Nepal Model Secondary School.

Nepal Model Secondary School. नेपाल नमुना माध्यमिक विद्यालय।
Educating young

आज मिति २०८२ साल पौष २ गते बिहिबारका दिन विद्यालयका शिक्षक तथा कर्मचारीहरूको बैठक बसी विद्यालयका शैक्षिक एजेन्डाहरू उपर ...
17/12/2025

आज मिति २०८२ साल पौष २ गते बिहिबारका दिन विद्यालयका शिक्षक तथा कर्मचारीहरूको बैठक बसी विद्यालयका शैक्षिक एजेन्डाहरू उपर छलफल गरी निर्णय समेत गरियो। साथै विद्यालयमा कृषि तथा बालविज्ञानतर्फ अध्यापनरत कृषिप्रशिक्षक सन्तोष तिवारिलाई कृषि संयोजक पदमा विद्यालय व्यवस्थापन समितिको निर्णय बमोजिम नियुक्ति भएपछि र विद्यालय कर्मचारी अर्थात् लेखापाल पदमा हिजो भर्खरै नवनियुक्त लेखा कर्मचारी सुबान्ती चौधरीलाई समेत आजको कार्यक्रममा स्वागत तथा बधाई ज्ञापन गरियो।

यस विद्यालयका प्रा.वि. द्वितीय श्रेणीका शिक्षक सीतादेवी बराल बाट आज प्रा.वि. इन्चार्जको जिम्मेवारी सहित पदभार ग्रहण गर्न...
01/12/2025

यस विद्यालयका प्रा.वि. द्वितीय श्रेणीका शिक्षक सीतादेवी बराल बाट आज प्रा.वि. इन्चार्जको जिम्मेवारी सहित पदभार ग्रहण गर्नुभएको छ! यहाँलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना।

३८ औँ विश्व एड्स दिवसको सन्दर्भमा विद्यालयमा एक कार्यक्रमका माझ विद्यार्थी भाइबहिनी सहित विद्यालय नर्सद्वारा आजको यस कार...
01/12/2025

३८ औँ विश्व एड्स दिवसको सन्दर्भमा विद्यालयमा एक कार्यक्रमका माझ विद्यार्थी भाइबहिनी सहित विद्यालय नर्सद्वारा आजको यस कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै! विद्यार्थी भाइबहिनीहरूमा धेरै धेरै धन्यवाद।

कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थी भाइबहिनीहरू लक्षित कम्प्युटर एआइ कार्यक्रम सम्पन्न पश्चात् खिचिएको तस्बिर!
01/12/2025

कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थी भाइबहिनीहरू लक्षित कम्प्युटर एआइ कार्यक्रम सम्पन्न पश्चात् खिचिएको तस्बिर!

आज मिति २०८२ साल मङ्सिर ५ गते शुक्रबारका दिन यस नेपाल नमुना माध्यमिक विद्यालय रत्ननगरमा कक्षा १ मा अध्ययनरत विद्यार्थी भ...
21/11/2025

आज मिति २०८२ साल मङ्सिर ५ गते शुक्रबारका दिन यस नेपाल नमुना माध्यमिक विद्यालय रत्ननगरमा कक्षा १ मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुलाई रत्ननगरको पर्यटकीय एवं धार्मिक स्थल धर्मधामका साथै सौराहमा रहेका विभिन्न पर्यटकीय क्षेत्र एवं म्युजियम समेतको अवलोकन गर्नका लागि विद्यालयबाट प्रावि इन्चार्ज श्री सितादेवी बरालको नेतृत्वमा कक्षा शिक्षकहरू,विषयगत शिक्षकहरू सहित अभिभावकज्यूहरू समेतको उपस्थिति रहेको यस भ्रमण टोली विद्यालयबाट करिब ११ बजे आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्यो।

Guardians meet for 6 to 6 program for grades 8,9 and 10.
12/11/2025

Guardians meet for 6 to 6 program for grades 8,9 and 10.

24/01/2024
नेपाल नमूना माध्यमिक विद्यालयमा संचालित बालकक्षादेखि १० कक्षासम्मकाे दास्राे त्रैमासिक परीक्षा‌ र कक्षा ११।१२ काे प्रथम ...
28/12/2023

नेपाल नमूना माध्यमिक विद्यालयमा संचालित बालकक्षादेखि १० कक्षासम्मकाे दास्राे त्रैमासिक परीक्षा‌ र कक्षा ११।१२ काे प्रथम त्रैमासिक परीक्षाकाे नतिजाफल भाेलि मिति २०८०।०९।१३ गते शुक्रबार गरीने भएकाे हुँदा सम्पूर्ण शिक्षक विद्यार्थी अभिभावक एवं सराेकारवाला सम्पूर्णलाइ हार्दिक निमन्त्रणा गरिन्छ ।

रत्ननगर नगरपालिकाकाे आयाेजनामा मिति २०८०।०९।०६ देखि २०८०।०९।०८ सन्चालन भइरहेकाे राष्ट्रपति रनिंगशिल्ड प्रतियाेगितामा आज ...
22/12/2023

रत्ननगर नगरपालिकाकाे आयाेजनामा मिति २०८०।०९।०६ देखि २०८०।०९।०८ सन्चालन भइरहेकाे राष्ट्रपति रनिंगशिल्ड प्रतियाेगितामा आज मिति २०८०।०९।०६ गते भएकाे खेलमा नेपाल मा.वि. ले २ स्वर्ण र २ रजतपदक प्राप्त गर्न सफल भएको छ। सहभागी विद्यार्थी भाइबहिनीहरूलाइ बधाई तथा शुभकामना ।

नेपाल नमूना माध्यमिक विद्यालयमा अन्य विद्यालयबाट सरूवा भई आउनुहुने शिक्षकहरूलाई वि.व्य.स. अध्यक्ष राजेन्द्र प्रसाद घिमिर...
13/09/2023

नेपाल नमूना माध्यमिक विद्यालयमा अन्य विद्यालयबाट सरूवा भई आउनुहुने शिक्षकहरूलाई वि.व्य.स. अध्यक्ष राजेन्द्र प्रसाद घिमिरेकाे आतिथ्यतामा गरिएकाे स्वागत कार्यक्रम 🌹

06/09/2023

मिति २०८०।०५।२० गते कृष्णअष्टमीकाे अवसरमा सार्वजनिक विदा भएकाे साथै मिति २०८०।०५।२२ गते चेपाङ्ग समुदायकाे न्वागि पर्वकाे अवसरमा वागमति प्रदेश सरकारले चितवन मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक विदा दिएकाे हुँदा मिति २०८०।०५।२१ गते १ दिन वर्षे सट्टा विदाबाट कट्टा हुने गरी उक्त दिन विद्यालय विदा गरिएकाे छ । साथै २०८०।०५।२४ गते आइतबार पूर्ववत रूपमा विद्यालय सञ्चालन हुने व्यहाेरा समेत जानकारी गराइन्छ।

कक्षा १२ काे परीक्षा मिति सरेकाे हुँदा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
05/09/2023

कक्षा १२ काे परीक्षा मिति सरेकाे हुँदा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।

Address

Ratnanagar 02
Chitwan
44204

Opening Hours

Monday 06:00 - 16:00
Tuesday 06:00 - 16:00
Wednesday 06:00 - 16:00
Thursday 06:00 - 16:00
Friday 06:00 - 16:00
Sunday 09:00 - 17:00

Telephone

+97756560102

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Model Secondary School. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nepal Model Secondary School.:

Shortcuts

Share

Category