Devdaha H.S.School

Devdaha H.S.School

Share

Provide qualitative education

Photos from Devdaha H.S.School's post 03/05/2026

धेरै धेरै बधाई तथा सफलताको शुभकामना दिल सर ।

03/05/2026
03/04/2026

सुगम काठमाडौंबाट दुर्गम कर्णाली पढाउन पुगेका एक बिज्ञान शिक्षकको दुख:द अनुभव ........
(एक बिज्ञान शिक्षकको पाेष्ट ) देशकै सुगम क्षेत्र राजधानीको प्रतिष्ठित अङ्रेजी स्कुलबाट दुर्गम क्षेत्रमा अध्यापन गराउन जाँदा आफुले देखेका र भोगेका कष्टकर अनुभवहरुबारे शिक्षक माधव पाण्डेले एक लामो फेसबुक स्टाटस मार्फत खुलासा गरेका छन्।

सरकारी स्कुलमा देखिने बेथिती र बिद्यार्थीको भविष्यमाथी गरिने खेलवाड र कर्णाली प्रदेशले शिक्षामा भोगेको चुनौतीबारे उनको स्पष्ट भनाईले अहिले सम्पुर्ण दर्शकको मन जितिरहेको छ। कालीकोटमा एक शैक्षिक शत्र बिताउँदाको अनुभव: मीठो भन्दा तितो भोगाइ धेरै भन्दै उनले आफ्नो पेज 'माधव सर' मार्फत लेख्छन्-

१. कालीकोटको यात्रा
भर्खर मास्टर डिग्री सक्किनै लागेको थियो। कृतिपुरमै रहँदा कालीकोटको एक बिद्यालयबाट फोन आयो। संगै मास्टर पढेका दाङका एक साथीको माध्यमबाट मेरो नम्बर त्यहाँसम्म पुगेछ। उक्त बिद्यालयमा लामो समय देखी बिज्ञान शिक्षकको आवश्यक्ता रहेकाले उहाँले बिनम्रपुर्वक सहयोगको लागि आग्रह गर्नुभयो। नयाँ नयाँ ठाउँको अनुभव लिन रुचाउने म नेपालको दुर्गम भनिने कर्णाली प्रदेशबाट अफर आउँदा उत्साहित भएँ। यहाँका ठाउँहरुलाई नजिकबाट हेर्न र केही नयाँ कुरा सिक्ने रहर लाग्यो। मुस्किलले परीवारलाई रिझाएर घरबाट करिब ६०० किलोमीटर टाढा, बिरानो ठाउँ कालीकोट जाने निधो गरेँ ।


२. बिद्यार्थीको अवस्था- 'हरिबिजोग'
अध्यापनको हिसाबले यो मेरो छैठौं स्कुल हो। यस अघि राजधानीका ३ र अन्य स्थानका २ गरि ५ स्कुलमा पढाएको छु। तर सरकारी स्कुलमा भने पहिलो अनुभव हो। बिद्यार्थीको अवस्था देखेर निकै निराश भएँ। माध्यमिक तहका बिद्यार्थीलाई गणितका जोड घटाउ नआउनु, अङ्ग्रेजीमा सामान्य वाक्य बनाउन पनि नजान्नु, बिज्ञानका तत्वहरुको नाम समेत भन्न नजान्नु। यो भन्दा बिजोग अरु के होला ? त्यसैबेला आएको अघिल्लो बर्षको SEE को नतिजा त्यस्तै निराशाजनक। यी सब देख्दा मेरो एउटै अठोट बन्यो- "यिनीहरुलाई म सक्षम बनाउछु कम्तिमा पनि आफ्नो बिषयमा।"

३. स्कुलमा बिद्यार्थीको दैनिक गतिविधि
यसैपनी कमजोर बिद्यार्थीहरु त्यसैमाथी न्यून उपस्थिति! स्कुलमा दैनिक रुपमा ३०-४० बिद्यार्थी Absent हुनु त यहाँ सामान्य रहेछ। भ्याएसम्म सबैलाई स्कुल नआउनुको कारण सोध्थेँ। धेरैको जवाफ- "घरमा काम थियो। लेकमा जानू थियो। बाख्रा चराउनु थियो । घरको हेरचाह गर्नु थियो। आदि.. तर पढ्न नखोज्नु त धेरै बिद्यार्थीको बानी नै हुन्छ। उनिहरुलाई पढाईमा प्रत्सोहान गर्न शिक्षक र अभिभावकको नै प्रमुख भुमिका रहन्छ। कमजोर भएता पनि पढाईमा रुचि हुने बिद्यार्थी पनि थिए। त्यस्तै ५० - ५० । उनिहरुलाई कमजोर छौ भन्ने आभास दिलाउनु शिक्षकको काम होइन। उनिहरुलाई त प्रत्सोहानको खाँचो छ। तिमिहरुले पढ्न सक्छौ भन्ने बिश्वास दिलाउन जरुरी छ ।

