Rainbow Academy

Rainbow Academy Rainbow Academy is a japanese language school. more details contact us at 071417108, 9867310155

23/07/2026

SSW Learning Academy स्थापना भएको छोटो समयमै यहाँ अध्ययनरत धेरै विद्यार्थीहरूले JFT Exam र Skill Test सफलतापूर्वक उत्तीर्ण गर्नुभएकोमा हामी अत्यन्तै गर्व गर्छौं। 🎉🇯🇵

यो सफलता विद्यार्थीहरूको मेहनत, अनुशासन र हाम्रो अनुभवी प्रशिक्षणको परिणाम हो। सफल हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा जापानमा उज्ज्वल भविष्यको शुभकामना! 💐

SSW Learning Academy – तपाईंको जापान यात्राको भरपर्दो साथी। 🇯🇵✨

🎉 एकै दिनमा ३ जना JFT Skill Test Pass! 🎉💐 हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 🇯🇵SSW Learning Academy, कञ्चन–३, ह...
23/07/2026

🎉 एकै दिनमा ३ जना JFT Skill Test Pass! 🎉

💐 हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 🇯🇵

SSW Learning Academy, कञ्चन–३, हरैया मा अध्ययन गरी Building & Hotel Accommodation क्षेत्रको JFT Skill Test सफलतापूर्वक उत्तीर्ण हुनुहुने:

🌸 हरि कृष्ण रेग्मी सर
🌸 सुमन थापा सर
🌸 बबिता उपाध्याय म्याडम

यहाँहरूको अथक मेहनत, लगन, अनुशासन र निरन्तर अभ्यासको उत्कृष्ट प्रतिफलस्वरूप यो सफलता हासिल भएको हो। यस उपलब्धिले जापानतर्फको यात्रालाई अझ सहज, सफल र उज्ज्वल बनाओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं।

यहाँहरूलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा अझ ठूलो सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछौं। 🇯🇵❤️

“सफलता संयोगले होइन, निरन्तर मेहनत, अनुशासन र आत्मविश्वासले प्राप्त हुन्छ।” 🌟

23/07/2026

🎉 एकै दिनमा ३ जना JFT Skill Test Pass! 🎉

💐 हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 🇯🇵

SSW Learning Academy, कञ्चन–३, हरैया मा अध्ययन गरी Building & Hotel Accommodation क्षेत्रको JFT Skill Test सफलतापूर्वक उत्तीर्ण हुनुहुने:

🌸 हरि कृष्ण रेग्मी सर
🌸 सुमन थापा सर
🌸 बबिता उपाध्याय म्याडम

यहाँहरूको अथक मेहनत, लगन, अनुशासन र निरन्तर अभ्यासको उत्कृष्ट प्रतिफलस्वरूप यो सफलता हासिल भएको हो। यस उपलब्धिले जापानतर्फको यात्रालाई अझ सहज, सफल र उज्ज्वल बनाओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं।

यहाँहरूलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा अझ ठूलो सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछौं। 🇯🇵❤️

“सफलता संयोगले होइन, निरन्तर मेहनत, अनुशासन र आत्मविश्वासले प्राप्त हुन्छ।” 🌟
SSW Learning Academy Haraiya, Rupandehi

23/07/2026

प्राकृतिक चुनौतीहरू धेरै भए तापनि हामीले धैर्यता, अनुशासन र सबैको साथ–सहयोगका साथ प्रतियोगितालाई भव्य र सभ्य रूपमा सफलतापूर्वक सम्पन्न गरेका छौँ। 🙏⚽

यस सफलतामा साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण अतिथिज्यूहरू, अभिभावकज्यूहरू, खेलाडीहरू, रेफ्री, स्वयंसेवक, सुरक्षा निकाय, सहयोगी संस्थाहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। ❤️

23/07/2026

प्राकृतिक चुनौतीहरू धेरै भए तापनि हामीले धैर्यता, अनुशासन र सबैको साथ–सहयोगका साथ प्रतियोगितालाई भव्य र सभ्य रूपमा सफलतापूर्वक सम्पन्न गरेका छौँ। 🙏⚽

23/07/2026

🇳🇵 हाम्रो राष्ट्रिय गान, हाम्रो गौरव 🇳🇵

नेपालको राष्ट्रिय गान केवल एउटा गीत होइन, यो हाम्रो राष्ट्रिय एकता, स्वाभिमान, पहिचान र देशप्रतिको अथाह मायाको प्रतीक हो। जब राष्ट्रिय गान बज्छ, प्रत्येक नेपालीको मन गर्वले भरिन्छ र देशप्रतिको सम्मान अझ गहिरो हुन्छ।

आउनुहोस्, राष्ट्रिय गानलाई सधैं सम्मान गरौँ, सही ढंगले गाऔँ र नयाँ पुस्तालाई पनि यसको महत्व बुझाऔँ। यही नै सच्चा देशभक्ति र जिम्मेवार नागरिकको पहिचान हो।

जय नेपाल! 🇳🇵❤️

23/07/2026

अभिभावकज्यूले आफ्ना छोराछोरीको पढाइप्रति यसरी चासो र जिम्मेवारी देखाउनु हाम्रो लागि गर्वको विषय हो। 🙏

