19/06/2026
हार्दिक बधाई !
'सहिद स्मृति आवासीय माध्यमिक विद्यालय
19/06/2026
हार्दिक बधाई !
💐 हार्दिक बधाई तथा शुभकामना 💐
श्री सहिद स्मृति आवासीय माध्यमिक विद्यालय**
तुलसीपुर-१७, वनकट्टी, दाङ
"गौरवमय र ऐतिहासिक सफलता"
राष्ट्रिय परीक्षा बोर्ड (NEB) द्वारा लिइएको कक्षा १२ को परीक्षा (२०८२) मा यस विद्यालयबाट सहभागी भई शत-प्रतिशत (१००%)उत्कृष्ठ जीपीए (GPA) सहित उत्तीर्ण हुन सफल हाम्रा होनाहार तथा परिश्रमी विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ।
तपाईंहरूको यो अथक मिहिनेत, लगनशीलता र अनुशासनले विद्यालय परिवार, अभिभावक र सम्पूर्ण दाङबासीलाई गौरवान्वित बनाएको छ। यस सुखद घडीमा विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै मार्गदर्शन गर्नुहुने सम्पूर्ण आदरणीय शिक्षक शिक्षिकाहरू तथा अभिभावकज्यूहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।
उत्तीर्ण विद्यार्थीहरूको नामावली (जीपीए सहित):
क्र.सं. | विद्यार्थीको नाम | प्राप्त GPA
१.Bharat Pun ३.७०
२ .Jivan Budha ३.७०
३.Mamata Bohara ३.६१
४.Dejina Oli ३.५८
५ . Himprabha Kumari Bohara ३.५३
६ . Sunthami Budha ३.५०
७.Kabiraj B.K.३.४३
८ . Arjun Gharti Magar ३.३७
९ .Puspa Oli ३.३७
१० .Sunita Chand ३.३७
११.Mahendra Tiruwa ३.३४
१२. Shisir Chand ३.३२
१३ . Biraj Pun ३.२८
१४. Hira Thapa Magar ३.२७
१५ . Kamala Khadka ३.२५
१६. Ranju Khadka ३.२५
१७. Sachin Pun ३.२५
१८. Sushan Nepali ३.२४
१९. Usha Pun ३.२३
२० . Baldip Khatri ३.२१
२१.Bharat Chand ३.१८
२२.Saraswati Budha ३.१८|
२३ . Barman Budha ३.१५
२४.Mausham B.K. ३.१५
२५.Biraj Pariyar ३.११
२६ . Rajib Bdr. K.C. ३.११
२७ .Prakriti Khadka ३.१०
२८.Keshab B.K. ३.०८
२९. Suman Roka ३.०४
३०. Yamuna Oli ३.०२
३१. Namuna Nepal ३.००
३२. Bibek Khadka २.९७
३३. Karishma Khadka २.९५
३४.Manoj Gharti २.८७
३५ .Karishma Gharti २.८५
३६ . Anish Chaudhary २.७८
३७ .Bijay B.K. | २.७५ |
"तपाईंहरूको आगामी शैक्षिक यात्रा अझ बढी प्रगतितर्फ लम्किरहोस्, हार्दिक शुभकामना!"
**विद्यालय परिवार**
श्री सहिद स्मृति आ.मा.वि., तुलसीपुर, दाङ
18/06/2026
आज मिति :२०८३ /०३/०४ गतेको दिन बिहान यस विद्यालयमा अध्ययनरत कक्षा ९,१० ,११ र प्राविधिक क्षेत्र CTVTE का विद्यार्थीलाई लागू औषध तथा दुर्व्यसनी सम्बन्धि सचेतना कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा , तुलसीपुर इलाका प्रहरीका प्रमुख , स्वास्थ्य क्षेत्रका प्रबुद्ध एवम् जानकार व्यक्तित्वहरुबाट सुसम्पन्न भयो ।विद्यालयका प्र .अ. नारायण पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम करिब ३ घण्टासम्म चलेको थियो । उक्त कार्यक्रममा करिब १५० जना जति विद्यार्थीले सहभागी भएका थिए ।
17/06/2026
हार्दिक बधाई तथा शुभकामना एवम् उत्तरोत्तर प्रगतिको कामना !
