संखुवासभा बुलेटिन

संखुवासभा बुलेटिन विशेष गरेर संखुवासभा भित्रका खवरहरु ?

14/09/2026

🌺 हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना! 🌺

हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरू, आमाहरू तथा समस्त नेपाली नारीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु।

यस पवित्र पर्वले सबैको जीवनमा प्रेम, सद्भाव, खुसी र उमङ्ग ल्याओस्। परिवारमा सुख, शान्ति र समृद्धि छाओस्। भगवान् शिव र माता पार्वतीको कृपाले सबैको मनोकामना पूरा होस्।🙏

प्रतिनिधि सभामा महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदाको अवधि ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउनुपर्ने मागसहितको ...
13/09/2026

प्रतिनिधि सभामा महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदाको अवधि ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउनुपर्ने मागसहितको ‘सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव’ दर्ता भएको छ ।
नेपालको संविधान र स्वास्थ्यसम्बन्धी कानुनले प्रत्याभूत गरेको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हकलाई कार्यान्वयन गर्न माग गर्दै विपक्षी राजनीतिक दलका महिला सांसदहरूले यो प्रस्ताव दर्ता गराएका हुन् ।
रातोपाटी

सबैले बुझ्नुपर्ने अत्यन्तै जरुरी जानकारी🙏मृ तक प्रति हार्दिक श्रद्दान्जली 😪तीज मनाउन माइती हिँडेकी जीताको दुपट्टाले लग्य...
13/09/2026

सबैले बुझ्नुपर्ने अत्यन्तै जरुरी जानकारी🙏
मृ तक प्रति हार्दिक श्रद्दान्जली 😪

तीज मनाउन माइती हिँडेकी जीताको दुपट्टाले लग्यो ज्यान 🥲

सल्यानमा मोटरसाइकलको पछाडिको चक्कामा दुपट्टा बेरिँदा दाङकी ३५ वर्षीया जीता केसीको मृ त्यु भएको छ। तीज मनाउन माइतीघर जाने क्रममा शनिबार दिउँसो त्रिवेणी गाउँपालिका–३ टाट्केमा दुर्घटना भएको हो।

प्रहरीका अनुसार केसी रा ४ प २४३ नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन्। भित्री कच्ची सडकको ओरालोमा मोटरसाइकल तीव्र गतिमा गुडिरहेका बेला उनले लगाएको सलवार सुटको दुपट्टा पछाडिको चक्कामा बेरिएको थियो।

दुपट्टा चक्कामा अल्झिएपछि मोटरसाइकलको गतिले केसीलाई तानेर सडकमा खसाएको थियो। चालकले तत्काल अवस्था थाहा नपाउँदा केहीबेरसम्म उनलाई मोटरसाइकलले सडकमा लतारेको प्रहरीले जनाएको छ।

मोटरसाइकल रोकेर हेर्दा केसीको घाँटीमा दुपट्टा कसिएको अवस्थामा भेटिएको थियो। दुपट्टा काटेर निकालिए पनि उनको घटनास्थलमै मृ त्यु भइसकेको प्रहरीले जनाएको छ।🥲

मोटरसाइकल केसीका भदा कृष्ण केसीले चलाएका थिए। कृष्णले दाङस्थित घरबाट फुपू जीतालाई तीजका लागि माइतीघर लैजाँदै गर्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले कपडा तथा दुपट्टा मोटरसाइकलको चक्कामा बेरिन सक्ने भएकाले यात्राका क्रममा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।



बिहान उठ्ने बितिकै हलेसी महादेवको दर्शन गर्नुहोस 🙏🙏
13/09/2026

बिहान उठ्ने बितिकै हलेसी महादेवको दर्शन गर्नुहोस 🙏🙏

चैनपुर नगरपालिका वडा नं २ मयम बाट देखिएको इन्द्रेणी 🌈फोटो: सुरेन्द्र तामाङ
12/09/2026

चैनपुर नगरपालिका वडा नं २ मयम बाट देखिएको इन्द्रेणी 🌈
फोटो: सुरेन्द्र तामाङ

11/09/2026

आहा! कति सुन्दर मारुनी नृत्य 🙏🙏 संखुवासभा बुलेटिन

शिक्षक सेवा आयोगले पुर्णता पाएकोछ ।१. अध्यक्ष डाक्टर हरिप्रसाद लम्साल २. सदस्य श्री रामशरण सापकोटा ३. सदस्य श्री विष्णु ...
10/09/2026

शिक्षक सेवा आयोगले पुर्णता पाएकोछ ।
१. अध्यक्ष डाक्टर हरिप्रसाद लम्साल
२. सदस्य श्री रामशरण सापकोटा
३. सदस्य श्री विष्णु घिमिरे रिमाल
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । 💐💐💐🙏

मध्यरातको २ बजे। चारैतिर निस्तब्ध सन्नाटा थियो। त्यही सन्नाटालाई चिर्दै प्रसव पीडाले छटपटाइरहेकी एक असहाय आमाको कारुणिक ...
10/09/2026

मध्यरातको २ बजे। चारैतिर निस्तब्ध सन्नाटा थियो। त्यही सन्नाटालाई चिर्दै प्रसव पीडाले छटपटाइरहेकी एक असहाय आमाको कारुणिक चित्कार गुञ्जिरहेको थियो। तर, गरिब र विपन्न हुनुको अपराधमा त्यो चित्कार सुन्ने अस्पतालका बन्द ढोका र त्यहाँभित्रका पत्थर मनहरू पग्लेनन्।

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सरकारी अस्पताल— जहाँ गरिब र निमुखा नागरिकहरू बाँच्ने अन्तिम आशा बोकेर पुग्छन्। तर, बुधबार राति त्यही ‘आशाको मन्दिर’ पैसाको अभावमा एउटी आमाका लागि क्रुर र निष्ठुरी बन्यो।

सुत्केरी व्यथाले थलिएर अस्पताल पुगेकी ती विपन्न महिलासँग जब अस्पताल प्रशासनले पैसा माग्यो, तब गरिबीको पीडा प्रसव वेदनाभन्दा पनि भारी भइदियो। रित्तो हात र आँसु मात्र साथमा भएकी ती गर्भवतीले दयाको याचना गरिन्, तर पैसा तिर्न नसकेकै कारण उनलाई उपचार गर्नुको सट्टा अस्पतालबाट निर्दयीपूर्वक बाहिर निकालियो।

प्रसव पीडाले शरीर गलिसकेको थियो, पाइला सार्ने शक्ति थिएन। अन्ततः ती बेसहारा महिला अस्पतालको मूल गेटबाहिर, चिसो र धुलाम्य सडकमै लडिन् र त्यही कालो पिचमा छटपटिँदै बच्चा जन्माउन बाध्य भइन्। न त्यहाँ कुनै डाक्टर थिए, न नर्स, न त कुनै सहारा। त्यो रात सडकमा जन्मिएको नवजात शिशुको पहिलो रुवाइले अस्पतालको पर्खाललाई त केही फरक पारेन, तर समग्र मानवता र राज्यको लाचार स्वास्थ्य प्रणालीलाई भने नराम्ररी लज्जित बनाइदियो।

गरिबीकै कारण सडकमा जीवनको भिख माग्नुपर्ने यो कस्तो विडम्बना? सरकारी अस्पतालकै आँगनमा पैसा नभएकै भरमा एउटी आमाले सडकमै सन्तान जन्माउनुपर्ने यो दृश्यले जो-कसैको पनि मुटु चसक्क हुन्छ।

यो एउटा लापरबाही मात्र होइन, गरिबमाथिको चरम अमानवीय अपराध हो। यस हृदयविदारक घटनाको तत्काल निष्पक्ष र सत्यतथ्य छानबिन हुनैपर्छ। जीवन दिने अस्पतालको दैलोबाट पैसाकै कारण कसैले यसरी लखेटिनु नपरोस्, र कुनै पनि आमाले आफ्नो कोख सडकमा रित्त्याउनु नपरोस्। मानवतालाई नै कलंकित पार्ने यस्तो अमानवीय व्यवहार अब कसैमाथि कहिल्यै दोहोरिनु हुँदैन!

चट्याङ लागेर पाँचखपनका एक जनाको मृत्युसंखुवासभाको पाँचखपन नगरपालिका ८, पोख्रङमा एक जनाको चट्याङ लागेर मृत्यु भएको छ ।आज ...
09/09/2026

चट्याङ लागेर पाँचखपनका एक जनाको मृत्यु

संखुवासभाको पाँचखपन नगरपालिका ८, पोख्रङमा एक जनाको चट्याङ लागेर मृत्यु भएको छ ।

आज दिउँसो करिब ४ः३० बजे परेको चट्याङका कारण स्थानीय उमेश दाहल गम्भीर घाइते भएका थिए । घाइते दाहललाई उपचारका लागि वाना स्वास्थ्य चौकि लगिएको भए पनि उपचारकै क्रममा उनको निधन भएको हो ।

पाँचखपन नगरपालिका ७ का वडाध्यक्ष सन्तोष बस्नेतले चट्याङ लागेर घाइते भएका दाहलको उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।

उठ्ने बित्तिकै खोटाङ जिल्लामा अवस्थित धार्मिक स्थलमा प्रसिद्ध हलेसी महादेव गुफाको दर्शन गरौं 🙏🕉️🌹 ेसी_महादेव 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
08/09/2026

उठ्ने बित्तिकै खोटाङ जिल्लामा अवस्थित धार्मिक स्थलमा प्रसिद्ध हलेसी महादेव गुफाको दर्शन गरौं 🙏🕉️🌹
ेसी_महादेव 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

Address

Chainpur

Website

Alerts

Be the first to know and let us send you an email when संखुवासभा बुलेटिन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to संखुवासभा बुलेटिन:

Shortcuts

Share

Category