अम्बिका कडेल

अम्बिका कडेल Im a teacher of millions of brains

सत्य नमिठो लाग्छ , तर सबैको हालको भोगाइ यस्तै छ। धेरै शिक्षक साथीहरुले यो पोष्टलाइ समर्थन गर्नुभएछ। सबैप्रति नमन। सबैमाझ...
15/12/2025

सत्य नमिठो लाग्छ , तर सबैको हालको भोगाइ यस्तै छ। धेरै शिक्षक साथीहरुले यो पोष्टलाइ समर्थन गर्नुभएछ। सबैप्रति नमन। सबैमाझ यो कुरा पुर्याइदिने मेरो देश मेरो गौरव पेजलाइ धन्यवाद 🙏


Ambika Kandel

छोरा’छोरी जस्तो सम्झेर एक दुइ लपेटा दिदा पनि या'तना भो रे।😳
शिक्षिका अम्बिका कंडेल लेख्नुहुन्छ- गृहकार्य दिँदा पनि या'तना भो रे।
- गृहकार्य नगरेको कुरा बाउ आमालाइ भन्दिन्छु भन्दा नि या'तना भो रे।
-किन छा’डा भइस् अनुशासनमा बस् भन्दा नि या'तना भो रे।
- गल्ति गरेको बेला छोरा’छोरी जस्तो सम्झेर एकदुइ लपेटा दिदा पनि या'तना भो रे।
भोलि कपाल काटेर आउ , नत्र गेट’बाट फिर्ता गरिन्छ ,भन्दा पनि या'तना भो रे।
- बिद्यालयको पोषाक लगाएर आउ, समय मै आउ भन्नु पनि या'तना भो रे।
- शिक्षक र अभिभा’वकलाइ सम्मान गर्नुपर्छ मुख लाग्न हुन्न। आचार’संहिता पालन गर भन्दा नि या'तना भो रे।
होइन ओइ , तपाइका छोरा’छोरीको वकालत नगर्नुस अब। तपाइका बच्चाको शिक्षा र अनुशा’सनको ठेक्का लिन सक्दैनौ हामीले। घरमै राख्नुस् र सरकार’लाइ घरघरमा शिक्षक पठाउने माग गर्नुस्। आफु पनि संगै बस्नुस। छोराछोरी सुधार्नुस्। रातभरी मोवाइलमा गेम खेलेर बस्ने अनि बिहान १०/११ बजेसम्म सुत्ने अनि तपाइले नै फोन गरेर सन्चो नभएर सुतेको छ।
आज स्कुल आउन सकेन, सुतेको छ भनेर उसका खराब आच’रणलाइ प्रोत्साहन गर्ने तपाइ। अनि हामीले त्यस्ता बिरामी सुधार्नुपर्ने ? बिद्यालय सुधार केन्द्र होइन । आफ्नो बच्चा आफै सुधार्नुस्। हामी केयर टेकर होइनौँ ,शिक्षक हौँ। औप’चारिक शिक्षाका संवाहक हौँ।🙏

🎉 I earned the emerging talent badge this week, recognizing me for creating engaging content that sparks an interest amo...
15/12/2025

🎉 I earned the emerging talent badge this week, recognizing me for creating engaging content that sparks an interest among my fans!

09/12/2025

शिक्षाविद् डा हरुलाइ सुझाव

शिक्षाको सुधार बारे बहस चल्दा सबैभन्दा सजिलो र पहिलो निसाना शिक्षकलाई बनाइन्छ । मानौँ विद्यालयमा हुने सबै समस्या शिक्षककै कारण जन्मिन्छन्। तर प्रश्न उठ्छ, यिनै बहसको अग्रभागमा उभिने शिक्षाविद् वा विभिन्न उपाधिले सजिएका डाक्टरहरू कक्षा कोठाको वास्तविकता कति बुझ्छन्?
धेरैजना कक्षा कोठामा कहिल्यै नपस्ने, बिद्यार्थीको वर्तमान मानसिकता, व्यवहार, सिकाइ प्रवृत्ति र सामाजिक प्रभाव कति बदलिएको छ भन्ने नबुझेका देखिन्छन्। कक्षाभित्र शिक्षकले दैनिक भोग्ने चुनौतीहरू: अनुशासनको गिरावट, मोबाइल र टिकटकजस्ता माध्यमको असर, सिकाइप्रतिको ध्यान घट्दै जानु यी सबै वास्तविकताबाट धेरैजसो टाढा छन्।
त्यसो हुँदा पनि उनीहरूले सजिलै टिप्पणी गर्छन्:-
“शिक्षकले मेहनत गरेनन्”,
“शिक्षकले पढाउन जान्दैनन्”,
“शिक्षक जिम्मेवार छैनन्।”

