16/01/2026
श्री शैलेस्वरी मा.बि. तुलाभाडिका शिक्षक श्री वीर बहादुर ऐर सर लाई आज पर्न गएको जन्म दिनको धेरै धेरै शुभकामना । अझै प्रगति उन्नति कामना ।🙏🙏🎂🎂
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shaileswari ma.vi.Tulabhadi, School, Parashura 12 Tulabhadi, Dadeldhura.
16/01/2026
श्री शैलेस्वरी मा.बि. तुलाभाडिका शिक्षक श्री वीर बहादुर ऐर सर लाई आज पर्न गएको जन्म दिनको धेरै धेरै शुभकामना । अझै प्रगति उन्नति कामना ।🙏🙏🎂🎂
08/01/2026
श्री शैलेस्वरी माध्यमिक विद्यालय, तुलाभाडीका अभिभावक , भु.पु.शि.अ.स. अध्यक्ष तथा भु.पु. क्यान्टेन सञ्चालक श्री दान बहादुर खातीको दुःखद निधन भएको खबरले हामी सबैलाई अत्यन्त मर्माहत बनाएको छ। विद्यालय परिवारप्रति उहाँले पुर्याउनुभएको सेवाभाव, सरल स्वभाव र आत्मीय व्यवहार सधैं स्मरणीय रहनेछ। यस अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं। शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।
श्रद्धाञ्जली ! 😭😭😭😭
01/01/2026
श्री शैलेस्वरी मा.बि. तुलाभाडिका शिक्षक श्री केशव धामी लाई आज पर्न गएको जन्म दिनको धेरै धेरै शुभकामना । अझै प्रगति उन्नति कामना ।🙏🙏🎂🎂
29/12/2025
आधारभुत तह(१-५)को दोस्रो त्रैमासिक परीक्षाको नतिजा विश्लेषण तथा अन्तर्कृया कार्यक्रम सम्पन्न !
उपस्थित भइ सुझाव सल्लाह प्रदान गर्नुहुने सम्पुर्ण अभिभावक ज्युहरुलाई हार्दिक धन्यवाद 🌱🥀🥀
25/12/2025
श्री शैलेस्वरी मा.बि.तुलाभाडि कक्षा ९ र १०मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुको नतिजा बिश्लेषण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । सहभागी सम्पुर्ण धन्यवाद ।🙏🙏
23/12/2025
श्री शैलेस्वरी मा.बि. तुलाभाडीको बिद्यालय ब्यवस्थापन समिती को कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा सम्पूर्ण बि.ब्य.स. पदाधिकारी ज्युहरु लाई विद्यालय परिवारको तर्फबाट यहाँप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ।
एक दलित परिवारबाट आउनुभएकी महिला भएर पनि माध्यमिक विद्यालयको अध्यक्षको जिम्मेवारी सम्हाली मन, वचन र कर्मले विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय सुधारमा उल्लेखनीय योगदान पुर्याउनुभएको कार्य अत्यन्त प्रशंसनीय र प्रेरणादायी रहेको छ। यो इतिहासको कुनै कालखण्डमा समिक्षा हुनेछ । तपाईंको कार्यकालमा विद्यालयप्रति देखाउनुभएको नेतृत्व क्षमता, समर्पणले विद्यालयको गरिमा उच्च भएको छ।
तपाईंको यो उदाहरणीय योगदानले समाजमा समावेशी नेतृत्व र महिलाको सशक्त भूमिकालाई मजबुत सन्देश दिएको छ। आगामी दिनहरूमा पनि तपाईंको अनुभव, सुझाब र मार्गदर्शन विद्यालयका लागि सदैव प्रेरणाको स्रोत बनिरहोस् भन्ने कामना गर्दछौँ।
पुनः एक पटक, तपाईंको अमूल्य सेवा र योगदानका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
20/12/2025
आज यस श्री शैलेस्वरी मा.वि. प.न.पा.१२ तुलाभाडि को विद्यालय व्यवस्थापन समिति गठन गरियो !यस कार्यमा सहभागि सम्पूर्ण अभिभावक र वडाध्यक्ष लगायत महानुभावहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु! शिक्षा ऎन २०२८ को दफा १२ क अनुसार निर्वाचित सदस्यहरू १ श्री हर्क बोहरा २ श्री पदम बहादुर धामी ३ श्री महेस्वरी रावल ४ श्री बसन्धरा गाहा मगर र जेष्ठसदस्यको अध्यक्षतामा बसेको बैठकबाट मनोनित शिक्षा ऎन २०२८को दफा १२ को ग अनुसार सदस्यहरू १) पशुपति धामि २) भुन्टु खाती ज्यूहरूलाई हार्दिक बधाई ।
15/12/2025
श्री शैलेस्वरी मा.बि.तुलाभाडीको मा.बि. तह संघीय अनुदान दरबन्दीमा गणित विषय शिक्षकको रुपमा नियुक्त हुनु भएका नव नियुक्त शिक्षक श्री नवराज भन्डारी सर लाई बिद्यालयमा स्वागत गरियो ।🙏🙏🙏
14/12/2025
सम्बन्धित सबैको जानकारीका लागि
20/11/2025
श्री शैलेस्वरी मा.वि.परशुराम–१२, तुलाभडीका अभिभावक पुर्व बिद्यार्थी खेलाडी रमेश कामीको उपचारका क्रममा भएको असमायिक निधनप्रति बिद्यालय परिवार अत्यन्तै मर्माहित भएका छौ ।
यस दुःखद घडीमा हामी दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै ! शोकाकुल परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।
परमपराक्रमी भगवानले परिवारलाई धैर्य, धारण गर्ने शक्ति प्रदान गरून्। दिवंगत आत्माको चिरशान्तिको कामना ।😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
— श्री शैलेस्वरी मा.वि., परशुराम–१२, तुलाभाडी स-परिवर
18/11/2025
श्री शैलेस्वरी मा.बि. तुलाभाडीमा अक्षर सुधार तालिम सम्पन्न । तालीमका प्रशिक्षक चन्द्र बहादुर ठगुन्ना सर लाई बिद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौ । सहभागी विद्यार्थी भाइबहिनी लगायत शिक्षकहरमा धन्यवाद ।🙏🙏🙏
11/11/2025
सम्बन्धित सबैको जानकारीको लागि
रोजगारीको सुवर्ण अवसर