21/08/2026
❤️ हार्दिक धन्यवाद तथा आभार! ❤️
गौरीशङ्कर बहुमुखी क्याम्पस, चरिकोट–दोलखामा सम्पन्न नवआगन्तुक कक्षा ११ स्वागत तथा रक्त समूह परीक्षण कार्यक्रम–२०८३ लाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा विद्यार्थी गुणस्तर सर्कल हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।
🙏 कार्यक्रमको सफलताका लागि मार्गदर्शन तथा सहयोग गर्नुहुने क्याम्पस प्रशासन, प्राध्यापक तथा कर्मचारीज्यूहरू, स्वतन्त्र विद्यार्थी युनियन, कक्षा १२ का सम्पूर्ण विद्यार्थी साथीहरू, स्वास्थ्यकर्मीहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा विशेष धन्यवाद।
🎓 साथै, कार्यक्रममा उत्साहपूर्वक सहभागी भई आफ्नो नयाँ शैक्षिक यात्राको सुरुवात गर्नुभएका कक्षा ११ का सम्पूर्ण नवआगन्तुक विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक स्वागत तथा उज्ज्वल भविष्यको शुभकामना!
रक्त समूह परीक्षणसँगै सुरु भएको यो नयाँ सम्बन्ध, सहकार्य र आत्मीयता आगामी दिनहरूमा अझ बलियो बन्दै जाओस्।
तपाईंहरूको साथ र सहयोगप्रति पुनः हार्दिक धन्यवाद! ❤️
विरसम श्रेष्ठ,
संयाेजक,
विद्यार्थी गुणस्तर सर्कल
गौरीशङ्कर बहुमुखी क्याम्पस, चरिकोट–दोलखा