Shikshya sahayog abhiyan

Shikshya sahayog abhiyan "LET'S UNITE TOGETHER "
We are voluntarily helping the students of MADANE DANDA SECONDARY SCHOOL, GORKHA for their educational continuation.

08/09/2017

शिक्षाको उज्यालो घामबाट कोहीपनि बन्चित हुन नपरोस ।

#सन्दर्भ

#अन्तरास्ट्रिय #साछ्यर्ता #दिवस ।

24/06/2016

खुशिको खवर बाँढ्न ढिला भएकोमा माफी चाहन्छु ।
हामी भूकम्पको पिडा भुलाउन चाहन्थ्यौँ । भूकम्पले आत्तिएकाहरुको जिन्दगीमा खुशिको छाप छोड्न चाहान्थ्यौँ । बालबालिकाहरु, जो भूकम्पका झडकाहरुको बिचमा आफ्ना खुशीहरुसँग बहेली खेल्दै थिए, भात्किएका घरहरुमा च्याँपिएका किताव खोज्दै जिन्दगीका सपनाहरु कोरेल्दै थिए । ति सपना र खुशीहरुको सहयात्री बन्दै हामिले हाम्रै आफ्नो सानो प्रयासमा 'शिक्षा सेवा सहयोग अभियान' सुरु गरेका थियौँ ।
मदाने डाँडा मा. वि. जहाँ भूकम्पले अताल्लिएका विद्यार्थीहरुलाई भूकम्पको प्रभावले पढाईमा असर नपरोस भनेर सोही अभियान अन्तर्गत सानो सहयोगको पोको बोकेर हामी गोरखा पुगेका थियौँ । उनिहरुको लागी पाठ्यसामग्री र अन्य शैक्षिक सहयोग गर्नुको हाम्रो मुख्य उद्धेश्य भनेको प्रवेशिका(SLC) परिक्षा दिने विद्यार्थीहरुलाई उनिहरुको पढाईमा असर नपुगोस भन्ने थियो । त्यसैको लागी हामिले उनिहरुको लागी बर्ष भरि पुग्ने आवश्यक सम्पूर्ण शैक्षिक सामग्रीहरु प्रदान गरेका थियौँ ।
खुशीको कुरा, यो पल्टको प्रवेशिका (SLC) परिक्षामा अहिलेसम्म कै उत्कृष्ठ नतिजा प्राप्त भएको छ । हामिले दिएको सहयोगलाई सार्थक रुप दिएकोमा प्रिय विद्यार्थीहरु, स्कूल परिवारलाई अन्तर आत्मा देखी नै धन्यबाद ! सबैभन्दा धन्यवाद तपाईँहरुलाई जसले हामिलाई बिस्वास गरेर आफ्नो रहयोग रकम र अन्य सामगृहरु दिनु भयो र तपाईँहरुको सहयोगले सार्थक रुप पायो ।
सधैभर अरुको पिडामा सानो भए पनि सहयोग गरिरहन पाउँ । धन्यबाद !!

01/11/2015

हामी आज गोरखाबाट फर्कियौँ । भुकम्पले तर्सिएका गाउँहरु अरुले भुले पनि हामी भुल्न सकेनौँ । गोरखाको मदने डाँडा मा. बि. समक्ष हामिले गरेको बाचा पुरा गरेका छौँ । हामिले अघिल्लो पल्ट सहयोग गरेको स्कुल पोशाकमा विद्यार्थीहरुलाई देख्दा खुशीले मन फुल्दो रहेछ ।
हाम्रो पुरनो कार्यक्रमलाई निरन्तरता दिँदै यो पल्ट पनि १०१ जना विद्यार्थीहरुलाई यो शैक्षिक सत्रलाई पुग्ने गरी शैक्षिक सामाग्री बितरण गरेका छौँ । साथै प्ले ग्रुप देखी कक्षा १० सम्म प्रथम त्रैमासिक परिक्षामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पनि हामिले शैक्षिक सामाग्री प्रदान गरेका छौँ । त्यसैगरी कक्षा १० को विद्यार्थीहरुको एसएलसीलाई मध्य नजर गर्दै रेफरेन्स किताबहरु पनि प्रदान गरेका छौँ ।
नाकाबन्धिले पेट्रोल सकिएको अवस्थामा पनि दैनिक १५ किलोमिटर भन्दा धेरै हिँडेर ३ दिनमा हामिले कार्यकम सफल गरेर फर्किएका छौँ । सबैको सहयोग , हौसला र सुझाव को लागी हामी सदैब ऋणी रहने छौँ । तपाईंहरु को माया र साथ सधैभरि पाईरहुँ । धन्यवाद !!

We successfully conducted second phase of our programme . We distributed stationary materials to 101 students for 1 year...
01/11/2015

We successfully conducted second phase of our programme . We distributed stationary materials to 101 students for 1 year and similarly we provided reference books for class 10 students . According to result of first terminal examination we distributed prize to student scoring highest marks from class nursery to class 10.

