श्री मंगलामाइ माध्यमिक विद्यालय,त्रिपुरासुन्दरी-४ पिस्कर सिन्धुपाल्चोक

  • Home
  • Nepal
  • Chautara
  • श्री मंगलामाइ माध्यमिक विद्यालय,त्रिपुरासुन्दरी-४ पिस्कर सिन्धुपाल्चोक

श्री मंगलामाइ माध्यमिक  विद्यालय,त्रिपुरासुन्दरी-४ पिस्कर सिन्धुपाल्चोक Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री मंगलामाइ माध्यमिक विद्यालय,त्रिपुरासुन्दरी-४ पिस्कर सिन्धुपाल्चोक, Educational consultant, Sindhupalchok, Chautara.

एच•पि•भी खोप  अभियान  कक्षा ६ देखी ८ सम्मका विद्यार्थीहरु खोप लगाए पछि ,कक्षा ९/१० को पालो भोलि ।
05/02/2025

एच•पि•भी खोप अभियान कक्षा ६ देखी ८ सम्मका विद्यार्थीहरु खोप लगाए पछि ,कक्षा ९/१० को पालो भोलि ।

हार्दिक श्रद्धाञ्जली तथा समवेदना 🌼==========================यस मंगलामाइ माध्यमिक बिद्यालयको शिक्षक सृजना खड्काको ससुरा ब...
03/02/2025

हार्दिक श्रद्धाञ्जली तथा समवेदना 🌼
==========================
यस मंगलामाइ माध्यमिक बिद्यालयको शिक्षक सृजना खड्काको ससुरा बुबा तथा पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष (२०३२-२०४१)(२०४८-२०५१)तथा साबिक पिस्कर गाबिसको पुर्व अध्यक्ष क्षेत्रबहादुर बोहराको यही मिति २०८१ माघ १६गते ८३वर्षको उमेरमा भएको असामयिक दु:खद निधनले हामीलाई मर्माहत तुल्याएको छ । यस दु:खद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।

बिद्यालय परिवार
श्री मंगलामाइ माध्यमिक बिद्यालय
त्रिपुरासुन्दरी गाउँपालिका -४,सिन्धुपाल्चोक

रस बहादुर गुरुङ र रत्न कुमारी गुरुङ छात्रवृत्ति फाउन्डेसन २०७७ द्वारा विद्यालयको सम्पुर्ण  विद्यार्थीहरुलाइ न्यानो पोशाक...
03/02/2025

रस बहादुर गुरुङ र रत्न कुमारी गुरुङ छात्रवृत्ति फाउन्डेसन २०७७ द्वारा विद्यालयको सम्पुर्ण विद्यार्थीहरुलाइ न्यानो पोशाक स्विटर वितरण गर्नुभएकोमा दाता सोमबहादुर गुरुङ लगायत उहाँको परिवार प्रति हार्दिक धन्यवाद ।

आज वसन्त पञ्चमी,देवी सरस्वतीको विशेष          पूजा आराधनाको दिन !बिद्या, बुद्धि र विवेककी अधिष्ठात्री देवी शारदाको दिव्य...
03/02/2025

आज वसन्त पञ्चमी,देवी सरस्वतीको विशेष पूजा आराधनाको दिन !
बिद्या, बुद्धि र विवेककी अधिष्ठात्री देवी शारदाको दिव्य दृष्टि सदा रहिरहोस् !!! सत्कर्म प्रेरणा सदाबहार प्राप्ति होस् 🙏💐!!

या कुंदेंदु तुषारहार धवला, या शुभ्र वस्त्रावृता |
या वीणावर दण्डमंडितकरा, या श्वेतपद्मासना ||
या ब्रह्माच्युतशंकरप्रभ्रृतिभिर्देवै: सदा वन्दिता |
सा मां पातु सरस्वती भगवती नि:शेष्य जाड्यापहा |"

शुक्ल वर्ण ,सम्पूर्ण चराचर जगतमा व्याप्त भएकी,आदि शक्ति,ब्रह्मा जीले पनि बर्णन गर्नु भएको अन्धकार जगतलाई वाणीबाट उज्यालो तिर लैजाने सम्पूर्ण चिन्तनको सार, भय बाट मुक्त गराउने ,हिम्मत दिदै अज्ञानता र अन्धकार हटाउन सक्ने,हातमा वीणा,पुस्तक र स्फटिकको माला धारण गरेकी,पद्मासनमा विराजमान भएकी,बुद्धि दाता,सर्बोच्च ऐश्वर्यले सिङ्गारिएकी यस्ती भगवती माता श्री सरस्वती मातालाई मेरो लाखौ लाख प्रणाम ,!

"सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी"
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे
प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी
द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः
जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती "
(पुजाको केही झलकहरु)

त्रिपुरासुन्दरी गाउँपालिकाद्वारा आयोजना गरिएको पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा  जम्मा ३२ पदक ८ स्वर्ण,१२...
17/01/2025

त्रिपुरासुन्दरी गाउँपालिकाद्वारा आयोजना गरिएको पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा जम्मा ३२ पदक ८ स्वर्ण,१२ रजत र १२कास्य सहित हाम्रो मंगलामाइ माध्यमिक विद्यालयले तेस्रो स्थान हाँसिल गर्न सफल भएको थियो। यस सफलताको हकदार कुशल , लगनशील खेलाडी विद्यार्थी भाइबहिनीहरू मुख्य धन्यवादका पात्र हुनुहुन्छ, उहाँहरुलाइ हौसला स्वरुप नगदसहित सम्मान गर्दा को केही झलकहरु:-

२०८१ सालमा हुने  SEE परीक्षाको समयमा तालिका
14/01/2025

२०८१ सालमा हुने SEE परीक्षाको समयमा तालिका

त्रिपुरासुन्दरी गाउँपालिकाद्वारा आयोजना गरिएको पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा ८स्वर्ण,१२ रजत र १२कास्य ...
13/01/2025

त्रिपुरासुन्दरी गाउँपालिकाद्वारा आयोजना गरिएको पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा ८स्वर्ण,१२ रजत र १२कास्य गरी जम्मा ३२ वटा पदक सहित हाम्रो मंगलामाइ माध्यमिक विद्यालयले तेस्रो स्थान हाँसिल गर्न सफल भएको छ। यस सफलताको हकदार कुशल , लगनशील खेलाडी विद्यार्थी भाइबहिनीहरू मुख्य धन्यवादका पात्र हुनुहुन्छ। यसका साथै खेलाडीलाई खेल खेल्न प्रेरित गर्ने बि.ब्या स. अध्यक्ष लालबहादुर श्रेष्ठ ,वडा अध्यक्ष टेकबहादुर गुभाजु ,सम्पूर्ण शिक्षक, कर्मचारीहरू तथा सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक धन्यवाद तथा बधाई छ।

मिति २०८१ पौष २८ गतेबाट सञ्चालन भइरहेको त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १००×...
12/01/2025

मिति २०८१ पौष २८ गतेबाट सञ्चालन भइरहेको त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १००×४रिलेमा स्वर्ण पदक (पहिलो स्थान) जित्न सफल यस विद्यालयका रुपक भण्डारी ,साजन खत्री ,करुण पाण्डे र बिपिन खड्का लाई हार्दिक बधाई तथा धन्यवाद सहित उज्ज्वल भविष्यको शुभकामना।।।
विद्यालय परिवार ।

मिति २०८१ पौष २८ गतेबाट सञ्चालन भइरहेको त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय पाचौं  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा करा...
12/01/2025

मिति २०८१ पौष २८ गतेबाट सञ्चालन भइरहेको त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा करातेमा स्वर्ण पदक (पहिलो स्थान)/ सोभित थामी, रजत पदक( दोस्रो) बिराज थामी , रजत पदक ( दोस्रो )दिनेश राय रजत पदक (दोस्रो ) जित्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा धन्यवाद सहित उज्ज्वल भविष्यको शुभकामना।।।
विद्यालय परिवार ।

मिति २०८१ पौष २८ गतेबाट सञ्चालन भइरहेको त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्...
12/01/2025

मिति २०८१ पौष २८ गतेबाट सञ्चालन भइरहेको त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र ज्याभलिङ्ग थ्रो रजत पदक (दोस्रो स्थान) जित्न सफल यस विद्यालयको कक्षा १२ मा अध्ययनरत भाइ सन्जिव श्रेष्ठ लाई हार्दिक बधाई तथा धन्यवाद सहित उज्ज्वल भविष्यको शुभकामना।।।
विद्यालय परिवार ।

Address

Sindhupalchok
Chautara
SINDHUPALCHOK

Alerts

Be the first to know and let us send you an email when श्री मंगलामाइ माध्यमिक विद्यालय,त्रिपुरासुन्दरी-४ पिस्कर सिन्धुपाल्चोक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share