23/05/2026
It was a great pleasure to welcome the team from Brilliant United Academy , Tamghas -1 , Gulmi to British Grammar School Rupandehi .
The visit provided a wonderful opportunity to share our mission, vision, goals, and teaching-learning practices, while also exchanging valuable educational experiences and ideas for institutional growth and academic excellence.
We would like to extend our sincere gratitude to Mr. Santosh Thapa and the entire visiting team for their gracious presence, warm interaction, and meaningful engagement. Your visit made us feel honored and encouraged us to continue our commitment toward quality education and holistic student development.
Thank you once again for your valuable time, cooperation, and inspiring visit. We look forward to strengthening our academic relationship in the days ahead.
22/05/2026
बेलायती मोडेलको ब्रिटिस कलेज
८ जेठ, काठमाडौं । २६ वर्षअघि देशमा अवसर सीमित थियो । राजनीतिक वातावरण अस्थिर थियो । उच्च शिक्षा र अवसरको खोजीमा चि.....
22/05/2026
https://www.facebook.com/share/1DodmUbmVe/
बेलायती मोडेलको ब्रिटिस कलेज
८ जेठ, काठमाडौं । २६ वर्षअघि देशमा अवसर सीमित थियो । राजनीतिक वातावरण अस्थिर थियो । उच्च शिक्षा र अवसरको खोजीमा चि.....
22/05/2026
International Biodiversity Day was successfully celebrated at the morning assembly of British Grammar School Rupandehi.
Grade 9 students took the initiative to conduct an awareness presentation highlighting the importance of biodiversity and nature conservation. A meaningful and successful program with active participation and learning for all.
Some glimpse of today's programme!!!
21/05/2026
Unlock world-class standards with a network spanning Nepal, the UAE, and the UK. British Grammar School Rupandehi (BGSR), is now open for +2 Management & Science admissions!
Voted Best Private School 2078 in Tilottama, we offer the global expertise you need to excel. Secure your future with us today.
🔗 Apply now: britishgrammarschool.com/apply
Contact us:
📍 Tilottama-14, Rupandehi
📞 9857042029, 071-561108
20/05/2026
प्रकाश न्यौपाने
Memories
भैरहवा, ७ भदौ ।
रुपन्देहीको तिलोत्तमामा रहेको नमस्ते एकेडेमीका रंजित मौर्य र आविष्कार ज्ञवालीले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई बोल्ड गरे । यसअघि कहीकतै क्रिकेट नसिकेका उनीहरुलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले राष्ट्रिय टिमका कप्तान पारसलाई ल्याएर प्रशिक्षण चलाउँदा यो अवसर उनीहरुलाई मिलेको हो । १५औं नम्बरमा बलिङ गरेका मौर्य र १९औं नम्बरमा बलिङ गरेका ज्ञवालीले पारसलाई बोल्ड गरेका हुन् । शनिबार पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनको ओमसतियाको पड्सरीस्थित स्टार क्रिकेट एकेडेमीमा पारसले क्रिकेट खेलबारे विद्यार्थीलाई सिकाउन आएका थिए ।
पारसले केही टेक्निकल कुरा विद्यार्थीलाई सिकाएपछि गोलाप्रथामार्फत् २०÷२० जनाको समूह गराई पालैपालै सबैलाई एक–एक बल बलिङ गर्न दिइएको थियो । मौर्य र ज्ञवालीले पारसलाई बोल्ड मात्रै गरेनन् अन्य सिकारुले भन्दा बढी उनीहरुले दुई–दुई बल बलिङ गर्ने अवसर समेत पाए । एक्सपर्टले उनीहरुलाई पाँच–पाँच हजार रुपैयाँ समेत प्रदान गर्यो । ‘हामीले धेरै टेक्निकल कुरा सिक्न पायौं, अहिलेसम्म क्रिकेट खेल्ने इच्दा हुँदा पनि सिक्न पाएका थिएनौं’, मौर्य र ज्ञवालीले भने, ‘राष्ट्रिय टिमका कप्तानबाटै क्रिकेटको महत्व, खेल्ने तरिकाबारे सिक्न पाउँदा, बलिङ गरी बोल्ड गर्न समेत सक्दा निकै खुशी छौं ।’ उनीहरुले आत्मविश्वास, खेलप्रतिको लगाव, मिहेनत, ब्याटिङ, बलिङ तिखार्नुका साथै पढाईसँगसँगै लग्नु पर्ने कप्तान पारसबाट शिक्षा पाएको बताए ।
