People's Land Secondary English Boarding School

People's Land Secondary English Boarding School Welcome to the official page of People's Land Secondary English Boarding School, Hapure - Dang!

आदरणीय अभिभावक ज्युहरू, बबई गाँउपालिका कार्यपालिकाको कार्यालय, (शिक्षा शाखा) बाट जारी सूचना तथा प्रतिकूल मौसमका कारण हुन...
24/09/2026

आदरणीय अभिभावक ज्युहरू,
बबई गाँउपालिका कार्यपालिकाको कार्यालय, (शिक्षा शाखा) बाट जारी सूचना तथा प्रतिकूल मौसमका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै भोलि मिति २०८३ साल असोज ९ गते शुक्रबारका दिन विद्यालयको सम्पूर्ण पठनपाठन बन्द रहने जानकारी गराइन्छ ।

उक्त दिन विद्यालयमा कुनै पनि प्रकारको पठनपाठन तथा नियमित शैक्षिक गतिविधि सञ्चालन हुने छैन। साथै, मौसम प्रतिकूल रहेको अवस्थामा विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनु/नदिनुहुन सम्पूर्ण अभिभावकज्यूहरूमा अनुरोध गरिन्छ।

पुनश्च: विद्यालयको नियमित पठनपाठन मिति २०८३ साल असोज १२ गते सोमबारदेखि पूर्ववत् रूपमा सञ्चालन हुनेछ। साथै अतिरिक्त कक्षा मौसम अनुकुल भए आइतबारदेखी सञ्चालन हुनेछन ।

विद्यालय प्रशासन

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना 🇳🇵
19/09/2026

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना 🇳🇵

🛠️🔱 विश्वकर्मा पूजाको हार्दिक मङ्गलमय शुभकामना 🔱🛠️भगवान् विश्वकर्माको कृपा र आशीर्वादले हरेक सिर्जनात्मक प्रयासमा ऊर्जा,...
17/09/2026

🛠️🔱 विश्वकर्मा पूजाको हार्दिक मङ्गलमय शुभकामना 🔱🛠️
भगवान् विश्वकर्माको कृपा र आशीर्वादले हरेक सिर्जनात्मक प्रयासमा ऊर्जा, हरेक कर्ममा सफलता र हरेक यात्रामा सुरक्षा प्रदान गरोस्।
श्रमलाई सम्मान गरौँ, सीपलाई प्रोत्साहन गरौँ र सिर्जनशीलतालाई आत्मसात् गर्दै उज्ज्वल भविष्यतर्फ अघि बढौँ।

जय विश्वकर्मा बाबा! 🙏🔱
People's Land Secondary English Boarding SchoolBabai-4, Dang

15/09/2026

📢 सूचना

पञ्चमी पर्वको अवसरमा मिति २०८३/०५/३० गते विद्यालय बिदा रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

विद्यालयको नियमित पठनपाठन मिति २०८३/०५/३१ गतेदेखि सञ्चालन हुनेछ।

धन्यवाद। 🙏
विद्यालय प्रशासन

🌸🌿 हरितालिका तीज–२०८३ को हार्दिक मंगलमय शुभकामना 🌿🌸नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण आमा...
14/09/2026

🌸🌿 हरितालिका तीज–२०८३ को हार्दिक मंगलमय शुभकामना 🌿🌸

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण आमा, दिदीबहिनी तथा सम्पूर्ण नेपाली दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏

यस पर्वले हाम्रो मौलिक कला, संस्कृति, परम्परा र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउँदै आपसी प्रेम, एकता र खुसी बढाओस्। सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र सफलताको उज्यालो छाओस् भन्ने हार्दिक कामना गर्दछौँ।

💐 संस्कृतिको संरक्षण गरौँ, परम्पराको सम्मान गरौँ, खुसी साटौँ। 💐

❤️ हरितालिका तीज–२०८३ को हार्दिक शुभकामना! ❤️

🏆 शिक्षक फुटसल प्रतियोगिता–२०८३ ⚽पहिलो खेलमै शानदार जित! 🎉People’s Land Secondary English Boarding School ले Success Aca...
12/09/2026

🏆 शिक्षक फुटसल प्रतियोगिता–२०८३ ⚽

पहिलो खेलमै शानदार जित! 🎉

People’s Land Secondary English Boarding School ले Success Academy लाई रोमाञ्चक प्रतिस्पर्धामा ५–४ गोलको अन्तरले पराजित गर्दै Semi Final मा प्रवेश गर्न सफल भएकोमा सम्पूर्ण खेलाडी शिक्षकहरूलाई हार्दिक बधाई तथा Semi Final का लागि शुभकामना! 👏

🔥 एकता, अनुशासन र टिमवर्क नै हाम्रो शक्ति हो।
🏆 अब लक्ष्य—फाइनल र उपाधि!

Best of luck, Team PLSEBS! 💪⚽

12/09/2026
07/09/2026

रसुवागढीमा हालै घटित बाढी तथा विपद्का कारण दिवंगत हुनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको चिरशान्तिको कामना स्वरूप आज मिति २०८३/०५/२२ गते सोमबार विद्यालयमा शोक कार्यक्रम आयोजना गरियो।

यस दुःखद् घडीमा प्राकृतिक विपद्का कारण दिवंगत हुनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना तथा घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभ र सुस्वास्थ्यको कामना गर्दछौँ। साथै, बेपत्ता हुनुभएका सम्पूर्ण व्यक्तिहरू भगवानको कृपाले सकुशल फेला परी आफन्तजनसँग पुनर्मिलन हुन सकून् भन्ने हार्दिक प्रार्थना गर्दछौँ।
धन्यवाद।

पिपुल्स ल्याण्ड सेकेन्डरी ईङ्लिस बोर्डिङ स्कुल
बबई - ४, हापुरे दाङ

 #श्रीकृष्ण जन्माष्टमीको पावन अवसरलाई स्वागत गर्दै हाम्रा प्यारा नानीबाबुहरूले राधा–कृष्णको मनमोहक वेशभूषा, नृत्य तथा सा...
03/09/2026

#श्रीकृष्ण जन्माष्टमीको पावन अवसरलाई स्वागत गर्दै हाम्रा प्यारा नानीबाबुहरूले राधा–कृष्णको मनमोहक वेशभूषा, नृत्य तथा सांस्कृतिक प्रस्तुतिसहित हर्षोल्लासका साथ पूर्व-जन्माष्टमी उत्सव मनाए। 💙🌸
नानीबाबुहरूको निर्दोष मुस्कान, उत्साह र मनमोहक प्रस्तुतिले विद्यालय परिसर नै कृष्णमय बनेको अनुभूति भयो। 🦚🎶
संस्कृतिसँग जोडिँदै, खुसीसँग सिक्दै! ❤️
🙏 श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏
krishnajanmashtamispecial❤️

Address

Hapure
Dang District

Alerts

Be the first to know and let us send you an email when People's Land Secondary English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to People's Land Secondary English Boarding School:

Shortcuts

Share

Category