Shree saraswati secondary school chainpur Hititol

Shree saraswati secondary school chainpur Hititol Quality education is our motto

01/05/2025

विद्यालय संचालन हुने सम्वन्धि सूचना !
सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक महानुभावहरूमा यो सुचना सुचित गरिन्छ कि लामो समयदेखिको शिक्षक आन्दोलन हिजो मिति २०८२ बैशाख १७ गते बुधबार देखि अन्त्य भई विद्यालय पुनः नियमित सञ्चालनमा आउने भएकोले २०८२ वैशाख १९ गते, शुक्रबार देखि सरस्वती माध्यमिक विद्यालय हिटिटोल नियमित रूपमा सञ्चालन हुने जानकारी गराइन्छ।

अवसर...
10/12/2024

अवसर...

जागिरको अवसर
02/09/2024

जागिरको अवसर

जागिर खुल्यो है ...
16/08/2024

जागिर खुल्यो है ...

05/08/2024

पाठ्यपुस्तकहरू तलका लिङ्कबाट Download गर्नुहोला।
कक्षा १
1. कक्षा १ नेपाली
https://moecdc.gov.np/storage/gallery/1704094300.pdf
2. कक्षा १ अंग्रेजी
https://moecdc.gov.np/storage/gallery/1672307877.pdf
3. कक्षा १ गणित नेपाली version
https://moecdc.gov.np/storage/gallery/1672308310.pdf
4. कक्षा १ गणित English version
https://moecdc.gov.np/storage/gallery/1708925298.pdf
5. कक्षा १ सेरोफेरो
https://moecdc.gov.np/storage/gallery/1672308652.pdf
कक्षा २
1. कक्षा २ नेपाली
https://moecdc.gov.np/storage/gallery/1672633608.pdf
2. कक्षा २ English
https://moecdc.gov.np/storage/gallery/1672556083.pdf
3. कक्षा २ Maths नेपाली Version
https://moecdc.gov.np/storage/gallery/1672567946.pdf
4. कक्षा २ Maths English Version
https://moecdc.gov.np/storage/gallery/1708852295.pdf
5. कक्षा २ सेरोफेरो
https://moecdc.gov.np/storage/gallery/1682058190.pdf
कक्षा ३
1. कक्षा ३ नेपाली
https://moecdc.gov.np/storage/gallery/1672633680.pdf
2. कक्षा ३ English
https://moecdc.gov.np/storage/gallery/1672633746.pdf
3. कक्षा ३ Maths नेपाली Version
https://moecdc.gov.np/storage/gallery/1672633791.pdf
4. कक्षा ३ Maths English Version
https://moecdc.gov.np/storage/gallery/1708924606.pdf
5. कक्षा ३ सेरोफेरो
https://moecdc.gov.np/storage/gallery/1672633882.pdf
कक्षा ४
1. कक्षा ४ नेपाली
https://moecdc.gov.np/storage/gallery/1681727544.pdf
2. कक्षा ४ English
https://moecdc.gov.np/storage/gallery/1681728172.pdf
3. कक्षा ४ गणित Nepali version
https://moecdc.gov.np/storage/gallery/1681727585.pdf
4. कक्षा ४ गणित English Version
https://moecdc.gov.np/storage/gallery/1708926663.pdf
5. कक्षा ४ सामाजिक
https://moecdc.gov.np/storage/gallery/1681727636.pdf
6. कक्षा ४ विज्ञान Nepali version
https://moecdc.gov.np/storage/gallery/1681728702.pdf
7. कक्षा ४ विज्ञान English Version
https://moecdc.gov.np/storage/gallery/1704704471.pdf
8. कक्षा ४ स्वास्थ्य Nepali Version
https://moecdc.gov.np/storage/gallery/1681792950.pdf
9. कक्षा ४ स्वास्थ्य English Version
https://moecdc.gov.np/storage/gallery/1704704216.pdf
कक्षा ५
1. कक्षा ५ नेपाली
https://moecdc.gov.np/storage/gallery/1681211870.pdf
2. कक्षा ५ English
https://moecdc.gov.np/storage/gallery/1681367111.pdf
3. कक्षा ५ गणित Nepali Version
https://moecdc.gov.np/storage/gallery/1681211690.pdf
4. कक्षा ५ गणित English Version
https://moecdc.gov.np/storage/gallery/1709109482.pdf
5. कक्षा ५ विज्ञान Nepali Version
https://moecdc.gov.np/storage/gallery/1681212072.pdf
6. कक्षा ५ विज्ञान English Version
https://moecdc.gov.np/storage/gallery/1709112362.pdf
7. कक्षा ५ सामाजिक
https://moecdc.gov.np/storage/gallery/1681212176.pdf
8. कक्षा ५ स्वास्थ्य Nepali Version
https://moecdc.gov.np/storage/gallery/1682061955.pdf
कक्षा ६
1. कक्षा ६ नेपाली
https://moecdc.gov.np/storage/gallery/1672799748.pdf
2. कक्षा ६ English
https://moecdc.gov.np/storage/gallery/1672799804.pdf
3. कक्षा ६ गणित Nepali Version
https://moecdc.gov.np/storage/gallery/1672799879.pdf
4. कक्षा ६ गणित English Version
https://moecdc.gov.np/storage/gallery/1708925838.pdf
5. कक्षा ६ विज्ञान Nepali Version
https://moecdc.gov.np/storage/gallery/1672799965.pdf
6. कक्षा ६ विज्ञान English Version
https://moecdc.gov.np/storage/gallery/1709542968.pdf
7. कक्षा ६ सामाजिक
https://moecdc.gov.np/storage/gallery/1672800056.pdf
8. कक्षा ६ Health and Physical(Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1710760807.pdf
9. कक्षा ६ Health and Physical(English Version)
https://moecdc.gov.np/storage/gallery/1709191880.pdf
कक्षा ७
1. कक्षा ७ नेपाली
https://moecdc.gov.np/storage/gallery/1672800491.pdf
2. कक्षा ७ English
https://moecdc.gov.np/storage/gallery/1672800534.pdf
3. कक्षा ७ Maths(Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1672800575.pdf
4. कक्षा ७ Maths(English Version)
https://moecdc.gov.np/storage/gallery/1709112299.pdf
5. कक्षा ७ विज्ञान (Nepali version)
https://moecdc.gov.np/storage/gallery/1674294172.pdf
6. कक्षा ७ विज्ञान (English version)
https://moecdc.gov.np/storage/gallery/1709186060.pdf
7. कक्षा ७ सामाजिक
https://moecdc.gov.np/storage/gallery/1672800794.pdf
8. कक्षा ७ Health and Physical (Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1672800992.pdf
9. कक्षा ७ Health and Physical (English Version)
https://moecdc.gov.np/storage/gallery/1708934002.pdf
कक्षा ८
1. कक्षा ८ नेपाली
https://moecdc.gov.np/storage/gallery/1682234494.pdf
2. कक्षा ८ English
https://moecdc.gov.np/storage/gallery/1689238602.pdf
3. कक्षा ८ Maths( Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1684297112.pdf
4. कक्षा ८ Maths( English Version)
https://moecdc.gov.np/storage/gallery/1692693895.pdf
5. कक्षा ८ Science(Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1684481476.pdf
https://moecdc.gov.np/storage/gallery/1684483448.pdf
6. कक्षा ८ Science(English Version)
https://moecdc.gov.np/storage/gallery/1687157819.pdf
https://moecdc.gov.np/storage/gallery/1687159908.pdf
7. कक्षा ८ सामाजिक
https://moecdc.gov.np/storage/gallery/1682060895.pdf
8. कक्षा ८ Health and Physical (Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1708859361.pdf
9. कक्षा ८ Health and Physical (English Version)
https://moecdc.gov.np/storage/gallery/1687151177.pdf
कक्षा ९
1. कक्षा ९ नेपाली
https://moecdc.gov.np/storage/gallery/1672903464.pdf
2. कक्षा ९ English
https://moecdc.gov.np/storage/gallery/1688289325.pdf
3. कक्षा ९ Maths(Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1672910414.pdf
4. कक्षा ९ Maths ( English Version)
https://moecdc.gov.np/storage/gallery/1708861009.pdf
5. कक्षा ९ Science(Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1672910467.pdf
6. कक्षा ९ Science (English Version)
https://moecdc.gov.np/storage/gallery/1709189449.pdf
7. कक्षा ९ सामाजिक
https://moecdc.gov.np/storage/gallery/1672910576.pdf
कक्षा १०
1. कक्षा १० नेपाली
https://moecdc.gov.np/storage/gallery/1681370216.pdf
2. कक्षा १० English
https://moecdc.gov.np/storage/gallery/1681716079.pdf
3. कक्षा १० Maths (Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1681715186.pdf
4. कक्षा १० Maths (English Version)
https://moecdc.gov.np/storage/gallery/1687066510.pdf
5. कक्षा १० Science(Nepali Version)
https://moecdc.gov.np/storage/gallery/1682668847.pdf
https://moecdc.gov.np/storage/gallery/1682668904.pdf
6. कक्षा १० Science(English Version)
https://moecdc.gov.np/storage/gallery/1692097269.pdf
https://moecdc.gov.np/storage/gallery/1687942336.pdf
https://moecdc.gov.np/storage/gallery/1688286170.pdf
7. कक्षा १० सामाजिक
https://moecdc.gov.np/storage/gallery/1710845068.pdf

हाम्रा नेपाली लाेकबाजाहरु
13/06/2024

हाम्रा नेपाली लाेकबाजाहरु

शैक्षिक सत्र २०८० को वाल कक्षा देखि ९ कक्षा सम्मको नतिजा
09/04/2024

शैक्षिक सत्र २०८० को वाल कक्षा देखि ९ कक्षा सम्मको नतिजा

शैक्षिक सत्र २०८० को चैनपुर नगरपालिकाद्वारा प्रकाशित आधारभूत तह कक्षा ८ को यस श्री सरस्वती माध्यमिक विद्यालय हिटीटोलको न...
07/04/2024

शैक्षिक सत्र २०८० को चैनपुर नगरपालिकाद्वारा प्रकाशित आधारभूत तह कक्षा ८ को यस श्री सरस्वती माध्यमिक विद्यालय हिटीटोलको नतिजा

24/03/2024

परीक्षा यसरी राम्रो गर्न सकिन्छ⬇️

नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय कालिका मानव ज्ञान मावि बुटवलका सफल प्रधानाध्यापक घनश्याम पाठकको SEE परीक्षार्थी,शिक्षक र अभिभावकलाई ज्यादै उपयोगी र काम लाग्ने टिप्स :-

SEE परीक्षालाई विद्यार्थी र अभिभावकले गाह्रो र कठीन ठान्ने अनि मनोवैज्ञानिक भयमा रहने गरेका छन् । तर त्यस्तो विल्कूल होइन, एसईई परीक्षालाई पनि अन्य परीक्षा जस्तै सहज रुपमा लिएर पूर्ण आत्मविश्वासका साथ उत्तर लेखेमा राम्रो नतिजा ल्याउन सकिन्छ । अनावश्यक तनाव लिने कारण धेरै परीक्षार्थीले जानेका कुरा पनि बिर्सने र राम्ररी लेख्न नसकेर नतिजा बिगार्ने गर्छन् । यसकारण निम्न कुराहरुलाई परीक्षार्थीहरु र अभिभावकहरुले समेत ध्यान दिई व्यवहारमा कार्यान्वयन गरेमा परीक्षामा सफलता प्राप्त गर्न सक्दछन् । एसईई परीक्षामा कसरी राम्रो गर्ने भन्ने सम्बन्धमा विद्यार्थी र अभिभावकलाई उपयोगी र सहयोगी हुन सक्ने केही टिप्सहरु यस्ता छन् ।

१. अघिल्लो दिनको तयारी

– घरमा अभिभावकहरुले रमाईलो वातावरणको सिर्जना गर्नका लागि सहयोग गरिदिने । कुनै प्रकारको तनाब उत्पन्न हुने खालका कृयाकलापहरु घरमा हुन नदिनका लागि पहल गर्ने ।
– सकेसम्म परीक्षाको समयमा अभिभावकहरु आफ्ना बालबालिकाहरुसँगै बस्ने । परीक्षा केन्द्रसम्म आफैले पु¥याइदिने र उत्साह भर्ने काम गर्ने ।
– भोलि परीक्षा छ, पढ पढ .. भनेर छोराछोरीहरुलाई दवाव नदिने । स्वतन्त्र रुपमा छाडिदिने । सल्लाह मात्र दिने र निगरानीमात्र राख्ने ।
–परीक्षाको अघिल्लो दिन शरीरलाई अपच हुने किसिमले खाना नखाने । पानी प्रशस्त पिउने ।
– परीक्षाका लागि आवश्यक पर्ने सामग्रीहरु जस्तै कलम, जियोमेट्री बक्स, क्याल्कुलेटर र प्रवेशपत्र एकैस्थानमा ठिक्क पारेर राख्ने ।
– राती अबेरसम्म नबस्ने, सुत्नुअघि एक गिलास मनतातो पानी पिएर सुत्ने बरु विहान सबेरै उठेर आफ्नो तयारीका साथै पुनरावलोकन गर्ने ।
– परीक्षा केन्द्रमा पुगेर वा परीक्षाको दिन नयाँ कलम किन्नु हुँदैन । आफूले लेखिरहेको कलम कम्तिमा ३ वटा जति ठिक्क पारेर राख्नुपर्छ ताकि कलमको कारणले परीक्षामा धोका नहोस् । )

२ . परिक्षाको दिन

विहान आफूले आस्था राखेको भगवानको आराधना गर्ने वा प्रार्थना गर्ने यसले आपूmप्रति आत्मविश्वास जगाउन मद्दत गर्दछ ।
–विहान हल्का नास्ता खानुपर्छ भोकै परीक्षा दिन जानु हुँदैन ।
–विद्यालय पोशाक वा हल्का रङका पोशाकहरु लगाउनु पर्छ । आफूलाई सहज हुने पोशाक लगाउने ।
– परीक्षाका लागि प्रवेशपत्र लगायत अघिल्लो दिन नै तयारी गरेका सामग्रीहरु लैजान कुनै हालतमा पनि नबिर्सने ।
– सकभर सम्भव भएसम्म आफ्ना घरपरिवारका सदस्यहरुसँग नै परीक्षा केन्द्रमाड्ड जानु पर्दछ । नभए आफ्नो मन मिल्ने साथीहरुसँगै रमाईलो कुराकानी गर्दै परीक्षा केन्द्रमा जानुपर्छ । यसरी गरिने कुराकानीहरुमा केही रुपमा विषयवस्तुहरु पनि समेटिउन् ।
– पहिलो दिनमा ४५ मिनेट अगाडी र अरु दिनमा आधा घण्टा अघि परीक्षा केन्द्रमा पुग्ने गरी पूर्ण तयारीका साथ घरवाट निस्कनु पर्दछ ।

३. परीक्षा केन्द्र जाँदा

– आफूले परीक्षाको लागि आवश्यक पर्ने सामग्रीहरु वाटोमा सुरक्षित साथ लैजानका लागि ध्यान दिनुपर्दछ ।
– मनमा कुनै पनि डर र त्रासको भावना पैदा हुने कुराहरु कत्तिपनि सोच्नु हुँदैन । सबै मैले पढेका विषयहरु त हुन् जानेकै र पढेकै पाठहरुवाट नै प्रश्नहरु आउने हुन् भन्ने कुरा मनमा सोच्नुपर्दछ ।

४. परीक्षा केन्द्रमा पुगेपछि

– गेटमा पुगेर सुरक्षाकर्मी वा कसैलाई प्रवेश पत्र देखाएर भित्र पस्नुपर्ने हुन्छ । त्यसैले त्यसको पूर्व तयारीका साथ गेटमा पुग्ने ।
– परीक्षाकेन्द्रमा पुगेर कुनै पनि कुरा पढ्ने घोक्ने वा रट्ने गर्नु हुँदैन र साथीहरुसँग धेरै कुराकानी नगरीकन आफूले जांच दिने कोठा खोज्नतर्फ लाग्नुपर्छ ।
– आफ्नो कोठा पत्ता लागिसकेपछि १५ मिनेट अगावै परीक्षा हलमा पसेर आफ्नो सिम्बोल नम्बर भएको स्थानमा बस्नुपर्दछ ।

५. परीक्षा हलमा

– परीक्षा हलमा परीक्षार्थीले विताउने तीन घण्टाको समय निकै महत्वपूर्ण हुन्छ । यस समयको सही सदुपयोग र केही सामान्य कुराको हेक्का राख्न सकिएमा परीक्षामा सोधिएका प्रश्नहरुको समाधान सहज रुपमा दिन सकिन्छ । कतिपय विद्यार्थीहरुलाई यस कुराको सही ज्ञान नहुँदा परीक्षा सकिएपछि पछुताउनु वाहेक अरु केही हुँदैन ।

क) उत्तरपुस्तिका पाएपछि

– सर्वप्रथम उत्तर पुस्तिकाको अवस्था हेर्ने यदि कतै च्यातिएको छ वा कतै खुम्च्एिको उत्तर पुस्तिका छ भने तुरुन्त निरीक्षकलाई भनेर कपी साट्नु पर्दछ ।
– उत्तर पुस्तिकामा आफ्नो नाम नलेखी सिम्बोल नम्बर अंक र अक्षर दुबैमा स्पष्टसँग केरमेट नगरीकन लेख्नुपर्दछ
– सिम्बोल नम्बरलाई पुनः प्रबेशपत्र अनुसार जाँच गरि मिले नमिलेको एकिन गर्नु पर्दछ । अन्य विवरणहरुमा परीक्षाको मिति, विषय, पत्र, स्क्रिप्ट (भाषा), राम्ररी नआत्तिईकन लेख्नुपर्दछ ।
– मार्जिन मिलाउने अनि संभव भएसम्म दायाँ, बायाँ धर्का तान्ने गर्नुपर्दछ । (कपीमा नै पहिल्यै धर्का भएमा तान्नु आवश्यक छैन ।)
– आफ्ना सबै सामग्रीहरुको पूर्ण रुपमा तयारी गरी राख्नुपर्दछ ।
– यी सबै काम सकेपछि धैर्य भएर प्रश्नपत्रको प्रतिक्षा गरी बस्नुपर्छ ।

ख) प्रश्नपत्र पाएपछि

– प्रश्नपत्र पाएपछि प्रश्नहरु पुरा भए वा नभएको, नछापिएको, काटिएको, मधुरो भएको अवस्थामा निरीक्षकलाई तुरुन्त जानकारी गराई अर्को प्रश्नपत्र लिनु पर्दछ । सवै प्रश्नहरुलाइ सर्सती एकपटक हेर्नु पर्दछ । यसरी पहिल्यै हेरिएमा ढुक्क हुन सकिन्छ र मस्तिष्कमा उत्तरको खाका पनि तयार हुँदै जान्छ ।

ग) प्रश्नहरु समाधान गर्ने क्रममा

– प्रश्न समाधान गर्नुपूर्व प्रत्येक प्रश्नहरुको प्रश्न नम्बर अनिवार्य रुपमा लेख्नु पर्दछ । प्रश्न नसारीकन उत्तर लेख्नुपर्दछ ।
जस्तै ः प्रश्न नम्बर १ को उत्तर
– विशेष गरी व्याकरणमा खाली ठाउँ भर्ने, सही उत्तर छानेर भर्ने जस्ता प्रकृतिका प्रश्नहरुमा भने प्रश्न लेख्ने गर्नु पर्दछ । प्रश्नमा दिइएको निर्देशन राम्ररी अध्ययन गरी उत्तर लेख्नु पर्दछ ।
– संभव भएसम्म क्रमानुसार नै प्रश्नहरुको समाधान गर्नु राम्रो हुन्छ । कुनै प्रश्नको उत्तर नआएमा त्यसलाई छोडेर अर्को प्रश्नको उत्तर लेख्नुपर्छ । त्यही प्रश्नमा नै अल्झिएर समय खेर फाल्नु हुँदैन ।
– फरक छुट्टयाई लेख्नुपर्ने, पत्र लेख्नुपर्ने, चित्र बनाउनुपर्ने जस्ता प्रश्नको समाधान सकेसम्म एउटै पेजमा अट्नेगरी लेख्नुपर्दछ । कुनै पेजमा उत्तर लेखेर थोरै मात्र ठाउँ छ भने अर्को पेजमा लेख्नुपर्दछ ।
– प्रत्येक प्रश्नको उत्तर लेखिसकेपछि दुई लाईन जति छाडेर अर्को प्रश्नको उत्तर लेख्नुपर्दछ । यसो गर्दा कपी सफा र आकर्षक देखिन्छ ।
– कलममा मसीको प्रयोगका हकमा भने सकभर नीलो मसी प्रयोग गर्दा धेरै राम्रो हुन्छ । चित्र सिसा कलमले बनाउनु पर्दछ । कलमको मसी वा कलम नै परिवर्तन गर्नुपर्ने अवस्था आएमा निरीक्षकलाई जानकारी गराएर हस्ताक्षर गराई मात्र प्रयोग गर्नु पर्दछ ।
– कुनै दुईको वा तीनको मात्र उत्तर दिनुहोस् भनिएका निर्देशनहरुलाई राम्ररी बुझेर मात्र उत्तर लेख्नु पर्दछ नत्र अनावश्यक रुपमा बढि प्रश्नहरु हल गर्दा समय पुग्दैन । अन्य प्रश्न छुट्न सक्छन् ।
– परीक्षा हलमा साथीहरुसँग कुराकानी गर्नु हुँदैन । परीक्षाको मर्यादालाई कायम राखी उत्तर लेखनमा व्यस्त रहनु पर्दछ ।
– हाजिरी अनिवार्य रुपमा गर्नु पर्दछ । हाजिरी विवरण भर्दा आफ्नो सिम्बोल नम्बर, मूल कपीनम्बर, विषय, आफ्नो नाम र हस्ताक्षरका विवरणहरु राम्ररी नआत्तिएर भर्नुपर्दछ । नबुझेमा निरीक्षकलाई सोध्नुपर्दछ ।
– जुन प्रश्नहल गरिन्छ त्यसलाई प्रश्नपत्रमा सानो ठीक लगाउनु पर्दछ । जसले गर्दा प्रश्नहरु छुट्ने सम्भावना हुँदैन ।
– कपि सकिनुभन्दा ५ मिनेट अगावै निरीक्षकसँग उठेर थप कपी माग्नुपर्दछ । पूर्ण रुपले सकिएपछि मात्र कपी माग्नु हुँदैन यसो गर्दा कपी माग्दा निरीक्षकले कपी ल्याएर दिँदा एक, दुई मिनेटको समय त्यसै खेर जान्छ । परीक्षामा सेकेण्ड समयको पनि निकै महत्व हुन्छ । अगाडी नै थप कपी मागेर निरीक्षकले कपी दिँदै गर्दाको समयमा पनि आफूले लेख्दै गर्नुपर्दछ ।

घ) सबै प्रश्नको उत्तर लेखेपछि

– सकभर समयको व्यवस्थापन गरेर अन्तिममा १० देखि १५ मिनेट बचाउनु पर्दछ । यो बाँकी समयमा लेखेका उत्तरहरु पढ्ने कतै केही गल्ती भेटिएमा सुधार गर्ने धेरै नै शब्द गल्ती भेटिएमा धेरै फोहर नगरीकन एक लाईनले चट्ट काटेर सफा अक्षरमा लेख्नुपर्दछ । कतै केही कुरा छुट भएमा पनि लेख्न सकिन्छ ।
– खाली ठाउँमा भरेका शब्दलाई अन्डरलाइन गर्नुपर्दछ ।
– समय भएमा आफूले लेखेका उत्तरहरु (हिसाब आउने विषयहरुका हकमा) प्रश्नपत्रमा टिपोट गर्नुपर्दछ ।
– कपीको अन्तमा समाप्त, द्यभकत या गिअप, आफ्नो सम्पर्क फोन
नम्बर, कपी परीक्षकहरुलाई आफ्ना कथा ब्यथाहरु लेख्ने अनि मलाई जसरी पनि पास गरिदिनुहोला लगायतका अनुनय विनयका कुराहरु पटक्कै लेख्नुहुँदैन । सही उत्तर लेखिएका कपीहरुको सही रुपमा मूल्याङ्कन हुन्छन् । त्यस्ता कुराहरु लेखिएमा कुनै अर्थ रहँदैन ।

ङ) उत्तरपुस्तिका बुझाउँदा

– राम्ररी सबै थप कपीहरु राम्ररी स्टिच (नथ्थी) गर्नु पर्दछ । संभव भएसम्म स्टिच मेशीन पनि आँफैले लैजाँदा राम्रो हुन्छ ।
– कपी थपीएको विवरण मूलउत्तर पुस्तिकामा उल्लेख गर्नुपर्दछ जसका लागि निरीक्षकलाई वा आँफैले पनि ं१ं प्लस १ प्लस ं१ लेख्नुपर्दछ । आँफैले लेखेमा निरीक्षकसँग रुजु गराउनु पर्दछ ।
–उत्तरकपी परीक्षा हलमा खटिएका निरीक्षलाई नै बुझाउनुपर्दछ ।

च) परीक्षाहलवाट बाहिरिनु अगाडि

– प्रवेशपत्र लगायत आफ्ना सम्पूर्ण परीक्षाका सामग्रीहरु सम्झेर ल्याउनुपर्दछ ।

छ) हल बाहिर निस्केर

– परीक्षा के भयो कस्तो भयो भनेर साथीहरुसँग सामान्य रुपमा छलफल हुनु त स्वभाविकै हो तर यसमा धेरै समय खर्चिनु हुँदैन ।
– खुसी भएर मैले जे गरेको छु राम्रो गरेको छु भन्ने सम्झिएर घर वा स्कूलको होस्टेल जानुपर्दछ ।

५. घरमा पुगेर

– परिवारका सबै सदस्यहरुलाई परीक्षामा के कस्तो भयो भनेर जानकारी दिनुपर्दछ । फ्रेस भएर आराम गरी अर्कोदिनको परीक्षाको तयारीमा पूर्ववत अनुसार लाग्नुपर्दछ ।

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।हंसवाहनसंयुक्ता विधादानं करोतु मे ॥१॥प्रथमं भारती नाम द्धितीयं च सरस्वती ।तृतीयं शा...
14/02/2024

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विधादानं करोतु मे ॥१॥

प्रथमं भारती नाम द्धितीयं च सरस्वती ।
तृतीयं शारदादेवी चतुर्थ हंसवाहनी ॥२॥

पंचम तु जगन्माता षष्टम् वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी अष्टम् वरदायिनी ॥३||

नवमं बुद्धिदात्री च दशमं ...व्रह्मचारिणी
एकादशं चन्द्रघन्टा द्धादशं भुवनेश्वरी ॥४॥

द्धादशैतानि नामानि त्रिसन्ध्यं यःपठेन्नर ।
जिह्वाग्रे वसति तस्य व्रह्मरुपा सरस्वती ॥५॥

01/01/2024
23/09/2023

सूचना ! सूचना !! सूचना !!!
शिक्षक महासंघ द्वारा घोषित सामुदायिक विद्यालय बन्दका कारण विदा रहेको यस विद्यालय यहि २०८०असोज ७ गते आईतवारबाट संचालन हुने र सोहि दिन पूर्व सूचना अनुसार २०८०/०५/२८गते स्थगित तालिका अनुसारको परीक्षा समेत संचालन हुने व्यहोरा जनकारी गराउॅदछौ।

Address

Chainpur

Telephone

+97729570077

Website

Alerts

Be the first to know and let us send you an email when Shree saraswati secondary school chainpur Hititol posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree saraswati secondary school chainpur Hititol:

Shortcuts

Share

Category