Rapti Lifecare Hospital Pvt Ltd

Rapti Lifecare Hospital  Pvt Ltd Toll Free Number-18105000175
Rapti Life Care Hospital is dedicated to providing high-quality, accessible, and affordable healthcare.

With expert medical professionals and advanced facilities, we ensure patients receive top-notch treatment at your own home

महिलाको स्वास्थ्यसम्बन्धी समस्या?• तल्लो पेट दुख्ने• महिनावारी गडबडी• धेरै रक्तस्राव हुने• स्तनमा गाँठागुठी• आमाको दूध न...
25/09/2026

महिलाको स्वास्थ्यसम्बन्धी समस्या?

• तल्लो पेट दुख्ने
• महिनावारी गडबडी
• धेरै रक्तस्राव हुने
• स्तनमा गाँठागुठी
• आमाको दूध नआउने
• गर्भावस्थासम्बन्धी समस्या
• १२ हप्तासम्मको सुरक्षित गर्भपतन सेवा

डाक्टर विनोद सिंह
स्त्री तथा प्रसूति रोग विशेषज्ञ

राप्ती लाइफ केयर हस्पिटल प्रा.लि.
📞 ०८२–५२२६८६ , ५२३०६६
Toll Free: 1810-500-0175

तपाईंको स्वास्थ्य, हाम्रो प्रतिबद्धता।

विश्व फार्मासिस्ट दिवसको शुभकामना औषधिको सही प्रयोगदेखि बिरामीको सुरक्षित उपचारसम्म, स्वास्थ्य सेवामा फार्मासिस्टहरूको भ...
25/09/2026

विश्व फार्मासिस्ट दिवसको शुभकामना

औषधिको सही प्रयोगदेखि बिरामीको सुरक्षित उपचारसम्म, स्वास्थ्य सेवामा फार्मासिस्टहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।
समर्पण, ज्ञान र सेवाभावका साथ स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउनुहुने सम्पूर्ण फार्मासिस्टहरूमा विश्व फार्मासिस्ट दिवसको हार्दिक शुभकामना।

राप्ती लाइफ केयर हस्पिटल प्रा.लि.
तुलसीपुर–७, मोतीपुर, दाङ
०८२–५२२६८६
टोल–फ्री: १८१०–५०००१७५ (पैसा नलाग्ने)
📧 [email protected]

तपाईंको स्वास्थ्य, हाम्रो प्रतिबद्धता।

23/09/2026

Febrile Seizure भनेको के हो र कस्ता बालबालिकामा हुन्छन्?

Febrile Seizure भनेको सामान्यतया ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकामा ज्वरो आएको बेला हुने seizure (झट्का/छारे) हो। यो epilepsy नै हो भन्ने हुँदैन।

कस्ता बालबालिकामा बढी देखिन्छ?
🔹६ महिना–६ वर्ष उमेरका बालबालिकामा
🔹विशेषगरी १२–१८ महिनाको उमेरमा बढी देखिन्छ।
🔹 ज्वरो छिटो बढ्ने बालबालिकामा
🔹परिवारमा Febrile seizure को history भएका बच्चामा
🔹भाइरल infection, respiratory infection, कानको संक्रमण आदि कारणले ज्वरो आएका बच्चामा
🔹पहिले Febrile seizure भइसकेका बच्चामा recurrence को सम्भावना बढी हुन्छ।

बच्चामा यस्ता लक्षण देखिए बेवास्ता नगर्नुहोस्।

राप्ती लाईफ केयर हस्पिटल प्रा.लि.
तुलसीपुर–७, मोतीपुर, दाङ
०८२५२२६८६
टोल–फ्री: १८१०५०००१७५ (पैसा नलाग्ने नम्बर)

तपाईंको स्वास्थ्य, हाम्रो प्रतिबद्धता

जन्मदिनको हार्दिक शुभकामना🎂राप्ती लाइफ केयर हस्पिटल प्रा.लि.मा कार्यरत बालरोग विशेषज्ञ डा. शौरभ संग्रौला ज्यूलाई जन्मदिन...
20/09/2026

जन्मदिनको हार्दिक शुभकामना🎂

राप्ती लाइफ केयर हस्पिटल प्रा.लि.मा कार्यरत बालरोग विशेषज्ञ डा. शौरभ संग्रौला ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना।

जन्मदिनको यस विशेष अवसरमा सुखद, स्वस्थ एवं उज्ज्वल भविष्यको हार्दिक मंगलमय शुभकामना🎉🎈

राप्ती लाइफ केयर हस्पिटल प्रा.लि. परिवार
तुलसीपुर–७, मोतीपुर, दाङ

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना 🇳🇵संविधानले सुनिश्चित गरेका अधिकार, स्वतन्त्रता, समानता र राष्ट्रिय एकताको भावना अझ स...
19/09/2026

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना 🇳🇵

संविधानले सुनिश्चित गरेका अधिकार, स्वतन्त्रता, समानता र राष्ट्रिय एकताको भावना अझ सुदृढ हुँदै जाओस्। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा संविधान दिवसको हार्दिक मंगलमय शुभकामना।

राप्ती लाईफ केयर हस्पिटल प्रा.लि.
तुलसीपुर–७, मोतीपुर, दाङ

#संविधानदिवस #हार्दिकशुभकामन

विश्वकर्मा बाबाको पूजा सम्पन्नविश्वकर्मा पूजाको अवसरमा राप्ती लाइफ केयर अस्पताल प्रा.लि.मा अस्पतालका अध्यक्ष श्री हरि प्...
17/09/2026

