25/12/2025
This page represents the school established in 2046 B.S with the aim of providing quality education
This page represents the school established in 2046 B.S with the aim of providing quality education for betterment of life and nation building.
25/12/2025
16/12/2025
…
06/12/2025
त्रिभुवन युनाइटेड एकेडेमीद्वारा शाह कृषि फर्ममा शैक्षिक भ्रमण सम्पन्न
बुटवल — त्रिभुवन युनाइटेड एकेडेमीले शैक्षिक कार्यक्रमअन्तर्गत विद्यार्थीहरूको व्यावहारिक अनुभव अभिवृद्धि गर्ने उद्देश्यले शाह कृषि फर्ममा एक दिने शैक्षिक भ्रमण सम्पन्न गरेको छ। कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त भ्रमण शुक्रबार सम्पन्न गरिएको विद्यालयले जानकारी दिएको छ।
भ्रमणका क्रममा विद्यार्थीहरूले फर्ममा सञ्चालन भइरहेका विभिन्न कृषि मोडेल, आधुनिक तरकारी तथा फलफूल उत्पादन प्रणाली, जैविक मल व्यवस्थापन, सिंचाइ प्रविधि, नर्सरी विकास, बहुवर्षीय बगैँचा (orchard) को संरचना तथा पशुपालनसम्बन्धी गतिविधिको प्रत्यक्ष अवलोकन गर्ने अवसर पाए।
शैक्षिक भ्रमणमा कृषि विज्ञ सुवास पाण्डेले फर्ममा उब्जाइने उत्पादनका विशेषता, कीरा–रोग व्यवस्थापन, बीउ छनोट तथा उत्पादन प्रक्रिया, जैविक खेतीका फाइदा, व्यवस्थित बगैँचा व्यवस्थापन, तथा नेपाली कृषि क्षेत्रमा प्रविधिको प्रयोगबारे विस्तृत रुपमा सहजीकरण गर्नुभएको थियो। फर्म अवलोकनका क्रममा पाण्डेले विद्यार्थीहरूलाई फलफूलका नमुना देखाएर तिनको गुणस्तर, उत्पादन चक्र तथा बजार मूल्यबारे समेत व्यावहारिक जानकारी प्रदान गर्नुभएको देखिन्थ्यो।
विद्यार्थीहरूले विभिन्न बोटबिरुवाको पहिचान, खेतीयोग्य जमिनको व्यवस्थापन, तथा उत्पादन चरणका बारेमा टिपोट गर्दै कृषिको व्यवहारिक पक्ष प्रत्यक्षरूपमा बुझ्न पाएको बताउँदै खुशी व्यक्त गरेका थिए। भ्रमणमा सहभागी शिक्षकहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा अनुसन्धान क्षमता, कृषिप्रतिको चासो तथा व्यावहारिक सिकाइमा ठूलो सहयोग पुग्ने धारणा व्यक्त गरेका छन्।
विद्यालय प्रशासनका अनुसार आगामी दिनमा पनि विद्यार्थीहरूको पाठ्यक्रमलाई व्यवहारसँग जोड्ने यस्ता सिकाइ–केन्द्रित कार्यक्रम निरन्तर विस्तार गरिँदै जानेछ।
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 15:20 |
| Sunday | 09:00 - 17:00 |