Aksah Computer Institute

Aksah Computer Institute

Share

Local Business

11/03/2020

लोक सेवा आयोग
खरिदार वा सो सरहका पदको विज्ञापन खुलेको छ। समयमा नै फर्म भरिहालौं। अन्तिम मिति २०७६–१२–१८ गते।

05/03/2020

नेपाल विद्युत प्राधिकरणको विभिन्न पदमा Vacancy खुलेको छ है । फर्म भरिहालौं ।

05/03/2020

स्थानीय तह शिक्षक स्वयंसेवकको फर्म भर्न नछुटाउनुहोला । अन्तिम मिति २५ गते फागुन ।

25/08/2019

अध्यापन अनुमति पत्रको परीक्षा तथा प्रवेश पत्रको Preview सम्बन्धी जरुरी सूचना........

अध्यापन अनुमति पत्रको विज्ञापन बमोजिम दरखास्त फाराम भर्ने उम्मेदवारहरुको प्रवेश पत्र (हाल Print नहुने) मा विज्ञापन नम्बर, तह, विषय (रोल नम्बर बाहेक) समेत Preview को लागि राखिएको छ । आयोगको वेबसाइट www.tsc.gov.np खोली प्रवेश पत्रको Preview गर्न सकिनेछ । उक्त प्रवेश पत्रको Preview मा देखिने आफ्नो विवरण फरक परेमा बैंक भौचर र आवश्यक कागजातहरु (पासपोर्ट फोटो र दस्तखत अनिवार्य jpg फर्मेटमा) संलग्न गरी ३ (तीन) दिनभित्र आयोगको इमेल [email protected] मा लेखी पठाउनु हुन अनुरोध छ ।
प्रवेश पत्र Preview हेर्ने, विवरण संशोधनको लागि निवेदन पेश गर्ने र प्रवेश पत्र Print गर्ने समय तालिका

प्रदेश नम्बर ३ का लागि- मिति २०७६-०५-१० देखि २०७६-०५-१२ सम्म Preview हेर्ने र विवरण संशोधन गर्ने समय
मिति २०७६-०५-२४ देखि २०७६-०५-२६ सम्म प्रवेश पत्र Print गर्ने समय

1. Online Application मा गई 'प्रवेशपत्र' लेखिएको बटनमा Click गरेर आफ्नो भौचरमा रहेको एप्लिकेशन आइ.डी. र मोबाइल नं. Entry गरी Preview गर्न सकिनेछ । तर बैंकमा राजश्व रकम नबुझाउने उम्मेदवारहरुको विवरण Preview मा उपलब्ध हुने छैन ।
2. अनलाइन फाराम भरी Email बाट Confirmation प्राप्त गर्न नसकेका अधिकांश उम्मेदवारहरुको विवरण संशोधन गर्ने र बैंक कारोबार सङ्केत नम्बर Submit गर्ने कार्य सकिएको छ । कतिपय उम्मेदवारहरुको विवरण खाली देखिएको हुँदा पूरा विवरण समावेश गरेपछि मात्र आफ्नो प्रवेश पत्रको Preview गर्न सकिनेछ । (साथै यस आयोगमा निवेदन र भौचर पठाउने उम्मेदवारहरुको User Name यथावत राखिएको र पासवर्ड परिवर्तन गरी फाराम भर्दा उल्लेख गरेको मोबाइल नम्बरलाई कायम गरिएको छ)
3. फाराम भर्दाका बखत एउटा User को फारम भरेर Logout नगरे सम्म अर्को User को फारम नभर्नु पर्नेमा सो नभएका कारण केही उम्मेदवारको फाराममा अर्को व्यक्तिको विवरण परेको हुनसक्छ । प्राविधिक त्रुटीवश यसरी अंग्रेजीमा नाम एकजनाको र बाँकी विवरण अर्काको परेको हुनसक्छ । यस्तो भएमा Application ID का आधारमा बाँकी विवरण सच्याउन वैक भौचर र सम्पूर्ण विवरण सहित इमेल गर्नु पर्नेछ।
4. यससम्बन्धी विस्तृत सूचना आयोगको वेबसाइटमा समेत राखिएको छ।

नाेट: Application ID चाहिँ बैंक भौैचरमा हुन्छ ।

13/08/2019

शिक्षक सेवा आयोग..............

अध्यापन अनुमति पत्रको परिक्षा सम्बन्धी केही विशेष जानकारीहरु

१. वस्तुगत प्रश्नको की (Key) वा प्रश्न सेट र उत्तरमा सङ्केत गर्ने तरिका : वस्तुगत खण्डको उत्तर Optical Mark Reader (OMR) मेसिनद्वारा परीक्षण गरिनेछ । त्यसैले वस्तुगत उत्तरपानालाई मोड्न वा कुच्याउनु हुँदैन। कुच्चिएको पानाको उत्तर मेसिनले पढ्न सक्दैन। परीक्षार्थीले वस्तुगत प्रश्नमा उल्लेख गरेको प्रश्नको की वा सेट (क, ख, ग, वा घ मध्ये कुनै एक) आफ्नो वस्तुगत उत्तरपानामा अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ । जस्तै, तपाँईको प्रश्नको की (ख) भए वस्तुगत उत्तरपानामा देहाय अनुसार गोलाकार सङ्केतमा मसी भरी चिन्ह लगाउनु पर्नेछ।
क.O ख.⚫️ ग.O घ.O
वस्तुगत प्रश्नको उत्तर सङ्केत गर्दा समेत त्यसैगरी A, B, C वा D जनाउने कुनै एक गोलाकार भित्र मसी भर्नु पर्नेछ।
२. मसीको प्रयोग : परीक्षामा अनिवार्य रुपमा कालो मसी मात्र प्रयोग गर्नु पर्नेछ ।
३. गलत उत्तर वापत अङ्क कट्टा हुने : वस्तुगत प्रश्नको उत्तर गलत भएमा प्रत्येक गलत उत्तरको लागि २० प्रतिशत अङ्क कट्टा गरिनेछ ।
४. परीक्षाको विवरण : परीक्षा अवधी ३ घण्टाको हुुनेछ। वस्तुगत प्रश्नको समय ४० मिनटको हुने र सो अवधिभित्र वस्तुगत प्रश्न हल गरी अनिवार्य रुपमा फिर्ता गर्नु पर्नेछ तर ४० मिनट अगावै वस्तुगत प्रश्न हल गरी बुझाएमा विषयगत प्रश्न वितरण गरिनेछ । विषयगत तर्फ आफ्नो विषयको शिक्षण कला सम्बन्धी प्रश्न (खण्ड क) र सामान्य पेशागत ज्ञान सम्बन्धी प्रश्न (खण्ड ख) को उत्तर अलगअलग उत्तरपुस्तिकामा लख्नु पर्नेछ ।

कृपया अरुको जानकारीको लागि सेयर गरीदिनुहोला ।

11/08/2019

शिक्षक सेवा आयोग........
अध्यापन अनुमति पत्रको परिक्षा मिति कायम गरिएको सुचना

तह: प्राथमिक
परिक्षा मिति: २०७६/०६/०९, बिहान ८.०० बजे
तह: माध्यमिक
परिक्षा मिति: २०७६/०६/१०, बिहान ८.०० बजे
तह: निम्नमाध्यमिक
परिक्षा मिति: २०७६/०६/११, बिहान ८.०० बजे

अध्यापन अनुमति पत्रको परिक्षाका लागि प्रवेश पत्र आँफै प्रिन्ट गर्न सकिनेछ। सो प्रवेश पत्र प्रिन्ट गर्नका लागि २०७६ भदौ १५ गतेपछि सुचना प्रकाशित गरिनेछ । परिक्षा सञ्चालन हुने जिल्ला र केन्द्रहरु उक्त सुचनामा प्रकाशित गरिनेछ ।

कृपया सेयर गरी सबैलाई जानकारी गराइदिनुहोला ।

30/07/2019

Vacancy ......................for a Computer Teacher.
A devoted, energetic, experienced, having good knowledge in all computer applications and hardware, computer teacher required immediately.
Salary: 20,000-25,000 or negotiable.

Contact to:
Aksah(अक्सा) Computer Institute.
Charikot, Dolakha
049-421228, 9844406830

10/04/2019

एस.इ.इ. पछि ............... ??
समय अमूल्य छ । खेर गई रहेका एक एक पलहरुले जीवनमा ठूलो मूल्य राख्दछ । बरालिएका क्षणहरु फेरी संगाल्न सकिन्न । दुई मिनटको अर्थपूर्ण सिकाइले जीवनमा कायापलट ल्याउन सक्दछ । समयमा गरिएका सानातिना सकरात्मक निर्णय तथा लगानीहरु नै एक उज्वल भविष्यका आधार बन्न सक्दछ । सीप, शिक्षा र लगनशीलता नै सफलताका बलिया पक्षहरु हुन् । जसमा कम्प्यूटर शिक्षा महत्वपूर्ण हो ।
तपाँईका लागि हामी एउटा उचित विकल्प हुन सक्छौं । आउनुहोस्, आजै देखी शु्रु गरौं । साथमा एस.इ.इ दिएर फुर्सदिला बनेका विद्यार्थीहरुलाई निश्चित अवधीसम्मका लागि भारी मात्रामा छुटको व्यवस्था पनि गरिएको छ ।

अक्सा कम्प्यूटर इन्स्टिच्यूट
चरिकोट, दोलखा

08/04/2019

AN OPPORTUNITY for all SEE candidates………….
Heavy Discount in all computer courses.

Want your school to be the top-listed School/college in Charikot?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Charikot
45500