13/01/2022
बाघको आक्रमण बाट बच्ने सामान्य उपाय र मावन जनावार द्वन्द न्यूनीकरण ।🌳👫🐅🐆🕊️
१. जङ्गल जादा सधै बलियो लौरो बोकेर जाने गर्नुस।
२. जङ्गल जादा एक्लै नभएर समुहमा जानुस।
३. जुन ठाउमा जाँदै हुनुहुन्छ त्यस ठाउको बारेमा जानकारी लिनुस।
४. जाने ठाउमा जमिनमा कुनै वन्यजन्तुको ताजा पाईला छ/ छैन हेर्नुहोस। ताजा छ भने त्यतातिर नजानुहोस।
५. यदि तपाई भएको जङ्गल वरपर बादरहरु , मृगहरु अथवा चराचुरुङ्गी हरुले सामान्य गर्ने कृयाकलाप भन्दा अरु कृयाकलाप गर्दैछ भने जस्तै : जोड्ले अलि डराएको आवाज निकाल्ने। गर्यो भने त्यहा, बाघ, चितुवा अथवा अन्य मान्सहारी जवावर हुन सक्ने सम्भावना बढी हुन्छ।
६. बाघ देखीहाले अथवा जम्का भेट भैहाल्यो भने नाआत्तिने। बाघको अवस्था हेरेर आफु त्यस ठाउबाट सुरक्षित ठाउतर्फ जाने ।
७. यदि बाघ सङ्ग जम्का भेट भएमा नआत्तिने र बाघ सङ्ग नजर जुधाउने यसो गरेमा बाघ डराउन सक्छ र बाघले आगाडी बाट आक्रमण गर्दैन। यदि आक्रमण गर्न आईहाल्यो भने आफू सङ्ग यदि लौरो छ भने बाघको नाक संबेदनसिल अङ्ग मा लौरोले हिर्काउने यदि अरु साथिहरु छ्न भने सबै जना सङ्गै एक ठाउमा भेला, जम्मा हुने । आवश्यक परे हो हल्ला गेरर तर्साउने ।
८. यदि आक्रमण गरिहाले र घाईते भएमा तुरुन्त सम्बन्धित निकाएमा सम्पर्क गर्ने।
९. बाघ, चितुवा जस्ता जनावर सजिलै आफुलाई सानो घास, बुट्यान, झाडिमा आफ्नो शरिरलाई लुकाउन सक्द्छन।
१०. यदि मान्छे खाने बाघ छ भने मान्छे देख्यो लुसुक्क झाडी, घाँसम, झाडिमा गएर लुक्छ। उस्ले झुक्याउन सक्छ।
११. जङ्गल जानै परे १० बजे तिर जान सकिन्छ र १ बजे पछि नजाने किनभने बिहान र अपरान्ह बाघ बढि सकृय हुने गर्दछ।
१२. जङ्गल जादा कानमा ईयरफोन लगायर चर्को आवाजमा गीन संगीत सुन्दै नजाने🙏
# बाघले आक्रमण गर्ने अवस्था --
१. बुढो भएर सिकार गर्न नसकेको अवस्थामा, आहारा कुरेर बस्ने।
२. बच्चा भएको अवस्थामा।
३. घाईते भएको अवस्थामा।
४.भाले लाग्ने समयमा।
५. आराम गरिरहेको बेला नजिकै पुगेमा।
६. सिकार गर्न लागेको अवस्थामा।
७. सिकार गरेर खाईरहेको अवस्थामा नजिक गएमा।
आफू पनि बाचौ अरुलाई पनि बाच्न दिउ।🕊️🙏