श्री गोल्मादेवी माध्यमिक विद्यालय, जितपुर

  • Home
  • Nepal
  • Chautara
  • श्री गोल्मादेवी माध्यमिक विद्यालय, जितपुर

श्री गोल्मादेवी माध्यमिक विद्यालय, जितपुर शिक्षा तथा शैक्षिक जानकारी र विद्यालयको शैक्षिक गतिविधिहरु

सार्वजनिक विदा सम्बन्धी सूचना !मिति २०८२ माघ ४ गते आइतबारका दिन सोनाम ल्होछारको अवसरमा नगरपालिकाद्वारा सार्वजनिक विदा दि...
17/01/2026

सार्वजनिक विदा सम्बन्धी सूचना !
मिति २०८२ माघ ४ गते आइतबारका दिन सोनाम ल्होछारको अवसरमा नगरपालिकाद्वारा सार्वजनिक विदा दिएको हुँदा यस विद्यालय पनि बिदा रहने जानकारी सबैमा सूचित गरिन्छ।

‘प्रविधिको सही प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्त...
28/11/2025

‘प्रविधिको सही प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत यस विद्यालयमा अध्ययनरत कक्षा ९ र १० विद्यार्थी, अभिभावक र शिक्षक तथा सरोकारवालाहरुका लागि एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
महत्त्वपुर्ण एवम् समय सान्दर्भिक कार्यक्रमको आयोजनाका लागि आदिवासी जनजाति महिला उत्थाजुन केन्द्र र सप्रोस नेपालप्रति विद्यालय परिवार कृतज्ञता प्रकट गर्दछौँ ।
साथै कार्यक्रममा उपस्थित वडा अध्यक्ष बिमल श्रेष्ठ ज्यू, एशोसियन बार सिन्धुपाल्चोक अध्यक्ष भुपेन्द्र थिङज्यू, प्रहरी निरीक्षक रुपेश शाह ज्यू, वडा सदस्य सिर्जना तामाङ ज्यु, वि.व्य.स र शि.अ.संघ लगायत उपस्थित अभिभावक ज्यूहरु सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछौँ ।

मा.वि राहत विज्ञान शिक्षक आवश्यकता रहेकाले योग्यता पुगेका नेपाली नागरिकलाई दरखास्त आह्वान गरिएको छ । यो सुनौलो अवसर किन ...
20/11/2025

मा.वि राहत विज्ञान शिक्षक आवश्यकता रहेकाले योग्यता पुगेका नेपाली नागरिकलाई दरखास्त आह्वान गरिएको छ ।
यो सुनौलो अवसर किन गमाउनुहुन्छ ? 🙂

SEE 2081 को परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रम कार्यक्रममा पूर्व वडा अध्यक्ष विष्णु लामा ज्यू...
07/07/2025

SEE 2081 को परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रम कार्यक्रममा पूर्व वडा अध्यक्ष विष्णु लामा ज्यू, वडा सदस्य सिर्जना तामाङ ज्यू, वि.व्य.स अध्यक्ष रेशम तामाङ ज्यू, र शि.अ.संघका अध्यक्ष अशोक तामाङ ज्यूको समुपस्थितिमा सम्पन्न गरियो । यस कार्यक्रममा विषयगत शिक्षकहरुलाई स्तरीकृत नतिजा ल्याउन सफल शिक्षकहरुलाई पनि प्रोत्साहन गर्दै सम्मान गरियो ।

SEE परीक्षामा सफल सबैमा हार्दिक बधाई । विद्यार्थी भाइबहिनीको  अथाह मिहिनेत, शिक्षकहरु लगानशीलता, वडा कार्यालयको लगानी, व...
28/06/2025

SEE परीक्षामा सफल सबैमा हार्दिक बधाई । विद्यार्थी भाइबहिनीको अथाह मिहिनेत, शिक्षकहरु लगानशीलता, वडा कार्यालयको लगानी, विद्यालय प्रशासन र वि.व्य.सको व्यवस्थापन अनि अभिभावको निगरानी कै कारण आज हामी यो नतिजा प्राप्त गर्न सफल भएका छौँ । अहोरात्र खट्नुहुने शिक्षक ज्यूहरु, वडा अध्यक्ष बिमल श्रेष्ठ ज्यू र वडा कार्यालयका टिम, वि.व्य.स. , अभिभावक र प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सल्लाह सुझाव दिनुहुने सर‍कारवालाहरु सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।
विद्यालय प्रशासन

आजको गतिविधिहरु १. आज २०८२ साल जेठ २५ गते यस विद्यालयमा पाल्नु भएका अतिथिहरु  वडा नं. ९  का वडा अध्यक्ष विमल श्रेष्ठ ज्य...
08/06/2025

आजको गतिविधिहरु
१. आज २०८२ साल जेठ २५ गते यस विद्यालयमा पाल्नु भएका अतिथिहरु वडा नं. ९ का वडा अध्यक्ष विमल श्रेष्ठ ज्यू, वडा सचिव कृष्ण शाह सर, वडा सदस्य सिर्जना तामाङ ज्यू र फष्ट स्टेप नेपालका म्यानेजर रञ्जना गिरी ज्यू लगायतका टिमलाई स्वागत ।
२. फष्ट स्टेप नेपालमा म्यानेजर रञ्जना म्याम लगायतका टिमबाट कक्षा अवलोकन ।
३. शुक्रबार सम्पन्न यस विद्यालयमा गठित गोल्मादेवी बाल क्लबका पदाधिकारीहरुलाई वडा अध्यक्ष बिमल श्रेष्ठ ज्यू लगायत वडा सचिव र वडा सदस्य ज्यूबाट बधाई तथा शुभकामना व्यक्त ।
४. वडा कार्यालयको आयोजना र फष्ट स्टेप नेपालको सहकार्यमा महिलाहरुका लागि महिनावारी स्वच्छता व्यवस्थापन तथा वातावरण संरक्षण सम्बन्धि ३ दिने कार्यक्रम अन्तर्गत आज अन्तिम दिन यस विद्यालयको सभा हलमा भव्यताका साथ सम्पन्न ।

Address

Jitpur
Chautara

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 14:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when श्री गोल्मादेवी माध्यमिक विद्यालय, जितपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share