Nepal karate Federation ,Lumbini Province at Tulsipur ,Dang, Nepal from 11th -14th June 2026 मा राखिएको First International School Level Lumbini Cup Karate Championship -2026 मा हाम्रो विद्यालयबाट प्रतिनिधित्व गरी विभिन्न उमेर तथा तौल समूहले ६ वटा स्वर्ण पदक , ४ वटा रजत पदक र ७ वटा काश्य पदक प्राप्त गर्न सफल भएका खेलाडीहरुलाई विद्यालयमा एक कार्यक्रम राखी थप हौसला प्रदान गर्न सम्मान गरिएको छ। ती खेलाडी निम्नानुसार रहेका छन् ;
१)भूमिका बुढा मगर (स्वर्ण )
२)खुसी नेपाली (स्वर्ण )
३)बिनिता ओली (स्वर्ण )
४)अस्मिता चौधरी (स्वर्ण )
५)महेश लुवार (स्वर्ण )
६)अभिषेक परियार (स्वर्ण )
७)सीता जि.सी. (रजत )
८)मनराज टमटा (रजत )
९)नवीन ओली (रजत )
१०)शक्ति प्रसाद शर्मा (रजत )
११)असला बुढा ( काश्य)
१२)सुजाता टमटा (काश्य)
१३) भविलाल सिंह (काश्य )
१४)कुमार वि.क. (काश्य )
१५)प्रविन पुन (काश्य )
१६) सविन वि.क. (काश्य )
१७)डिके रसाइली (काश्य )
14/06/2026
विद्यार्थीको व्यक्तित्व विकास र शैक्षिक सुधारका लागि तुलसीपुरमा अन्तरक्रिया सम्पन्न
तुलसीपुर, दाङ
३१ जेठ, २०८३
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ वनकट्टीस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको आयोजनामा एक बृहत् अन्तरक्रिया कार्यक्रम सुसम्पन्न भएको छ । कक्षा -८ र ९ मा अध्ययनरत विद्यार्थी, उनीहरूका अभिभावक र शिक्षकहरूबीच विद्यार्थीको व्यक्तित्व विकास, पठनपाठन, समसामयिक समस्या र समग्र शैक्षिक सुधारका विषयमा केन्द्रित रहेर उक्त अन्तरक्रिया गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक नारायण पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम शिक्षक राजेन्द्र पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शिक्षक यज्ञबहादुर के.सी.ले विद्यार्थीहरूका विभिन्न गतिविधि तथा प्रगति विवरण प्रदर्शन गर्नुभएको थियो ।
कार्यक्रममा कक्षा -८र ९ मा अध्यापन गराउने शिक्षकहरूले विद्यार्थीको शैक्षिक अवस्था र आगामी कार्ययोजनाबारे आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो भने अभिभावकहरूले पनि विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि महत्त्वपूर्ण सुझावहरू पेस गर्नुभएको थियो ।
करिब ५ घण्टासम्म सञ्चालन भएको उक्त फलदायी कार्यक्रमको सहजीकरण शिक्षक मीनराज ओलीले गर्नुभएको थियो । विद्यालय, शिक्षक र अभिभावकबीचको त्रिकोणात्मक सम्बन्धले नै विद्यार्थीको भविष्य उज्ज्वल हुने निष्कर्षका साथ कार्यक्रम समापन गरिएको थियो ।
12/06/2026
कक्षा - ११ को प्रवेश परीक्षाको नतिजा प्रकाशन ।
Class -3 का नानीहरु ....।
11/06/2026
हार्दिक बधाई !
तुलसीपुर नगरस्तरीय हाजिरीजबाफ प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्न सफल यी भविष्यका कर्णधारहरुलाई ....।
11/06/2026
हार्दिक बधाई !
लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरको उसु खेलमा प्रवेश गर्ने विद्यार्थीलाई !