श्री गंगा माध्यमिक विद्यालय घोराही- २ दाङ

श्री गंगा माध्यमिक विद्यालय घोराही- २ दाङ

Share

It is the institution for education, located at Ghorahi submetropolitan - 2,Rampur Dang(Lumbini province ). community school

03/06/2026

आदरणीय अभिभावकज्यू,
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार, अनुशासन सुदृढीकरण तथा विद्यालय–अभिभावक सहकार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजित बृहत् अभिभावक छलफल तथा अन्तरक्रिया कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

आउनुहोस्, बृहत् छलफल गरौं र सामूहिक रूपमा:

* विद्यार्थीहरूको सिकाइ स्तर सुधारौं।
* नियमित उपस्थिति र अनुशासनलाई मजबुत बनाऔं।
* शैक्षिक गुणस्तर अभिवृद्धिका उपायहरू खोजौं।
* विद्यालय र अभिभावकबीचको सहकार्यलाई थप सुदृढ बनाऔं।
* विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि साझा प्रतिबद्धता जनाऔं।

हाम्रो सानो प्रयास र अभिभावकको सक्रिय सहभागिताले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

30/05/2026

यस विद्यालयमा मिति २०८३ साल जेठ ४ गतेदेखि ११ गतेसम्म सञ्चालित कक्षा ११ को वार्षिक परीक्षाको नतिजा २०८३ साल जेठ १८ गते बिहान ११:०० बजे प्रकाशित गरिने व्यहोरा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा जानकारी गराइन्छ।

25/05/2026

अनुभवी, दक्ष तथा विषयविज्ञ शिक्षकद्वारा गुणस्तरीय अध्यापन गराइने बिगतमा कक्षा १२ मा उत्कृष्ट नतीजा ल्याउन सफल यस गंगा माध्यमिक विद्यालय, घोराही-२,रामपुर दाङमा शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा Management तथा Education विषयमा नयाँ भर्ना खुलिसकेको जानकारी गराइन्छ । साथै कक्षा सञ्चालन असार १ गतेदेखि सुरु हुने भएकाले सम्बन्धित विद्यार्थीहरूलाई समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्न हार्दिक अनुरोध गर्दछौं ।

Photos from श्री गंगा माध्यमिक विद्यालय घोराही- २ दाङ's post 21/05/2026

दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना अन्तर्गत विद्यार्थीलाई कामको संसार चिनाउने 'School to Work Transition' कार्यक्रम अन्तर्गत यस बिद्यालयका कक्षा ९ को लागि उद्यमशीलता परियोजना कार्य अन्तर्गतको कार्यक्रम यस गंगा माध्यमिक विद्यालय घोराही उपमहानगरपालिका-२, रामपुर, दाङमा आजबाट सुरु भएको छ। आजको कार्यक्रमको सहजीकरण उद्यमशीलता सम्बन्धी तालिम प्राप्त शिक्षक श्री खगेश्वर पौडेलज्यूले गर्नु भएको थियो ।
२०८३/०२/०७ !!

20/05/2026

घोराही उपमहानगरपालिका वडा नं. २ को आयोजनामा यस विद्यालयमा लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धी अभिमुखिकीरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं. २ का कार्यबाहक वडा अध्यक्ष टोपबहादुर डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा कार्यबाहक वडा अध्यक्ष टोपबहादुर डाँगी, विद्यालयका प्रधानाध्यापक गंगा गौतम, प्रशिक्षक विकिरण गौतम तथा दुर्गालाल केसीले लैङ्गिक समानता, हिंसा न्यूनीकरण, कानुनी सचेतना, आत्मरक्षा तथा समुदायको भूमिकाका विषयमा महत्वपूर्ण धारणा राख्नुभएको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी तथा समुदायमा लैङ्गिक हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्दै सम्मान, समानता र सुरक्षित समाज निर्माणतर्फ सकारात्मक सोच विकास गर्नु रहेको थियो । सहभागी विद्यार्थीहरूले यस्ता कार्यक्रमले व्यवहार परिवर्तन तथा सामाजिक चेतना विस्तारमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रम सञ्चालन वडा नं. २ का सचिव नारायण आचार्यले गर्नुभएको थियो ।
२०८३/०२/०६ मा
#जयसामुदायिकबिद्यालय

Photos from श्री गंगा माध्यमिक विद्यालय घोराही- २ दाङ's post 20/05/2026

घोराही उपमहानगरपालिका वडा नं. २ को आयोजनामा यस विद्यालयमा लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धी अभिमुखिकीरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं. २ का कार्यबाहक वडा अध्यक्ष टोपबहादुर डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा कार्यबाहक वडा अध्यक्ष टोपबहादुर डाँगी, विद्यालयका प्रधानाध्यापक गंगा गौतम, प्रशिक्षक विकिरण गौतम तथा दुर्गालाल केसीले लैङ्गिक समानता, हिंसा न्यूनीकरण, कानुनी सचेतना, आत्मरक्षा तथा समुदायको भूमिकाका विषयमा महत्वपूर्ण धारणा राख्नुभएको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी तथा समुदायमा लैङ्गिक हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्दै सम्मान, समानता र सुरक्षित समाज निर्माणतर्फ सकारात्मक सोच विकास गर्नु रहेको थियो । सहभागी विद्यार्थीहरूले यस्ता कार्यक्रमले व्यवहार परिवर्तन तथा सामाजिक चेतना विस्तारमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रम सञ्चालन वडा नं. २ का सचिव नारायण आचार्यले गर्नुभएको थियो ।

Want your school to be the top-listed School/college in Dang District?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Rampur
Dang District

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00