Gyanpunja English Boarding School

Gyanpunja English Boarding School This page shows all the information about programmes, activities, admission notice, extra curricular activities, results of the school.

25/08/2026

प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर-विद्यालय ७-ए-साइड फुटबल प्रतियोगिता–२०८३ को समापन समारोह अन्तर्गत आसन ग्रहण कार्यक्रम सम्पन्न भयो ।

25/08/2026

समापन समारोहमा अध्यक्षज्यूको मन्तव्य

आज सम्पन्न प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर-विद्यालय ७-ए-साइड फुटबल प्रतियोगिताको फाइनल समारोहमा अध्यक्ष श्री रामप्रसाद भट्टराईज्यूले प्रतियोगिताको सफल आयोजनाप्रति खुसी व्यक्त गर्दै सहभागी सम्पूर्ण विद्यालय, खेलाडी, प्रशिक्षक, अभिभावक तथा आयोजकप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, सहकार्य र नेतृत्व क्षमताको विकास गर्ने बताउँदै खेलाडीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।

Thank you himalpresshttps://himalpress.com/2026/08/naveen-secondary-school-wins-gyanpunja-seven-a-side-football-tourname...
25/08/2026

Thank you himalpress

https://himalpress.com/2026/08/naveen-secondary-school-wins-gyanpunja-seven-a-side-football-tournament-title/?fbclid=IwdGRjcAT6px1jbGNrBPqnFnBkb2YFZXh0bgNhZW0CMTEAc3J0YwZhcHBfaWQMMzUwNjg1NTMxNzI4AAEewYxZRZp6YGLLHYVgG0MtdrIaRENf1xMVAzSyvT48RQz5xa_7jTkJi2g90R8_aem_9wsVd2MwHPPxUvYl8glQ3g

बुटवल- बुटवलमा सम्पन्न प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता–२०८३ को च्.....

Thank you Nagrikonlinehttps://www.facebook.com/share/p/1EaSSzFKsi/
25/08/2026

Thank you Nagrikonline

https://www.facebook.com/share/p/1EaSSzFKsi/

उपाधि नवीन औद्योगिक कदरबहादुर रिता माविलाई

ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुल बुटवल ११ नहरपुर रुपन्देहीको आयोजनामा आयोजित जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगितामा नवीन औद्योगिक कदरबहादुर रिता मावि विजेता बनेको छ ।
उसले नगद रु ५१ हजार नगद पुरस्कार चेक ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । रुपन्देही जिल्लाका ४३ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूका ४४ वटा टिम बीचको प्रतिस्पर्धा सम्पन्न भएको ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुल बुटवल ११ नहरपुरका प्राचार्य शंकर भण्डारीले बताए ।
#नागरिकअनलाइन

प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर-विद्यालय ७-ए-साइड फुटबल प्रतियोगिता–२०८३भव्य तथा उत्साहपूर्ण रूपमा सम्पन्न फाइनल प्...
25/08/2026

प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर-विद्यालय ७-ए-साइड फुटबल प्रतियोगिता–२०८३

भव्य तथा उत्साहपूर्ण रूपमा सम्पन्न
फाइनल प्रतिस्पर्धामा सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै नविनले उपाधि चुम्न सफल भएको छ।

उपाधिसँगै नविनले नगद रु. ५१,०००, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी, उपविजेता सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालयले नगद रु. ३१,०००, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगिताका उत्कृष्ट विधातर्फ नविन बीका विप्लव गुरुङ उत्कृष्ट गोलकिपर, नविन ए समूहका कुञ्ज गुरुङ उत्कृष्ट डिफेन्डर तथा सैनामैना पर्रोहाका सुभाष नेपाली ‘प्लेयर अफ द टुर्नामेन्ट’बाट पुरस्कृत हुनुभएको छ। साथै निमेष शाही ‘प्लेयर अफ द म्याच’ बाट पुरस्कृत हुनुभएको छ। सम्पूर्ण उत्कृष्ट खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

भदौ १ गतेदेखि सुरु भएको यस प्रतियोगिताको समापन समारोह बुटवल उपमहानगरपालिकाका उपप्रमुख श्रीमती सावित्रादेवी अर्यालज्यूको गरिमामय उपस्थितिमा सम्पन्न भएको थियो। उहाँले बुटवललाई खेलकुदको हबका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो।

विद्यालयका प्राचार्य श्री शंकर भण्डारीज्यूले विद्यालय तहबाटै खेलकुदको विकास तथा विद्यार्थीमा खेलप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले ७-ए-साइड फुटबल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।

प्रतियोगितामा रुपन्देहीका विभिन्न विद्यालयबाट ४४ टोलीको सहभागिता रहेको थियो।

यस प्रतियोगितालाई सफल बनाउन गरिमामय उपस्थिति, अमूल्य सहयोग, सहभागिता तथा हौसला प्रदान गर्नुहुने सम्पूर्ण अतिथिज्यूहरू, विद्यालयहरू, खेलाडीहरू, प्रशिक्षकहरू, अभिभावकहरू, रेफ्रीहरू, प्रायोजक तथा शुभेच्छुकहरूप्रति ज्ञानपुञ्ज प्रशासन हार्दिक सम्मानसहित कृतज्ञता व्यक्त गर्दछ।

खेलकुदमार्फत विद्यार्थीको प्रतिभा पहिचान, विकास र उजागर गर्ने हाम्रो अभियान निरन्तर जारी रहनेछ।

सम्पूर्ण विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!

— ज्ञानपुञ्ज प्रशासन

25/08/2026

Mrs. Sabitra Devi Aryal, Deputy Mayor of Butwal Sub-Metropolitan City, sharing her valuable words at the Grand Final of the प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर-विद्यालय ७-ए-साइड फुटबल प्रतियोगिता–२०८३.

सम्मानसहित धन्यवादप्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर-विद्यालय ७-ए-साइड फुटबल प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न भएको...
25/08/2026

सम्मानसहित धन्यवाद

प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर-विद्यालय ७-ए-साइड फुटबल प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ।

यस प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सहभागिता जनाउनुहुने सम्पूर्ण अतिथिज्यूहरू, विद्यालय परिवार, खेलाडी, प्रशिक्षक, अभिभावक तथा शुभेच्छुकहरूप्रति हार्दिक सम्मानसहित कृतज्ञता व्यक्त गर्दछौँ।

#प्रथमज्ञानपुञ्जफुटबलप्रतियोगिता #फुटबलप्रतियोगिता #जिल्लास्तरीयफुटबल #अन्तरविद्यालयफुटबल ाइडफुटबल #ज्ञानपुञ्जइङ्ग्लिसबोर्डिङस्कुल #बुटवल #रुपन्देही

Address

Naharpur
Butwal
32907

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97771509011

Website

Alerts

Be the first to know and let us send you an email when Gyanpunja English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Gyanpunja English Boarding School:

Shortcuts

Share

Category