27/01/2026
अनेरास्वबियु
महेन्द्र बहुमुखी क्याम्पस, दाङ
का सचिवज्यूलाई जन्मदिनको हार्दिक शुभकामना 🎉
स्वस्थ, सफल र ऊर्जाशील जीवनको कामना गर्दै संगठन र विद्यार्थी हितमा अझै सशक्त भूमिका निर्वाह गर्न सक्नुहोस्।
12/08/2025
हार्दिक बधाई
हाम्रो महेन्द्र बहुमुखी क्याम्पस की प्रतिभाशाली छात्रा बर्षा पोख्रेल ले BSc.CSIT प्रथम सेमेस्टरमा 3.54 GPA प्राप्त गरि टप गर्न सफल भएको अवसरमा हार्दिक बधाई एवं उज्ज्वल शैक्षिक भविष्यको शुभकामना।
28/07/2025
अनेरास्ववियु अाफ्ना प्रतिबद्धता लाई मन वचन र कर्म द्वारा सिद्ध गर्न तत्पर छ सक्षम छ हामी हिजाे अाज र भाेली हजुरहरुकै सल्लाह सुझाव र अाशिर्वाद बाट कर्मशील भएर अगाडि बढ्न चाहान्छाै। स्ववियु चुनाव अगाडि हामीले महेन्द्र बहुमुखी क्याम्पसमा अनलाइन भुक्तानी प्रणाली लाई कार्यन्वयनमा ल्याउने प्रतिवद्धता गरेका थियौँ ।स्ववियुकाे नेतृत्व सर्वसम्मत चयन भई सकेपछि सबैकाे सहमति सहकार्य साझा धारणा निर्माण पश्चात् एउटा याेजना साकार भएकाे छ। आम सचेत जागरुक क्रियाशील विद्यार्थी साथीहरूका सल्लाह निर्देशन हाम्रा कर्म अनि आवश्यकताहरु बिच गहन सम्बन्ध छ। त्यसै मुताबिक हामी अाफ्ना कार्यनीति याेजना सिर्जनशील रचनात्मक कामहरु अगाडि बढाउने प्रण गर्छाैं धन्यवाद।
तमाम विद्यार्थी साथीहरू यस कार्यबाट लाभान्वित हुने छाै❤️❤️🙏🙏🙏🙏✊✊
29/05/2025
1st year को अनलाइन फारम कसरी भर्ने भनेर अझै नबुझेका साथीहरूले कृपया यो भिडियो ध्यानपूर्वक हेर्नुहोस्। यसले तपाईंलाई सजिलो तरिकाले फारम भर्ने प्रक्रिया बुझ्न सहयोग पुर्याउनेछ।
T.U Exam Form Fill up Bachelor 1st Year✍️ | Easy Method❣️#T.U Exam
T.U Exam Form Bachelor 1st Year✍️ | Easy Method❣️ .U Exam .Uexam form .U exam of T.U exam form fill up exam notice 2081 exam resul...
17/05/2025
अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटी अध्यक्ष एवम् स्वतन्त्र विद्यार्थी युनियनका सचिव उर्जाशिल व्यक्तित्व सकारात्मक साेच भएका कुशल नेतृत्व गर्न सक्ने क. सागर पण्डित लाई जन्म दिनकाे शुभकामना व्यक्त गर्दछौं आगामी राजनीति शैक्षिक भविष्यकाे स्वर्णिम कामना❤️✊✊✊✊
26/04/2025
नेपाल प्रगतिशील प्राध्यापक संगठन महेन्द्र बहुमुखी क्याम्पस दाङका अध्यक्ष नबराज सुवेदी गुरु लाई जन्मदिनको धेरै धेरै शुभकामना।
30/03/2025
महेन्द्र बहुमुखी क्याम्पसकाे सहायक क्याम्पस प्रमुखकाे पदमा नियुक्ति हुनु भएकाेमा आदरणिय गुरु माेहन राणा लाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दछाै❤️🙏
24/03/2025
Revised Exam Schedule : 4 Years B.Sc., B.B.S., B.A. & B.Ed. 1st Year - 2080 (Partial)
18/03/2025
महेन्द्र बहुमुखी क्याम्पसमा बित्तिय साक्षरता कार्यक्रम
दाङ, ५ चैत– महेन्द्र बहुमुखी क्याम्पस, दाङ र गरिमा बिकास बैक सहकार्यमा आज मंगलबार बिबिए प्रथम सेमेष्टरमा अध्ययनरत बिद्यार्थीहरुका लागि बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा गरिमा बिकास बैक घोराही शाखाका प्रबन्धक बलदेव धिताल र अपरेशन इञ्चार्ज इश्वरी प्रकाश वलीले बित्तिय साक्षरताका विविध आयामहरुका बारेमा बिद्यार्थीहरुलाई जानकारी दिनुभएको थियो ।
साक्षरता कार्यक्रममा बैक प्रवन्धक धिताल तथा अपरेशन इञ्चार्ज वलीले मानव जीवनमा बित्तिय साक्षरताको आबश्यकता, बचत गर्दा हुने फाइदा, कर्जा, बैकको लगानी व्यबस्थापन, डिजीटल बैकिड, बैकिड कसुर, चेक अनादर, कालोसूची व्यबस्थापन, चेक ठगीका प्रकारहरु जस्ता बिबिध बिषयमा बिद्यार्थीहरुसंग अन्तक्र्रियात्मक छलफल गर्नुभएको थियो ।
बिबिए कार्यक्रम संयोजक सुदर्शन रिजालले बिद्यार्थीहरुले कितावको सैद्घान्तिक ज्ञानका साथै मानव जिवनको अभिन्न अंग बन्दै गएको बैकिङ कारोबार गर्दा अपनाउनु पर्ने सावधानीहरुका बारेमा बिद्यार्थीहरुलाई जानकारी दिन बैकसंग सहकार्य गरी बित्तिय साक्षरता कक्षा सञ्चालन गरिएको बताउनुभयो । क्याम्पसले यस अघि सानिमा तथा साग्रीला बैकको सहकार्यमा यस्तै प्रकारको बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । क्याम्पसले नेपाल बैक लिमिटेडको सहकार्यमा बिबिए कार्यक्रम तर्फ पाचौ सेमेष्टरका बिद्यार्थीहरुका लागि यसै हप्ता बैकिङ साक्षरता कक्षा सञ्चालन गरिने जनाएको छ ।