भोलि २०८२/११/०७ गते प्रजातन्त्र दिवसको अवसरमा विद्यालयको सम्पूर्ण पठनपाठन बन्द रहनेछ। साथै पर्सि ०८ गते शुक्रबारदेखि विद्यालय खुल्ने व्यहोरा जानकारी गराइन्छ।
Chandrodaya Vidya Kunja - CVK
This is the Official Page of Chandrodaya Vidya Kunja
Phone No.-082422011
आज २०८२/११/५ गते नेपाल बन्द भएकाले विद्यालय पनि बन्द रहनेछ। साथै भोलि विद्यालय बन्द नहुने कुरा जानकारी गराउँदछौँ।
31/01/2026
३२औ वार्षिक उत्सव तथा अभिभावक भेला कार्यक्रम २०८२
30/01/2026
आज माघ १६ गते सहिद दिवस पर्न गएको हुँदा सम्पूर्ण नेपाली जनहरूमा सहिद दिवसको धेरै धेरै शुभकामना
रगतले लेखिएको इतिहास बोल्छ आज पनि,
माटोभित्र निदाएका सपना बोल्छ आज पनि।
आफू निभे उज्यालोको लागि बाटो बनाई,
ती चुप लागेका दीपहरूको कथा बोल्छ आज पनि।
हामी हिँड्ने स्वतन्त्र बाटो सहज थिएन कहिल्यै,
छातीमा गोली थामेका आँट बोल्छ आज पनि।
नामहरू शिलालेखमा मात्र सीमित छैनन्,
हाम्रो सास-सासमा उनीहरूको अस्तित्व बोल्छ आज पनि।
सत्ताले बिर्सिएला,समयले ढाकिएका धुलो,
तर जनताको मनमा सहिदको सत्य बोल्छ आज पनि।।
फूल चढाएर मात्र तिर्दैन ऋण यो देशले,
न्याय र इमानको कसम बोल्छ आज पनि।🙏🙏
भोलि माघ १६ गते शुक्रबार शहिद दिवस परेको हुँदा सम्पूर्ण पठनपाठन बन्द रहने व्यहोरा जानकारी गराउँदछौ।
साथै २०८२/१०/१७ गते शनिबार विद्यालयको ३२ औँ अभिभावक भेला विद्यालयको प्राङ्गणमा हुने भएकाले यहाँहरूको गरिमामय उपस्थितिको लागि निमन्त्रणा गर्दछौँ। पत्र पठाइएको केही कारणले प्राप्त गर्न नसकेमा यही निमन्त्रणा स्वीकार गरी उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। विद्यालय सन्देशलाई निमन्त्रणा सम्झेर आउनुहोला
26/01/2026
आज २०८२/१०/१२ गतेदेखि खेलकुद कार्यक्रम सञ्चालन।
week 2082 Day 1
23/01/2026
बसन्त पञ्चमी तथा सरस्वती पुजाको पावन अवसरमा सम्पुर्णमा हार्दिक मंगलमय सुभकामना ,माता सरस्वतीले सबैलाई विद्या ,बुद्धि विवेक प्रदान गरुन् ।🙏🙏
19/01/2026
सरस्वती पूजाको अवसरमा प्ले ग्रुप र नर्सरी कक्षामा निःशुल्क भर्ना गरिने जानकारी गराइन्छ।
सरस्वतीको पूजा छ,अक्षर फुल्ने दिन आयो,
ज्ञानको उज्यालो बोकी भविष्य खुल्ने दिन आयो।
नानी बाबु हात समाई क-ख लेख्न थाल्दा आज,
अज्ञानताको अध्यारो टाढा टुल्ने दिन आयो।
कलम समाई सपनाले पहिलो पाइला चाल्दा,
शिक्षाको आँगनभित्र विश्वास फुल्ने दिन आयो।
भर्ना निःशुल्क भन्ने खबर खुसी बनेर आयो,
सबैका लागि स्कुलको ढोका खुल्ने दिन आयो।
माया, मिहिनेत,ज्ञान दिएर बनाऔ मानव असल,
सरस्वतीको आशिषले चरित्र झल्किने दिन आयो।
15/01/2026
घामसँगै उज्यालो बोकी आउँछ बिहान,
चिसो हटाई मनमा भर्छ न्यानो मुस्कान।
अतितका पीडा सबै बगाई जाओस् खोलामा,
नयाँ आशा पलाओस् फेरि जीवनको बगानमा।
तरुल तिल घिउ चाकुमा मिठास जस्तै,
सम्बन्धमा पनि बढोस् प्रेम र पहिचान।
भिन्नता बिर्सेर सबै एकै ठाउँमा जुटौँ,
संस्कृतिले जोडोस् मन मनको पहिचान।
नयाँ सूर्यको यात्रासँगै नयाँ संकल्प,
सुख शान्ति र समृद्धिको रहोस् अभियान।
खुसी नै खुसी छाओस् भन्ने गर्दछौ कामना,
माघे संक्रान्तिको सम्पूर्णमा धेरै धेरैशुभकामना।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Jaspur
Dang District
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |