03/07/2025
जरूरी सुचना
Education Provide
03/07/2025
जरूरी सुचना
20/02/2025
31/12/2024
माध्यमिक तह विज्ञान शिक्षक आवश्यकता
निःशुल्क अनलाइन कक्षा
Attention SEE students,
Ambition Guru को एपबाट हरेक दिन बेलुका ६ बजेदेखि ९ बजेसम्म कक्षा १० का विद्यार्थी भाइबहिनीहरूको लागि निःशुल्क एसइइ लाइभ तयारी कक्षाहरू सञ्चालन भइरहेका छन्। जोडिनुहोला है। लाइभ कक्षा छुटेको खण्डमा रेकर्डेड भिडियोहरू हेरेर लाभ लिन सकिनेछ।
Steps:-
1. Play store बाट Ambition Guru एप डाउनलोड गर्नुहोस् र खोल्नुहोस् ।
2. आफ्नो फोन नम्बर राख्नुहोस् ।
3. आफ्नो नाम राख्नुहोस् ।
4. तपाईंको फोन नम्बरमा OTP आउनेछ ।
5. OTP राख्नुहोस् ।
6. आफ्नो रुचिको विषय छानेर कक्षा हेर्नुहोस् ।
19/11/2024
विज्ञापन
28/07/2024
कक्षा १० को SEE पूरक परीक्षा केन्द्र सम्बन्धी सुचना
23/03/2024
होली पर्व
होली पर्व हिन्दुधर्मावलम्बीहरुले मनाउने गर्छन् । यो पर्व विशेषत भारत र नेपालमा मनाईने गरिन्छ । यो पवर्मा विभिन्न रङ्गहरु एक अर्कालाई लगाउने र खुसीयाली साटासाट गरेर्र रमाइलो गरी मनाईन्छ । यसलाई रङ्गहरुको पर्व पनि भनिन्छ । एक आपसमा भएका शत्रुता भुलेर खुसीयाली मनाउँदै रङ्गहरु छ्यापाछ्याप गरेर होली मनाउने प्रचलन छ ।
होली किन मनाइन्छ ?
यो पर्व मनाउनुको मुख्य कारणमा दानवता माथी मानवताको विजय भएको खुसीयालीमा हो । त्रेता युगमा एकजना राक्षसी प्रवृत्तिका ब्यक्ति थिए । उनको नाम हिरण्यकशिपु थियो । उनले ब्रम्हा भगवानको कठोर तपस्या गरेका थिए । तपस्याबाट भगवान् अतिनै खुसी भएर बरदान माग्न भने । उनले यस्तो बरदान मागे की उनीलाई कसैले पनि मार्न नसकुन् ।
उनको मृत्यु बिहान, राती, बाहिर भित्र, जनावर, मानिसले वा देवताको हातबाट नहोस् । अस्त सस्त्रबाट पनि मृत्यु नहोस् । यस्तो अच्चमको बरदान् माग्दा भगवानलाई अनौठो त लाग्यो होला तर उनको कठीन तपस्याका कारण ब्रम्हाले बरदान त्यस्तै दिए ।
जव बरदान पाए, त्यसपछि हिरण्यकशिपुले आफूलाई नै भगवान् मान्न थाले । अरुमाथी अन्याय, अत्याचार गर्ने क्रम जारी राखे । पिता खराब प्रबृत्तिको भएतापनि उनका छोरा प्रल्लाहद भगवान् विष्णुका सबैभन्दा ठुला भक्त बन्न पुगे ।
आसुरी वा राक्षसी प्रवृत्तिको पिताले छोरालाई आफ्नै सबैभन्दा शक्तिशाली भएकाले आफ्नै पूजा गर्न भने । तर छोरा प्रल्हादले मानेनन् । पटक—पटक धम्क्याउँदा पनि छोराले भगवान् विण्णुप्रतिको अगाध श्रद्धा कायमै राखेका कारण हिरण्यकशिपुले प्रल्हादलाई मार्ने योजना बनाए ।
जसका लागि बहिनी होलिकालाई अनुरोध गरे । होलिकाले उनका दाजुको आग्रह अनुसार बालक प्रल्हादलाई लगेर आगोमा भष्म पार्न लाग्दा उनी आफै जलेर खरानी भईन् तर बालक सकुशल रहे ।
होलिका दहन भएको दिनको सम्झनास्वरुप मनाईने भएका कारण यो दिनमा होलिकाको दहन गर्ने चलन पनि छ । यहि मान्यता अनुसार फागु पूर्णिमाका रुपमा होली पर्व मनाईन्छ ।
हिरण्यकशिकपुको अत्याचार बढ्न थालेपनि स्वयं विष्णु भगवान्ले नरसिंह अवतार लिएर उनलाई मार्नु परेको थियो । यो अवतार भनेको आधा मानिस र आधा सिंहको हो । हाम्रा पर्वहरुले हामीलाई केही न केही सकारात्मक सन्देश दिएका हुन्छन् । यो पर्वले पनि घमण्ड र नकारात्मक स्वभावलाई होइन नम्रता र असल कर्म गर्न सिकाएको छ ।
हामीले यो संसारमा जन्म लिईसकेपछि गलत होईन सत्कर्मलाई लिनुपर्छ । विद्यालयमा अध्ययनरत विद्याथीले सबै साथीहरुसँग मिल्नुपर्छ र गुरुहरु र आफूभन्दा ठूलालाई सम्मान र सानालाई मायाँ गर्दै अनुशासनमा रहेर आफ्नो अध्ययनलाई अगाडि बढाउनुपर्छ भन्ने सन्देश मिलेको छ । होली पर्वले सबैमा उमंग र खुसीयाली ल्याउन सकोस् ।
17/03/2024
2080 सालको SEE परीक्षा केन्द्र सम्बन्धि सूचना !!!
07/03/2024
यस विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूको शैक्षिक सफलताको शुभकामना सहित फेरि भेटौंला कार्यक्रम !!!