विश्वकर्मा बाबाको पूजा सम्पन्न

विश्वकर्मा पूजाको अवसरमा राप्ती लाइफ केयर अस्पताल प्रा.लि.मा अस्पतालका अध्यक्ष श्री हरि प्रसाद रिजालज्यू तथा अस्पताल परिवारका सम्पूर्ण कर्मचारीहरूको सहभागितामा भगवान् विश्वकर्मा बाबाको विधिपूर्वक पूजा–आराधना सम्पन्न गरिएको छ।

अस्पतालमा रहेका विभिन्न उपकरण, मेसिनरी तथा आवश्यक सामग्रीहरूको विधिपूर्वक पूजा गरी भगवान् विश्वकर्मा बाबाप्रति श्रद्धा व्यक्त गरिएको छ।

भगवान् विश्वकर्मा बाबाको आशीर्वादले राप्ती लाइफ केयर अस्पतालले आगामी दिनहरूमा अझ प्रभावकारी तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै निरन्तर प्रगति गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।

विश्वकर्मा बाबा सबैमा सुख, शान्ति, समृद्धि र सफलताको आशीर्वाद प्रदान गरून्।

राप्ती लाइफ केयर अस्पताल प्रा.लि.
तुलसीपुर–७, मोतीपुर, दाङ

विश्वकर्मा बाबाको पूजाको हार्दिक मंगलमय शुभकामनासृष्टि, निर्माण र कर्मका देवता भगवान विश्वकर्मा बाबाको पावन अवसरमा सम्पू...
17/09/2026

विश्वकर्मा बाबाको पूजाको हार्दिक मंगलमय शुभकामना

सृष्टि, निर्माण र कर्मका देवता भगवान विश्वकर्मा बाबाको पावन अवसरमा सम्पूर्ण उद्योगी, व्यवसायी, श्रमिक तथा कर्मशील दाजुभाइ–दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सफलता एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

भगवान विश्वकर्मा बाबाको कृपा सबैमा रहोस् र हरेक कर्ममा सफलता, सुरक्षा र समृद्धि प्राप्त होस्।

राप्ती लाईफ केयर हस्पिटल प्रा.लि.
तपाईंको स्वास्थ्य, हाम्रो प्रतिबद्धता ।

📢 कर्मचारी आवश्यकता सूचना........राप्ती लाइफ केयर हस्पिटल प्रा.लि. मा Medical Officer पदका लागि ५ जना कर्मचारी आवश्यक भए...
15/09/2026

📢 कर्मचारी आवश्यकता सूचना........

राप्ती लाइफ केयर हस्पिटल प्रा.लि. मा Medical Officer पदका लागि ५ जना कर्मचारी आवश्यक भएकाले योग्य तथा इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गरिन्छ।

पद: Medical Officer
आवश्यक संख्या: ५ जना
योग्यता: MBBS तथा सम्बन्धित काउन्सिलमा दर्ता
अनुभवी तथा नयाँ उम्मेदवारलाई अवसर

आफ्नो सीप, ज्ञान र अनुभवलाई आधुनिक अस्पतालको वातावरणमा सेवा गर्ने उत्कृष्ट अवसर।

📩 आवेदन पठाउनुहोस्: [email protected]

सम्पर्क: 082-522686
तुलसीपुर–७, मोतीपुर, दाङ

आजै आवेदन दिनुहोस् र Rapti Life Care परिवार सङ्ग जोडिनुहोस ।

राप्ती लाइफ केयर अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्नहिन्दु नारिहरुको महान् पर्व हरितालिका तीजको अवसरमा राप्ती...
15/09/2026

राप्ती लाइफ केयर अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

हिन्दु नारिहरुको महान् पर्व हरितालिका तीजको अवसरमा राप्ती लाइफ केयर अस्पताल प्रा.लि.ले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

तुलसीपुर–७ खर्चवास्थित वडा कार्यालयमा आयोजित तीज मिलन कार्यक्रमका अवसरमा लायन्स क्लब अफ तुलसीपुर इशानको आयोजनामा तथा राप्ती लाइफ केयर अस्पताल प्रा.लि.को प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

स्थानीय नागरिकलाई लक्षित गरी आयोजना गरिएको शिविरमा स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको हो । कार्यक्रममा स्थानीय नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो।

राप्ती लाइफ केयर अस्पतालले स्वास्थ्य सेवाको पहुँचलाई गाउँ–गाउँसम्म विस्तार गर्ने उद्देश्यले विगतदेखि नै विभिन्न गाउँ–बस्ती तथा दुर्गम क्षेत्रसम्म पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।

अस्पतालसम्म सहज पहुँच नभएका नागरिकलाई आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा तथा विशेषज्ञ परामर्श उपलब्ध गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ।

ऋषि पञ्चमीको हार्दिक शुभकामना ऋषि पञ्चमीको पावन अवसरमासम्पूर्ण दिदीबहिनी तथा आमाहरूमासुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्...
15/09/2026

ऋषि पञ्चमीको हार्दिक शुभकामना

ऋषि पञ्चमीको पावन अवसरमा
सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा
सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको
हार्दिक मंगलमय शुभकामना। 🙏

राप्ती लाईफ केयर हस्पिटल प्रा.लि.
“तपाईंको स्वास्थ्य, हाम्रो प्रतिबद्धता”

Address

Motipur, Tulsipur
Dang District
44600

Alerts

Be the first to know and let us send you an email when Rapti Lifecare Hospital Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Rapti Lifecare Hospital Pvt Ltd:

Shortcuts

Share