४. बिद्यार्थीको लागि मैले चालेका केही कदमहरु
बिज्ञानमा उनिहरुको रुचि बढाउन अनेक उपाय लगाउनु पर्यो। कहिले चित्र देखाएर, डिजिटल बोर्डमा डकुमेन्ट्री देखाएर, कम्प्युटर चलाउन दिने प्रलोभन देखाएर, आफ्नै लगानीले केहि बैज्ञानिक सामाग्री किनेर क्रियाकलाप गर्न लगाएर, मोबाइलमा भिडियो बनाएर आदि आदि ! बिस्तारै बिद्यार्थीको रुचि बिज्ञानमा बढ्न थाल्यो। तत्व भनेको थाहा नभएका बिद्यार्थीले खरर २० तत्वका नाम र संकेत भन्न थाले। समय समयमा मैले लिने टेस्ट र त्यसमा पास भएबापत पाउने सानो उपहारको लागि भएपनी उनिहरु पढ्न थाले। कुनैपनी बिद्यार्थीलाई उनिहरुको क्षमता अनुसारको ज्ञान दिनुपर्छ भन्ने मलाई लाग्छ। मेरो उद्देश्य थियो- "पास हुने बिद्यार्थीले अझ राम्रो अकं ल्याओस र फेल हुने विद्यार्थी कम्तिमा पास होस्।"

५. दिमागमा माटो भरिएका केही शिक्षकहरु
बिद्यार्थीको शैक्षिक सुधारको लागि १-२ बिषय वा १-२ शिक्षकमात्र लागेर हुँदैन ।समग्र शिक्षक आफ्नो काममा जिम्मेवार बने भने मात्र यो सम्भव छ। तर मैले आफ्नो कर्तव्यबोध भएका शिक्षक यहाँ कम नै देखेँ। मैले शिक्षा क्षेत्र र शिक्षकहरुमा देखेका केही खराब प्रवृत्ति यसप्रकार छन्।

-> सम्बन्धित बिषयमा नै दक्ष छैनन् शिक्षक: कर्णालीको बाध्यता नै यो छ कि यहाँ कोहि पनि बाहिरको दक्ष शिक्षक आउन तयार छैनन्। शिक्षकको अभावमा महिनौंसम्म बिना शिक्षक नै स्कुल चलिरहन्छ। यहि बाध्यताले गर्दा स्कुलले कमसल शिक्षकलाई भर्ना गर्न बाध्य हुन्छ।

->बिद्यार्थीहरु नै सधैं कमजोर देखिने:
बिद्यार्थी नै यस्तै छन्, बिद्यार्थीको बेस नै छैन, बिद्यार्थी कमजोर छन्- हो! बिद्यार्थी कमजोर छन्। उनिहरुले सानो कक्षाबाटै उचित शिक्षा पाएनन्। तर यी सबै दोष बिद्यार्थीलाई मात्र थुपारेर हामीले चाहिँ के गर्यौँ ? विद्यार्थी कमजोर छन् भनेर हामी उम्कन पाउँछौ? कमजोर बिद्यार्थीलाई सक्षम बनाउने काम कसको हो?

->बर्ष भरी कक्षामा पुरै समय बस्न पनि गाह्रो मान्ने शिक्षक अन्तिम परीक्षा आउनेबेला ओभरटाइम गर्छन्। अरुको पिरियड पनि खाइदिएर। यहि मिहिनेत बर्षभरी गरेको भए बिद्यार्थीको नतिजा पनि सुध्रने थियो कि ?

->यहि फागुनमा माथिल्लो तहकै एउटा कक्षाका बिद्यार्थीले गुनासो गर्दै थिए। कुनै बिषयको जम्मा ३-४ पाठ मात्र पढाइ भएको छ रे। अनि उनिहरुले परिक्षामा के लेख्ने? कसरी पास हुने? अनि यहाँ गल्ती कसको?

->बिद्यार्थीलाई भन्दा शिक्षकलाई घर जान हतार: हाफ टाइममा स्कुलबाट भाग्ने बिद्यार्थी र स्कुल समय नसकिदै बिद्यार्थी भन्दा छिटो घर पुग्ने शिक्षकमा केहि फरक छ ?

->गाउँपालीकाले फ्रीमा दिएका अतिरिक्त कक्षा- बालुवामा पानी: विभिन्न बाहानामा कक्षाकोठा सुनसान। कक्षा १० को नमुना SEE चल्दै छ भनेर कक्षा ८ लाई ट्युसन नआउ भन्नुमा कुनै लोजिक छ? यो बिद्यार्थीको गल्ती होकि शिक्षकको अल्छिपना ? बिद्यार्थी आएनन् आएनन् मात्र भनियो, परिक्षाको मुखमा बिद्यार्थी फ्रीको ट्युसन पढ्न किन आएनन् त, विद्यार्थीलाई ब्यक्तिगत रुपमा हामीले सोध्यौँ ? अभिभावकसंग परामर्श गर्यौँ? अबुझ अभिभावकलाई बुझाउने काम पनि हाम्रो होइन र ?

->आन्तरिक परिक्षामा बस्ने निरीक्षक: दूध कुर्न बसेको बिरालो: बिद्यार्थी भित्र चिट चोर्न ब्यस्त, शिक्षक बाहिर घाम ताप्न मस्त !