कक्षाभित्र शिक्षक मात्र ज्ञान दिने व्यक्तिमात्र होइन
मार्गदर्शक, परामर्शदाता, मनोवैज्ञानिक र कहिलेकाहीँ त अभिभावकको भूमिकासमेत बोकेका व्यक्ति हुन्।
बिद्यार्थीहरूका समस्याहरू, भावनात्मक चञ्चलता, घर-परिवारको दबाब, साथीसँगको वातावरण- यी सबै शिक्षकले सम्हाल्नुपर्छ।

तर सुधारका नाममा कुर्सीमा बसेर केवल रिपोर्ट लेख्ने वा माइक समातेर आलोचना गर्नेहरूको आवाज मात्र बलियो छ।
आरोप लगाउनुअघि कक्षा फर्किनुहोस्
शिक्षकको आलोचना गर्नु सजिलो छ।
तर आलोचना गर्नुअघि—
* एक दिन कक्षामा बसेर बिद्यार्थी कसरी सिक्छन्, कसरी
प्रतिक्रिया दिन्छन् हेर्नुहोस्।
* शिक्षकले मनोवैज्ञानिक रूपमा कति दवाव झेलिरहेका छन्
बुझ्नुहोस्।
* अनि मात्र निष्कर्ष निकाल्नुहोस्—कसरी सुधार हुन्छ?


Ambika Kandel

23/10/2025

14/10/2025

यात्रा रारा ताल सम्मको

27/09/2025
 Ambika Kandel
16/09/2025

Ambika Kandel

11/09/2025

आदरणीय अभिभावकज्यूहरू र प्रिय विद्यार्थीहरू,
नमस्कार🙏

देशमा देखिएको वर्तमान विषम परिस्थितिका कारणले गर्दा विद्यालयलाई तत्काल सञ्चालन गर्न सकिने अवस्था छैन। राजनीतिक निकास नआएसम्म अन्यौलताको स्थिति देखियो, अझ निशेधाज्ञा हुदा हुदै जोखिम लिने अवस्था पनि भएन। यस्तो कठिन समय हामी सबैका लागि चुनौतीपूर्ण भए पनि, अध्ययन–अध्यापनलाई निरन्तरता दिनु आजको सबैभन्दा ठूलो आवश्यकता हो। दोस्रो त्रैमासिक परीक्षाको परीक्षा तालिका वितरण भैसकेको छ। प्रश्नपत्र र परीक्षाका सम्पुर् कार्यहरुको व्यवस्थापन भैसकेको छ।

तसर्थ, म हार्दिक अनुरोध गर्दछु—विद्यार्थीहरूले घरमै बसेर दैनिक रूपमा अध्ययन गर्ने बानी बसाल्नुस्।पाठ्यपुस्तकहरू पढ्ने, गणितका अभ्यास प्रश्नहरू गर्ने, नोट लेख्ने र समयलाई सदुपयोग गर्नुहोला।

अभिभावकज्यूहरूले पनि यसमा सहयोग पुर्याइ सन्तानलाई अनुशासित र नियमित अध्ययनमा प्रोत्साहित गरिदिनुहुन विनम्र आग्रह गर्दछु।
विद्यालय खुल्नेबित्तिकै हामी पुनः भेट्नेछौं, तर त्यो समयसम्म स्व–अध्ययनलाई निरन्तरता दिनु नै हाम्रो जिम्मेवारी हुनेछ। कठिनाइलाई अवसरमा बदलौँ र घरमै बसेर पनि सिकाइलाई निरन्तर अघि बढाऔँ। सञ्चारका साधन छन्। अप्ठ्यारो परे बिषय शिक्षकलाइ सम्पर्क गर्नुहोला। तपाइको सिकाइ तत्परताका लागि हामी सदा तपाइहरुसंगै रहने छौँ। धन्यवाद!

Ambika Kandel
अम्बिका कडेल
शिक्षक: देवदह मा वि , रुपन्देही

पहिलो प्राथमिकता सुरक्षा हो ।

 ゚
06/08/2025

Class:10,Economics . Unit -4 commercial bank.

Address

Devdaha
Butwal
32907

Website

Alerts

Be the first to know and let us send you an email when अम्बिका कडेल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to अम्बिका कडेल:

Shortcuts

Share

Category