जनकल्याण उ मा वि बाघमारे ५,सिमसुन्दरपुर दाङ

जनकल्याण उ मा वि बाघमारे ५,सिमसुन्दरपुर दाङ

Share

Shree janakalyan Higjer secondary School is famous old school In Dang .

05/08/2023

एकै साथ निर्माण प्रक्रियामा गएका १५ शय्या को अस्पताल बबई गाउँपालिका द्वारा हस्तान्तरण भई सकेछ, शान्तिनगर -२ को दुर्गती हेर्नुहोस् अझै ५वर्ष लाग्छ जस्तो लाग्छ, समन्धित निकायको ध्यान जाओस्, शान्तिनगर गाउँपालिका का जनप्रतिनिधी कहाँ हुनु हुन्छ।सक्नुहुन्छ भने कार्यप्रगति प्रति तपाईं हरु र गाँउपालिका ले चासो व्यक्त गरेको खोई

16/06/2023

कार्यकारीको अधिकार कति हुँदो रैछ भन्ने आफ्नो आधिकार क्षेत्रभित्र
बालेन शाहले खतरनाक तरिकाले देखाउँछन् ।

16/06/2023

मुख्य मन्त्री पनि दाङ कै अनि लुम्बिनी प्रदेश आर्थिक मामिला मन्त्री आफ्नै क्षेत्रकै, हामी तुलसीपुर बाघमारे हुँदै खिलतपुर जाने बाटो अत्यन्तै जीर्ण र नाजुक अवस्था भएकाले बाटो स्तरउन्नती गर्ने तर्फ ध्यान जाओस्, २-४ ठाउँमा पुलको ललिपप देखाउने अवस्था को अन्त्य होस, पुल सहितको स्तरउन्नति सहितको बाटो चाहिएको छ। सरोकारवाला को ध्यान बेलै मा जाओस्।

18/01/2017

१० कक्षा पास गर्ने बित्तिकै बाबाले एउटा क्लियर ब्याग ल्याई दिनुभयो । भन्नू भयो, तेरा सबै कागज पत्र अब यहि ब्यागमा सम्हालेर राखेस् । मैले पनि त्यसै गर्न थाले । ११/१२ सक्किदै गर्दा, क्लियर ब्याग नि भरिदै गयो । सुरुमा अल-अलि मात्र माया लाग्ने क्लियर ब्यागक‍ो झन माया लाग्दै गयो । ब्याचलर सक्काउन जेल सम्म त, मोटाएर फुट्लाझै भएको थियो, मेरो क्लियर ब्याग । मरो मिहनतले भुक्क फूलेको मेरो क्लियर ब्याग मलाई, प्राण भन्दा प्रिय लाग्थ्यो । मैले भबिष्य, सपना अनि खुसी हरु जोगाएकोझै भान गराउथ्यो । त्यसपछि म क्लियर ब्याग बोकेर धाउन थाले, मैले क्लियर ब्याग संग सजाएका सपना तिर । सामान्य रुपमा भन्दा जागिर खोज्न तिर, कमाउन तिर । प्राईभेटले पावर खोज्यो, सरकारीले जात। म अचम्ममा परे, कसैले मेरो क्लियर ब्यागको खबर सोधेनन् । एक दुई ठाउँ केही न सोधिपनि बोलाउन खोजे तर मनले मानेन । मेरो क्लियर ब्यागको भार भन्दा निकैनै कम थियो उनीहरुको मोल । म बिरक्तिए । मलाई क्लियर ब्यागको माया लाग्न छाड्दै थियो । त्यहिपनि पासपोर्ट राखेर क्लियर ब्यागलाई एक पल्ट भर्न मन लाग्यो । त्यसै गरे पनि । दरो झगडा गरेछन्, पासपोर्ट र शैक्षिक कागजपत्रले । उचालेर पछारीदियो, एउटा पासपोर्टले, सयौ काजगलाई । अन्तिममा, आज म बिदेशमा छु । मेरो क्लियर ब्याग होला कतै सिरानी मुनि । आजकाल पासपोर्टको अत्ति माया लाग्छ । खासमा बाबा पनि त्यति सारो चासो राख्नुहुन्न मेरो क्लियर ब्यागको ।

