एक्लो मान्छे

एक्लो मान्छे

Share

Be your own therapist not everyone can understand you.

13/06/2026

खै कस्तो प्रेम थियो तिम्रो, न त आफ्नो बनायौं न अरुको नै हुन दियौं ।

13/06/2026

मुटु त चिरा चिरा पारेर गयौ ।
अब कसैलाई ठाउँ दिन खोज्दा कहिल्यै सन्चो नहुने यो मनको घाउले रोक्छ ।

13/06/2026

तिम्रो परिवर्तनमा केही गुनासो छैन, मलाई त मेरो विश्वासमा लाज लागेको छ।

12/06/2026

Sometimes all i wish is if I could just hit the restart button, erase some of my decisions and rewrite some chapters of my life.

12/06/2026

तिमी गएपछि मैले बुझें कि प्रेम कहिल्यै हराउँदैन,
यो केवल आफ्नो रूप परिवर्तन गर्छ र पीडा बनेर सँगै चलिरहन्छ...
किनकि तिमी गएपछिको सबैभन्दा गहिरो कुरा भनेको तिमी अब मसँग छैनौ, तर तिम्रो उपस्थिति हरेक क्षण सबैभन्दा बढी हुन्छ।

11/06/2026

हृदय अझै उस्तै छ, तर हातहरू अब एकअर्कासँग छैनन्।

29/05/2026

कहिलेकाहीँ मनले अझै पनि त्यही पुरानो बाटो खोज्छ,
जहाँ तिमी थियौ, तिम्रो हाँसो थियो र सँगै बिताएका ती साना पलहरू थिए।

सम्बन्ध टुटिसक्यो भन्ने यथार्थ स्वीकार गरिसकेँ, तर मनको एउटा कुनाले अझै विश्वास गर्छ सायद कुनै दिन फेरि भेट होला, सायद फेरि पहिलेझैँ कुरा होला।

तिमी फर्किने आशा अब तर्कले होइन भावनाले बाँचेको छ किनकि साँचो प्रेम कहिल्यै पूर्ण रूपमा मर्दैन, त्यो त सम्झनाको रूपमा धड्किरहन्छ।

रातको एकान्तमा आज पनि तिम्रो नाम सम्झँदा आँखा रसाउँछन्,
तर मन मुस्कुराउँछ पनि किनकि छुटे पनि, तिमीलाई प्रेम गरेको अनुभूति अझै सुन्दर छ।

सायद तिमी फर्किंदैनौ,सायद यो आशा अधुरै रहन्छ, तर मनले तिमीलाई पर्खिन छोडेको छैन किनकि केही प्रेमहरू पाउनका लागि होइन जीवनभर महसुस गर्नका लागि जन्मिएका हुन्छन्।

24/05/2026

Some people hurt by words.
Some by actions and some by silence…
But the biggest hurt is that someone ignoring us when we value them a lot.

24/05/2026

उसको अन्तिम फोनकल

राती ठिक २ बजे फोन बज्छ।उसको नाम देख्ने वित्तिक्कै फोन उठाए।
प्रेम: सुनन...... नरिसाउ है , आज धेरै डर लाग्दै छ।
रेशमा: किन? के भयो?
प्रेमले सानो स्वरमा भन्यो "म बिहान नउठ्न नि सक्छु । डाक्टरले भन्नु भएको सन्चो छैन धेरै नसोच्नु भनेर ।"
रेशमाले काप्दै भनिन "धेरै नसोच तिमीलाई केही पनि हुन्न, म तिमीलाई कथा सुनाउँछु , तिमी सुनि राख है।" दुवै जनाले रातभरि कुरा गरे । बिच बिचमा रेशमा तिमी सुतेको त छैनौ नि ? भनेर सोध्दै थिइन् ।प्रेम हाँस्दै छैन तिम्रो आवाज सुन्दै छु भन्दै थियो ।उनीहरुले रातभरि कुरा गरिरहे ।
विहान ५ बजे एक्कासी फोन काटियो , रेशमाले फोन गर्ने धेरै प्रयास गरिन तर फोन "स्वीच अफ" गरिएको छ भन्न थाल्यो।
केही दिनपछि प्रेमको दिदीको फोन आयो र भनिन रेशमा भाइले त हामी सबैलाई छोडेर गयो नि तर ऊ खुसी भएरै गयो किनकी उसको अन्तिम रात तिम्रो आवाज सुनेर बित्यो ।उसले तिम्रो धेरै प्रशंसा गर्दथ्यो । त्यो सुन्ने बितिक्कै रेशमाको आँखा अगाडी कालो बादल छाए झैँ भयो......... ।

क्रमश: ......

28/09/2022
Want your school to be the top-listed School/college in Dadeldhura?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Dadeldhura