29/10/2015

'शिक्षा सेवा अभियान' भोली फेरी गोरखा पुग्दै छ । देशको राजनैतिक अवस्था र चाडबाडले केहि सुस्ताए जस्तो देखिए पनि हामी भूकम्पलाई बिर्सिएका छैनौँ ।
यो पल्ट तराईमा देखिएको अन्योलताले बिराटनगरबाट गोरखा पुग्न अनुकुल नभएकोले यस अभियानका सहयात्रीहरु अल्फा पोख्रेल, प्रनिता काफ्ले , रन्जु कटवाल, रोश्ना पौडेल हामीसँग गोरखा पुग्न सक्नु भएन । अघिल्लो पल्ट उहाँहरुले गोरखामा गरेको सहयोग यो पल्ट हामिलाई खट्किने छ ।
यो पल्ट हामिले कक्षा १० का विद्यार्थीहरुको पढाईलाई मध्यनजर गरेर बिज्ञान, गणित र अङ्रेजी बिषयको अतिरिक्त कक्षाको प्रायोजन गरेका छौँ । त्यसको लागि शिक्षकहरु लाई दिनु पर्ने फी शिक्षा सेवा अभियानले नै तिर्ने छ ।यसको साथै हाम्रो पुरनो कार्यक्रम १०१ जना विद्यार्थीहरुलाई स्टेसनरि सामान बितरण गर्ने कार्यक्रमलाई यो पल्ट पूर्णता दिने प्रयासमा छौँ ।
दुई जना विद्यार्थीहरुलाई मात्रै सहयोग गर्ने मनसायले सुरु भएको हाम्रो अभियान आज सबैको साथ, सहयोग र सद्भावले एउटा नयाँ उचाई लिएको छ । सबैसँग हामी अभारी छौँ । बाँकी हामी गोरखाबाट फेरी जानकारी गराउने छौँ ।

Education is more than a luxury; it is a responsibility that society owes to itself.
27/10/2015

Education is more than a luxury; it is a responsibility that society owes to itself.

Our students at assembly singing national anthem !
26/10/2015

Our students at assembly singing national anthem !

20/10/2015
23/09/2015

हामी भुकम्पको पिडाबाट बिस्तारै तंग्रीन खोज्दै थियौँ । फेरी देशमा राजनैतिक परिवर्तनसँग , सम्भावना र अन्योलता साथमै मडारिएर आएको छ ।
शिक्षा सहयोग अभियान अन्तर्गत हामिले तीन महिनामा (असोज ६) मा दोश्रो चरणको कार्यक्रम गर्ने पूर्वजानकारी गराएका थियौँ । साथै हामिले त्यसैको लागि तयारी, सुरु पनि गरेका थियौँ । तर संविधान घोषणा पछाडी मधेशको जनजिवन अस्तब्यस्त छ । हामी चाहेर पनि बिराटनगरबाट गोरखा पुग्ने अवस्था छैन ।हामी गोरखाको मदने डाडा मा. वि. परिवारसँग प्रतक्ष्य सम्पर्कमा छौ । देशको परिस्थिती अनुकुल हुनासाथ हामी कार्यक्रम अगाडी बढाउने छौँ । सबैको चासो र सरोकारले हामिलाई काम गर्न प्रेरित गरिरहने छ । हामी थाकेको होईन, सुस्ताएका छौं !
शिक्षा सहयोग अभियान
धन्यवाद

भुकम्पले आतंकित थियो 'बस्ती' हामी पुग्दा । विद्यार्थीहरु मौन थिए । आँखा भरि त्रास र पिडा थियो । बिद्यालयको भवन थिएन । स्...
19/08/2015

भुकम्पले आतंकित थियो 'बस्ती' हामी पुग्दा । विद्यार्थीहरु मौन थिए । आँखा भरि त्रास र पिडा थियो । बिद्यालयको भवन थिएन । स्याउलाले बारेर बनेका छाप्राहरु थिए । अन्योलले आक्रान्त विद्यार्थीहरुलाई हामीले पाठ्यसामाग्री त प्रदान गर्न सक्यौँ तर बिद्यालयको भवनको अवस्था देख्दा मुटमा गाँठो पारेर फर्कनु परेको थियो । ढिलो नै भए पनि मदाने डाँडा मा .वि .मा आस्थाई अध्यायन केन्द्र तयार भएको छ । हामिले बनाउन नसके पनि जो जस्ले सहयोग गरेर भए पनि स्कुल तयार भयो सबैलाई धन्यबाद । आगामी दिनहरुमा पनि यसै गरी सहयोगका हातहरु जोडिंदै जाओस । हामी थाकेका छैनौँ हामी हिँडिरहने छौँ 'सहयोग' र 'मानवियताको' बाटोमा ।

26/06/2015
day-2recreational activityconducted quiz contest for class 7  to 10and musical chair for play group to class 6students a...
26/06/2015

day-2
recreational activity
conducted quiz contest for class 7 to 10
and musical chair for play group to class 6
students actively participated and showed great enthuasim...
many happy faces were seen

Address

Butwal
32907

Telephone

9862006633

Website

Alerts

Be the first to know and let us send you an email when Shikshya sahayog abhiyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shikshya sahayog abhiyan:

Shortcuts

Share

Category