26/08/2026
रसुवा बाढीप्रति दुःख व्यक्त
रसुवामा भएको बाढी तथा त्यसबाट सिर्जित दुःखद् अवस्थाप्रति NECA गहिरो दुःख व्यक्त गर्दछ। यस कठिन परिस्थितिमा ज्यान गुमाउनुभएका तथा प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। भएको जनधनको क्षतिप्रति हामी अत्यन्त दुःखी छौँ।
यस संवेदनशील अवस्थामा सबै सम्बन्धित निकाय तथा सञ्चारमाध्यमहरूलाई सत्य, तथ्यपरक र सही सूचना मात्र सार्वजनिक गरिदिनुहुन हार्दिक आग्रह गर्दछौँ।
सबै जना सुरक्षित स्थानमा बस्नुहुन अनुरोध छ। आफन्तहरूसँग सम्पर्क हुन नसकेको अवस्थामा सरकारका सम्बन्धित निकायबाट जारी हुने उद्धार तथा राहतसम्बन्धी आधिकारिक अपडेटको प्रतीक्षा गर्नुहोस्।
अन्य जानकारी तथा राहतसम्बन्धी आवश्यक जानकारीका लागि १२३४ / १०० / ११११ नम्बरमा सम्पर्क गर्न सकिनेछ।
सम्बन्धित सबैको शीघ्र उद्धार तथा सुरक्षाको कामना गर्दछौँ।