भोली मिति २०८० असोज ७ गतेबाट हाम्रो विद्यालय पूर्ण रूपमा सञ्चालन हुने व्यहोरा शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरु सबैलाइ जानकारी जानकारी गरिन्छ ।
Shree Amarkhu Secondary School thakre - 3 Amarkhu
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Amarkhu Secondary School thakre - 3 Amarkhu, School, Thakre/3, Amarkhu, Dhading.
मिति २०८० असोज ३ गतेदेखि शिक्षक महासंघको आह्वानमा सरकारले संसदमा पेस गरेको शिक्षा ऐन २०८० विरुद्धमा देशव्यापी शिक्षकहरूको काठमाण्डौ केन्द्रित शैक्षिक आन्दोलनमा विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीहरू सहभागी हुनुपर्ने भएकोले आज मिति २०८०-०६-०४ गते देखि अर्को सूचना नभए सम्मका लागि विद्यालयको पठनपाठन लगायत सम्पूर्ण प्रशासनिक कार्य बन्द हुने व्यहोरा अवगत गराइन्छ । आन्दोलनका क्रममा विद्यार्थीहरूमा हुने शैक्षिक क्षति आन्दोलन स्थगित भए पछि अनुकूल समय मिलाएर पूर्ति गरिने जानकारी गराइन्छ । विद्यार्थी भाइबहिनीहरूले यस अघि सिकाइ (पढाई) भएका सम्पूर्ण विषयको अभ्यास गरेर उक्त विद्यालय बन्दको समयको सदुपयोग गर्नुहुन्छ भन्ने अपेक्षा गर्दछौं । साथै अर्को सूचना नभए सम्मका लागि कोचिङ कक्षा पनि बन्द रहनेछ ।
धन्यवाद
15/09/2023
आज मिति 2080/05/29 गते बालदिवस को अबसरमा गरेको कार्यक्रमको यक झलक
सुचना
आदरणीय अभिभावकज्यु शिक्षक , कर्माचारी तथा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु!!!
मिति २०८० श्रावण २८ गते आइतबारदेखि हाम्रो विद्यालयको नियमित पठनपाठन सुरु हुदैंछ है।
28/07/2023
आवश्यकता ! आवश्यकता !! आवश्यकता !!!
विज्ञान शिक्षक आवश्यकता
19/07/2023
अभिभावकले ध्यानदिनुपर्ने कुरा हरु
17/07/2023
🇳🇵जन्मदिनको शुभकामना🇳🇵
आज मिती 2080/04/01गतेका दिन यस विद्यालयका प्रधानाध्यापक लाल बहादुर तामाङ सरको शुभ जन्मदिन पर्न गएकाे हुनाले यस सुखद घडीमा उहाँकाे स्वस्थ दिर्घायु सफलता साथै शैक्षिक लगायत समग्र पक्षमा उत्तराेत्तर प्रगती रहाेस भन्दै आगामी दिनहरुका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैँ ।
विद्यालय परिवार
सम्पूर्ण अभिभावक ज्युहरु नमस्कार🙏🙏🙏🙏
थाक्रे गापा.स्तरीय प्रथम त्रैमासिक परीक्षाको समाप्ति पश्चात् हाम्रो विद्यालय मिति २०८० साउन ०१ गते सोमबारबाट लागू हुने गरि यो वर्षको वर्षे बिदा मिति २०८० साउन २७ गते शनिबारसम्म दिइएको र साउन २८ गते आइतबारदेखि विद्यालय पून सञ्चालन हुने व्यहोरा जानकारी गराउन चाहन्छौं ।साथै यो लामो वर्षे बिदामा तपाईंहरुले आफ्ना नानीबावुहरुलाई घरमा सहज वातावरण उपलब्ध गराइ पढाइमा साथ दिनुका साथै संरक्षणमा पनि ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौं ।धन्यवाद
नाेट कक्षा :१०को अतिरिक्त कक्षा साउन 2 गतेबाट सन्चालन हुनेछ ।
विद्यालय प्रशासन
14/07/2023
🇳🇵जन्मदिनको शुभकामना🇳🇵
आज मिती 2080/03/29 गतेका दिन यस विद्यालयका नि मा .वि अग्रेजी शिक्षक केधार पौडेल सरको शुभ जन्मदिन पर्न गएकाे हुनाले यस सुखद घडीमा उहाँकाे स्वस्थ दिर्घायु सफलता साथै शैक्षिक लगायत समग्र पक्षमा उत्तराेत्तर प्रगती रहाेस भन्दै आगामी दिनहरुका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैँ ।
विद्यालय परिवार
10/07/2023
जानकारी
06/07/2023
यस्तो वर्षातको समयमा पनि धेरै टाढाबाट हामीलाई माया गरी आज मिति २०८० असार २१ गते यस अमर्खु माध्यमिक विद्यालयमा दक्षिण कोरिया(South Korea)बाट पाल्नुभएका आदरणीय व्यक्तित्वहरु , विद्यालय व्यवस्थापन समितिको पदाधिकारीहरु,समाजसेवी , शिक्षा प्रेमी , मेरा सम्पूर्ण सहकर्मी शिक्षक कर्मचारी मित्रहरु र विद्यार्थी भाइबहिनीहरूकाे साथमा । आजकाे कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार तथा नमन व्यक्त गर्दछु । अमर्खु मा.वि. र दक्षिण कोरिया बीचको सम्बन्ध निरन्तर कायम रहोस् ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Thakre/3, Amarkhu
Dhading