत्मियता हुन जरुरी छ ...गङ्गा जमुना गाउपालिका दाङ्गसिङ्ग निवासी जुझारु युवा सफल ब्यबसायी श्री नमराज सिम्खडा ज्यु यस गङगा जमुना सामुदायिक बिकास युवा क्लब मा आजिवन सदस्य को रुपमा जोडिनु भै समाज रुपान्तरण को बाहक बन्नु भएकोमा हार्दिक धन्यवाद साथै यहाँ को ब्यक्तिगत र ब्यबसायिक उत्तरोत्तर प्रगतिको कामना ।

29/05/2023

गणतन्त्र दिवसको शुभकामना

28/05/2023

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (CDEN) को सातौ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा आदर्णिय दाइ Laxman Kc अध्यक्ष सहित पुरै निर्वाचित समुह लाई हार्दिक बधाई तथा सुखद कार्यकालको शुभकामना💐💐

28/05/2023

हार्दिक निमन्त्रणा

यहि मिति 2080 साल असार ९ गते शनिबार बिहान 08:01 बजे गङ्गा जमुना सामुदायिक बिकास युवा क्लब को वाषिर्क साधारण सभा र नयाँ कार्य समिती चयन हुन गइरहेको ले आदरणीय गङ्गा जमुना ५ दाङ्गसिङ्ग निवासी र हाल काठमाडौ मा विभिन्न ब्यबसाय पेशा गरि बस्नु भएका सम्पुर्ण आमा बुबा, दाजु भाइ ,दिदी बहिनी , यस क्लब का सम्पुर्ण संस्थापक पदाधिकारी ,क्लबका पुर्ब कमिटी का पदाधिकारी , आजिबन सदस्य , साधारण सदस्य , यस क्लब लाई माया गर्ने सम्पूर्णमा यहि सुचना मार्फत अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा सहित अनुरोध गर्दछौं ।
कार्यक्रम
स्थान : साउथ वेस्टर्न कलेज, बसुन्धारा
मिति : असार ९ गते शनिबार
समय : बिहान 0८:01बजे

नोट : पुरानो साधारण सदस्य ज्यु हरुले समयमै आफ्नो साधारण सदस्यता नवीकरण गरिदिनु होला नयाँ साधारण सदस्य र आजिबन सदस्य बन्न इच्छुक हरुले कृपया ढिला नगरी क्लब को कमिटी सङ्ग सम्पर्क राखेर सदस्यता लिएर संस्था लाई थप मजबुत र गौरवान्वित बनाइदिनु हुन हार्दिक अनुरोध छ

गङ्गा जमुना सामुदायिक बिकास युवा क्लब परिवार

25/05/2023

हार्दिक निमन्त्रणा

आज मिति 2080 साल जेष्ठ 10 गते नयाँ बजार स्थित सगुन क्याफे मा क्लब को अध्यक्ष राजु सिम्खडा को अध्यक्षतामा कार्यसमिति को बैठक सप्पन्न भयो र सो बैठक ले यहि जेष्ठ १३ गते शनिबार बिहान 7:30 AM बजे क्लब को वाषिर्क साधारण सभा र नयाँ कार्य समिती चयन बारे छलफल गर्न आदरणीय गङ्गा जमुना ५ दाङ्गसिङ्ग निवासी र हाल काठमाडौ मा विभिन्न ब्यबसाय पेशा गरि बस्नु भएका सम्पुर्ण आमा बुबा, दाजु भाइ ,दिदी बहिनी , यस क्लब का सम्पुर्ण संस्थापक पदाधिकारी ,क्लबका पुर्ब कमिटी का पदाधिकारी , आजिबन सदस्य , साधारण सदस्य , यस क्लब लाई माया गर्ने सम्पूर्ण हरुलाइ उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्ने निर्णय गरिएको हुँदा तपाईं हरु सबैलाइ यहि सुचना मार्फत अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा सहित अनुरोध गर्दछौं ।
छलफल कार्यक्रम
स्थान : अजिमा पार्टी भेन्यु , शुभकामना चोक
मिति : जेष्ठ १३ गते शनिबार
समय : बिहान 7:30 बजे

गङ्गा जमुना सामुदायिक बिकास युवा क्लब परिवार

Want your school to be the top-listed School/college in Dhading?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Fhulkharka, 5
Dhading