रुपन्देही, पाल्पा, नवलपरासी, अर्घाखाँची लगायत जिल्लाका ९० बढी विद्यालयमा अध्ययनरत २ हजार बढी विद्यार्थीलाई कप्तान पारसले क्रिकेट खेलका आधारभूत कुरा सिकाए । उनले ब्याटिङ गर्दै डेढ सयबढी विद्यार्थीहरुको बलिङको सामाना गरे । पारसले ब्याटिङ गर्दा, प्राविधिक कुरा सिकाउँदा विद्यार्थी बढो खुशी हुँदै हेरे र सुने । ‘तपाईंहरुलाई मैले केही कुरा सिकाउन र खेललाई माया गर्ने भावनाको विकास गराउन आएको हुँ’, उनले भने । पारससँग क्रिकेट सिक्न पाउँदा विद्यार्थी खुबै रमाए । ब्याटिङ गर्दाबेर ताली र हुटिङ जोडसँग गरे ।
पारसले विद्यार्थीलाई खेलको सबैभन्दा महत्वपूर्ण पाटो आत्मविश्वास भएको बताए । ‘खेलमा जित पनि हुनसक्छ हार पनि हुनसक्छ तर आत्मविश्वास, खेलप्रति लगाव, अनुशासन र मिहेनत अनिवार्य चाहिन्छ’, पारसले भने, ‘क्रिकेट खेलेर मात्रै हुँदैन योसँगै शिक्षा महत्वपूर्ण मानिन्छ, तपाईंहरुले पढाई र क्रिकेट सँगसँगै लैजानुस्, १० वर्षपछि भए पनि तपाईंहरु वडीआई क्रिकेट खेल्नुपर्छ ।’ पारसले नेपालमा खेलाडीले प्रशिक्षण र स्पर्धा गर्न न्यून अवसर पाउने भन्दै स्थानीय, प्रदेश स्तरीय खेलकुदमा सहभागी भई खेललाई निरन्तरता दिन विद्यार्थीलाई सुझाए । ‘जति अवसर पाए पनि आफूले मिहेनत र आत्मविश्वास जारी राख्नुपर्छ, बलिङ र व्याटिङ सुधार गर्दै जानुपर्छ, निरासा हटाउनुपर्छ’, उनले भने, ‘यो उमेरा कुनै एक खेलाडीको खेल हेरेर कपि गर्ने बानीको विकास हुन्छ, क्रिपया कपी नगरी खेलको रुल्समा रहेर आफ्नै क्षमतालाई प्रस्फुटन गर्नुस् । तवमात्रै राम्रो खेलाडी बन्न सकिन्छ ।’
पारसलले सहभागी प्रशिक्षार्थी विद्यार्थीहरुसँग प्रश्न उत्तर समेत गरे । विद्यार्थीहरुले नेपालले ओडीआई कहिले खेल्छ, बरियाताक्रममा नेपालभन्दा पछि रहेका मुलुक टेष्ट क्रिकेटे खेलीरहेका छन् किन ? भन्ने प्रश्न समेत गरे । जवाफमा पारसले क्रिकेट सिक्न आएका भाइहरु नै अबको १० वर्षभित्रै वडीआई क्रिकेट खेल्नेछन् भन्दै सहभागीलाई हौसला दिए । उनले क्यान निलम्वन, प्रक्षिण अभाव, स्पर्धा कम हुनु, पर्याप्त खेलमैदान जस्ता कारणले पनि नेपाली क्रिकेट त्यती माथि उठ्न नसकेको बताए । उनले अब क्रिकेटमा आशा पलाउँदै गएको र आफूहरुले पनि मिहनत गरिरहेको जनाए ।
कप्तानका अनुभव, खेल्ने तरिका सिकी बलिङ गर्ने अवसर पाएका विद्यार्थी किनै शुखी भए । उनीहरुले फोटो खिचाउँदै आफूले लगाएका टिसर्टमा पारसको हस्ताक्षर गराए । विद्यार्थीले पालैपाले आफ्नो समूहको पारसँग फोटो खिचे, सेल्फी हाने । पारसले आफूले यहाँ क्रिकेट सिकाएका विद्यार्थीहरुलाई समेटेर रुपन्देहीमा क्रिकेट खेल आयोजना गर्न पहल गर्ने बताए । एक्सपर्टका बुटवल शाखा निर्देशक रोशन कँडेलले व्यवसायसँगै नेपाली क्रिकेट खेलको विकासमा सहयोग पुर्याउने उद्देश्यले पारसलाई ल्याएर प्रशिक्षण चलाएको बताए ।
‘एक दिनको प्रशिक्षणले पनि खेल खेल्न चाहने विद्यार्थीलाई धेरै कुरा परिवर्तन गर्न सहयोग पुग्छ’, कँडेलले भने, ‘हामी व्यवसायसँगै खेललाई पनि उत्तिकै माया गर्छौ, धेरैभन्दा धेरै खेलाडी जन्मिउन र राष्ट्रलाई देशविदेश चिनाउन् भन्ने हाम्रो उद्देश्य हो ।’ उनले एक्सपर्टले देशैभर यस्ता प्रशिक्षण चलाइरहेको बताए । क्रिकेटर शक्तिले खेलाडीले धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै यस्ता प्रशिक्षण भइरहन जरुरी रहेको जनाए । एक्सपर्टले सहभागी प्रत्येक विद्यालयलाई पारसको हस्ताक्षर रहेको व्याट समेत उपलब्ध गराएको थियो ।