६८ वर्षीय हजुरबा कक्षा १० मा ।। दुर्गा कामीको मन छुने कथा ।। सबैले छोडेपछि पढ्न थाले उनी 28/06/2016

सबैले आफ्नो लागी त गर्छन नै तर कोहि ब्यक्ति प्रेरेणा को लागी नि गर्छन ....!

https://www.youtube.com/watch?v=IrUjhPCpDUk

६८ वर्षीय हजुरबा कक्षा १० मा ।। दुर्गा कामीको मन छुने कथा ।। सबैले छोडेपछि पढ्न थाले उनी ‘दुर्गा कामी हरेक घाम नझुल्किँदै उठ्छन् र दाँत माझ्छन् । अनि युनिर्फम लगाएर स्कुल जान्छन् । उनको दैनिकी त्यस्तै छ जस्तो कला भैरव उच्च माविमा पढ्ने अरु १४-१५ ...

Photos 24/06/2016

Admission Open...! Admission Open...!!

27/04/2016

उच्चमावि सिमसुन्दरपुरबाट गए राती लखौको दार चोरी भएको छ। बिधालयका शिक्षक टिकाराम खड्काका अनुसार तस्करले बिधालयको भवन भित्र राखिएको दार ताला फोडेर चोरी गरेको बताउनु भयो। आज दिनभर तस्कर पत्ता लगाउन शिक्षक, ब्यबस्थापन समिति, अभिभावकको प्रयास रहेपनी अहिलेसम्म पत्ता लगाउन नसकिएको उहाँले बताउनु भयो। उहाँले भन्नुभयो तस्करले दार स्कुल पश्चिम् रहेको खहरेखोलाको बाटो लगेको छाप देखिएको छ। दार स्थानीय ब्यक्तिको मिलेमतोमा नै चोरी भएको अनुमान गरिएको छ। साथै स्कुल ब्यबस्थापन समितिले चोरको बारेमा जानकारी दिने ब्यक्तिलाई नगद रु.५०००० पुरस्कार दिने घोषणा गरेको छ।

Photos from जनकल्याण उ मा वि बाघमारे ५,सिमसुन्दरपुर दाङ's post 18/04/2016

श्री जनकल्याण उ मा वि सिमसुन्दरपुरको नया बिद्यार्थी भर्ना अभियान २०७३ सुरु २०७३-०१-०१ "देखि ८ गते सम्म बिद्यालय सेवा क्षेत्र भित्रका केहि झलकहरु...!

Photos from जनकल्याण उ मा वि बाघमारे ५,सिमसुन्दरपुर दाङ's post 16/04/2016

दाङ्गमा यस को उत्पादन को राम्रो सम्भावना..!