यस्तै माया, विश्वास र साथका लागि हजुरप्रति हार्दिक धन्यवाद। हामी पनि विद्यालयको अभिभावकको रूपमा प्रत्येक विद्यार्थीको उज्ज्वल भविष्यका लागि पूर्ण जिम्मेवारीका साथ निरन्तर प्रयासरत छौं। ❤️📚

U-17 football turnament @ Kanchan
23/07/2026

U-17 football turnament @ Kanchan

मिति: २०८३ साल साउन ६ गतेRainbow Academy द्वारा आयोजित U-17 नकआउट चरण फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्नRainbow Academ...
23/07/2026

मिति: २०८३ साल साउन ६ गते

Rainbow Academy द्वारा आयोजित U-17 नकआउट चरण फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न

Rainbow Academy & Educational Consultancy Pvt. Ltd. को आयोजनामा सम्पन्न U-17 नकआउट चरण फुटबल प्रतियोगिता भव्य, सभ्य तथा सफलतापूर्वक सम्पन्न भएको छ।

यस कार्यक्रमका प्रमुख अतिथिका रूपमा रुद्रपुर इलाका प्रहरी कार्यालय, थकालीचोकका प्रहरी निरीक्षक प्रशान्त तामाङ ज्यू उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा समाजसेवी व्यक्तित्व तथा Rainbow Academy का कानुनी सल्लाहकार राधिका चौधरी ज्यू र समाजसेवी व्यक्तित्व जीवन क्षेत्री ज्यू को गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमको उत्कृष्ट सञ्चालन रेडियो कञ्चनका स्टेशन म्यानेजर गोविन्द आचार्य ज्यू ले गर्नुभएको थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, खेलाडी, प्रशिक्षक, रेफ्री, स्वयंसेवक तथा दर्शकप्रति Rainbow Academy परिवार हार्दिक आभार व्यक्त गर्दछ।

यस प्रतियोगिताको विजेता LGR FC तथा उपविजेता सामुदायिक FC बन्न सफल भएका छन्। विजेता तथा उपविजेता दुवै टोलीलाई Rainbow Academy परिवारको तर्फबाट हार्दिक बधाई तथा आगामी दिनहरूमा अझ ठूलो सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

साथै, प्रतियोगितामा सहभागी सम्पूर्ण टोलीहरूलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी प्रतियोगिताहरूमा अझ बढी मेहनत, आत्मविश्वास, अनुशासन र खेलभावनाका साथ सहभागी भई सफलता हासिल गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं। खेलमा जित र हार स्वाभाविक भए पनि खेलमार्फत सिकाइने अनुशासन, मित्रता, सहकार्य र नेतृत्व नै सबैभन्दा ठूलो उपलब्धि हो।

Rainbow Academy ले हरेक वर्ष आफ्नो आम्दानीको केही प्रतिशत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत छुट्याई कञ्चन क्षेत्रका युवाहरूलाई खेलकुद, शिक्षा, नेतृत्व विकास तथा सामाजिक क्षेत्रमा अघि बढाउने उद्देश्यले विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

वि.सं. २०८२ भित्र Rainbow Academy ले महिला तथा पुरुष भलिबल प्रतियोगिता, Kanchan Cricket League Season-1 तथा U-17 नकआउट चरण फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ। साथै, यही वर्ष कञ्चनको माटोमा जन्मिएर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सफल र्‍यापर व्योमा लाई सम्मान गरिएको थियो। स्थानीय समस्या उजागर गर्दै समाजमा भइरहेका सकारात्मक गतिविधिहरू जनसमक्ष पुर्‍याउने सञ्चारकर्मीहरूलाई पनि सम्मान गरिएको थियो।

त्यसैगरी, कञ्चन गाउँपालिकाका २१ वटा क्लबहरूलाई जर्सी, फुटबल, फुटबल मोजा (Socks), कप्तान ब्याज (Captain Band) तथा गोलकिपर ग्लोभ्स हस्तान्तरण गरिएको थियो। साथै, नेतृत्व विकास तालिम, अटिजम सम्बन्धी सचेतनामूलक कार्यक्रम तथा विभिन्न सामाजिक एवं जनचेतनामूलक कार्यक्रमहरू पनि सफलतापूर्वक सञ्चालन गरिएको छ।

यी सम्पूर्ण कार्यक्रमहरू कुनै व्यक्तिगत स्वार्थका लागि नभई समाजप्रतिको उत्तरदायित्व, सेवाभाव र सकारात्मक सोचका साथ आफ्नो आम्दानीको केही हिस्सा छुट्याएर सञ्चालन गरिएका हुन्। हाम्रो मुख्य उद्देश्य कञ्चनका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सकारात्मक सन्देश प्रवाह गर्नु, युवाहरूलाई कुलत, लागूऔषध तथा अन्य नकारात्मक गतिविधिबाट टाढा राख्दै उनीहरूको प्रतिभा, अनुशासन, नेतृत्व क्षमता र उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउनु हो।

आगामी दिनहरूमा पनि Rainbow Academy ले समाज, खेलकुद, शिक्षा तथा युवाको समग्र विकासका लागि यस्ता रचनात्मक, प्रेरणादायी तथा समाजमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछ।

धन्यवाद।

Rainbow Academy & Educational Consultancy Pvt. Ltd.

Address

Haraiya
Butwal
32907

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 17:00
Sunday 08:00 - 17:00

Telephone

+97771417108

Alerts

Be the first to know and let us send you an email when Rainbow Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Rainbow Academy:

Shortcuts

Share