24/08/2025
हार्दिक श्रद्धाञ्जली
यस विद्यालयका एस.इ.इ. ब्याच २०७९ की छात्रा सिध्दलेक, ४ गौंथले निवासी आसिका थापा मगरको मिति २०८२/०५/०७ गते असामयिक निधन भएकाले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनी हार्दिक समवेदना प्रकट गर्दछौं।
विद्यालय परिवार
कालीदेवी मा. वि. सिध्दलेक ४
आरुवास, धादिङ
12/06/2025
यस विद्यालयमा मा वि संघीय शिक्षण अनुदान कोटाको मा,वि.अंग्रेजी विषय शिक्षक दरबन्दीमा गोरखा नगरपालिका, ७ गोरखा निवासी कमला श्रेष्ठ मेडमलाई विद्यालयमा स्वागत गरिंदै। विद्यालयको गुणस्तर अभिवृद्धिका लागि नव नियुक्त मेडमबाट बहुमुल्य योगदानको अपेक्षा गर्दछौ। कमला श्रेष्ठ म्याडमको कार्यकाल सफल रहोस् भन्ने सुभेच्छा।
12/06/2025
सिद्दलेक गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित डेङ्गु रोगको १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न । कार्यक्रमको सहजीकरण नलाङ पात्ले मा वि का विद्यालय नर्स पार्वती सिलयालले गर्नुभएको थियो भने उक्त कार्यक्रममा कालीदेवी मा.वि, का कक्षा ८,९ १० का विद्यार्थी भाइबहिनी लगायत शिक्षकहरुको सहभागिता रहेको थियो ।
06/06/2025
मा वि संघीय शिक्षण अनुदान कोटामा एक जना शिक्षक थप । कमला श्रेष्ठ मेडमलाई हार्दिक बधाई तथा विद्यालयमा स्वागत गर्दछौं ।
26/05/2025
मिति २०८२/०२/१२ गते सामुदायिक विद्यालय संग अध्यक्ष कार्यक्रम अन्तर्गत विद्यालयलाई १ घार मौरी सहितको घार तथा विद्यालय करेसाबारीका लागि विविध प्रकारका तरकारी बालीका बिउविजन एवम् हजारी वितरण गरिदिनुहुनेछ सिद्दलेक कृषि शाखा अधिकृत सुदिप रेग्मी लगायत सम्पूर्ण टिमलाई धन्यवाद।
26/05/2025
मिति २०८२/०२/०९ गते शुक्रवारका दिन विद्यालयद्वारा आयोजित अतिरिक्त कार्यक्रम अन्तर्गत सुन्दर हस्तलेखन प्रतियोगितामा विजेता भाइबहिनी हरुलाई पुरस्क्रृत गर्दाको केही झलकहरु।
22/05/2025
विद्यालय निरीक्षणमा पाल्नुभएका सिद्दलेक शिक्षा कार्यदलका सम्पूर्ण महानुभावहरुलाई कालीदेवी मा. वि. हार्दिक स्वागत गर्दछ।
22/05/2025
यस विद्यालयमा कक्षा ६ मा अध्ययनरत स्नेही एवम् जेहेन्दार छात्रा रितिका भुजेलको आज पर्न गएको जन्मदिनको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं । जन्मदिनको सु-अवसरमा विद्यालयको बर्थ डे फण्डमा रू. ५१०/- नगद सहयोग उपलब्ध गराउनु भएको छ।
सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दछौं ।
16/05/2025
शिक्षक आवश्यकताको विज्ञापन