बोधिचित्त मालाको परिचय
=============================================
बोधिचित्त एक जिजिपस जातीमा पर्ने नया प्रजाति जिजिपस वुद्धेन्सिस् हो । यसलाई स्थानीय भाषामा वुद्धचित्त वा वोधिचित्त पनि भनिन्छ ।
बोधिचित्त माला (बोलीचालीमा बुद्धचित्त) बुद्ध धर्मालम्बी ,तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने जप गर्ने माला हो । यो एक प्रकारको वनस्पतिमा फल्ने गर्दछ । खास गरी परापुर्वकाल देखी काभ्रेको तिमाल क्षेत्रमा मात्रा यसको विरुवा पाइंदो रहेछ । यसको प्रयोग र महत्व बारे हाल आएर व्यापक चर्चा भईरहदा उच्च बजारमूल्यले गर्दा किसान र व्यवसायीलाई अत्यन्तै फाईदा भैरहेको छ । अत्यादिक माग र उच्च मुल्यको कारण व्यवसायिक खेति गर्ने जमात गएको सिजनमा उच्च भयो , यसलाई सौख र केहि आम्दनी लिन को लागि गमलामा पनि रोप्न सकिन्छ |
बयर प्रजातिको एक प्रकारको हल्का काडा हुने रुख जसको उत्पति काभ्रेको तिमाल क्षेत्र हो | भारत मा भएको बौद्द सम्मेलन प्रस्चात लोकप्रिय हुन पुगेको बोधिचित्त जसको माग चीन, ताइवान, कोरिया , सिंगापुर आदि देशमा पनि उच्च नै रहेको छ |
===============================================
बोधिचित्त मालाको खेति कसरी गर्ने ?
===============================================
खेती प्रविधी:
बोधिचित्त मालाको विरुवा समशितोष्ण भुभाग (४०० मि. देखी २४०० मि.) मा लगाउन सकिन्छ । नयाँ पलुवा र जरा आउनु भन्दा अगाडि रोपीएको विरुवा सप्रिने र राम्रो हुनका साथै छिटो फल्ने हुन्छ । तर पनि उचित हेरचाह गरेमा असार/साउन सम्म र हिउद मा पनि यसलाई रोप्न सकिन्छ | यस विरुवालाई ठुलो गमलामा पनि सौखको लागि आवश्यक मलजल सहित रोप्न सकिन्छ भने जमिनमा धेरै संख्यमा रोप्दा ५/६ मिटरको दुरी कायम गरी रोप्नु पर्छ ।यसको वोटमा रोपेको ३/५ वर्ष देखी दाना फल्न शुरु हुन्छ ।
रातो माटो र कालोमाटोमा,राम्रो संग हुर्काउन सकिने ।
बलौटे माटोमा पनि राम्रो संग मलजल र हेरचाह गर्न सके हुर्काउन सकिने ।
तुसारो तथा हुस्सु पर्ने जस्ता कुराहरुले खासै असर नपार्ने ।
==============================================
लगाउने विधि :
-ठुलो खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
-हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
-स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने
==============================================
बजार मुल्य:
बोधिचित्त मालाको बजार मूल्य यसको प्रकार र साइज अनुसार निर्धारण हुन्छ ।
महत्वको कुरा गर्दा फल जति सानो दानामा भयो त्यतिनै महत्व मानिन्छ ।अर्को भाषामा भन्दा साना दाना धेरै मुल्यमा विक्री हुन्छन् ।हाल फली रहेको प्रकार अनुसार ३ देखी ७ मुखे सम्मको मुल्य प्रती गोटा रु. ४ सय देखी ६ लाखसम्म पर्छ । त्यसै गरी दुई मुखे मालाको भने साइज अनुसार मुल्या हुन्छ; ७ मिमी को १०८ गेडा (एक माला) रु. ६ लाख पर्छ भने साइज बढ्दै जांद मुल्य कम हुंदै जान्छ । अन्त्यममा सबभन्दा ठुलो साइजको माला भने पाथिमा भरेर २५ हजार देखी ३० हजर सम्ममा बेचिन्छ |
बुद्ध धर्म मान्नेहरुको लागि यो माला बिषेश मानिन्छ |यस्को माला दलाई लामा ले पनि प्रयोग गर्नु हुन्छ | चिन , जापान्, कोरिया ,भारत ,थाइल्यान्ड्,तिबेत्,भिएतनाम्,मकाउ,ताईवान आदी देशहरुमा यस्को माग उच्च छ र कम से कम १० बर्ष सम्म यस्को माग उच्च नै रहनेछ !
************************************************************************
बोधिचित्त बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि.
चप्पल कारखाना चोक , महाराजगन्ज
०१-४४१८९२१ ,९८४५४२१९०६ , ९८०८५११९८१
(01-4418921,9845421906,9808511981)

Photos from जनकल्याण उ मा वि बाघमारे ५,सिमसुन्दरपुर दाङ's post 05/04/2016

नेपाली टीम लाई यस्तो अबस्था माँ कहिले देख्न पाईएला...💐

Want your school to be the top-listed School/college in Dang District?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Baghmare
Dang District
00977