->पढाउन भन्दा अरुको खुट्टा तान्नमै ब्यस्त शिक्षक: को कहाँ कतिबेला के गर्छ भन्ने कुरामै समय बिताएपछी तपाईंको पाठ कसले पढाउने ? यसमा पनि बिद्यार्थी जिम्मेवार ?

->राम्रो कुराको प्रशंसा गर्न नसक्ने हामी: बिज्ञान बिषयमा बिद्यार्थीले गरेको प्रगती देखेर यसबाट प्रेरणा लिने, खुसी हुने कि यसमा पनि खुट्टा तान्ने? स्कुल त तपाईंहरुकै होइन र ? यहाँका बिद्यार्थी सक्षम भएपछि भोलि यहीँको सेवा गर्ने होइनन् र ? तपाईंकै छोराछोरीहरुलाई मैले पढाउछु । भोलि उनिहरुले तपाईंकै घर उज्यालो बनाउने होइनन् र? यति बुद्धि पनि छैन भने शिक्षक कसरी बन्नुभयो तपाईं ?

->यथार्थ के हो ?

यहाँ बिद्यार्थी होइन शिक्षक कमजोर भयौं । हाम्रा बिद्यार्थी कमजोर छैनन् भन्ने कुरा पालिकाले संचालन गरेको अहिलेको नमुना SEE परिक्षाको नतिजाले पनि देखाएको छ। बिद्यालय निल भयो तर बिज्ञान भएन। मैले पढाउने ५० प्रतिशत बिद्यार्थी उतिर्ण भए। यो मैले फुईँ लगाएको होइन, म यसबाट खुसी पनि छैन किनकी मलाई १००% बिद्यार्थी पास गराउनु थियो। अन्य अनुत्तीर्ण विद्यार्थीको पनि मनोबल बढाएको छु। बाँकी कुरा आगामी SEE ले पनि देखाउला। सबैको राम्रो होस्।

यहि नमुना SEE को बिज्ञानको नतिजाको सन्दर्भमा स्पष्टीकरण दिदैँ वरिष्ठ शिक्षकहरुले बिज्ञान घोके भैहाल्छ भन्न भ्याएछन्- त्यसो भए अङ्ग्रेजीको ग्रामर किन घोकेनन् ? गणितका शुत्र किन घोकेनन्? अन्य केही शिक्षकले बिद्यार्थीले पढ्दै पढ्दैनन् भनेर उम्किए, त्यसो भए बिज्ञान किन पढे? कसरी पढे? कहिले सम्म बिद्यार्थीको कमजोरीको आडमा आफ्नो कमजोरी लुकाउने ?

->यी त स्कुलका कुरा मात्र भए, ब्यक्तिगत रुपमा नै बाहिरबाट आएका शिक्षकमाथी हमला हुनु कर्णालीको लागि अर्को दु:खद कुरा हो। केही समय अघि छिमेकी स्कुलमा एक मधेसका बिज्ञान शिक्षक कुटिए रे । अब यति लेखेपछी म यहाँ सुरक्षित छु त ?

यस अघिनै सिनियर स्टाफहरुले विभिन्न आरोप त लगाउने नै गरेका हुन्! जस्तै: डिग्री पढेर सान झार्ने,जागिर खान कर्णाली आउने, हामीलाई नगन्ने, सामाजिक संजालमा हाबी हुने, अरु पनि के के हो के के!

यी भनाईहरुले मलाई केही फरक त पार्दैन तर तपाईंहरुको दरिद्र सोँच चाहिँ मज्जाले झल्किन्छ।

->यस्तो बातावरणमा शिक्षण सिकाई क्रियाकलाप पटक्कै सुधार हुन सक्दैन। बिद्यार्थीको शैक्षिक बर्ष खेर नजाओस् भनेर बिचमा उठेर जान एउटा शिक्षकको कर्तव्यले मलाई दिएन.. तर यो कुरा यी टाइम पास गर्न आएका शिक्षकले बुझ्दैनन्।

र अन्तिममा...
तपाईंहरुकै ठाउँ बनाउन आउँदा मैले यति आरोप र अपमान खेप्नु पर्छ भने म यहाँ किन बस्ने? म मात्र होइन आगामी दिनमा जो कोही पनि यो ठाउँमा किन आउने? तपाईंहरुको यो सोँचले कर्णाली कहिले बन्ने?

-> सम्पुर्ण अभिभावकहरुमा अनुरोध- तपाइँका छोराछोरी कमजोर छैनन्। उनिहरुलाई सहि मार्गनिर्देशनको कमि छ। उनिहरुलाई अध्यनमा प्रत्सोहान गर्नुहोस् , नियमित स्कुल पठाउनुहोस्।

र यो कुरा हामी सबैले याद राखौं- "यदि कुनैपनी स्कुले बच्चा बिग्रीन्छ भने त्यसको पहिलो जिम्मेवार उसको अभिभाबक अनि दाेस्राेमा शिक्षक ।"

20/01/2026

तीन वर्ष पुगेछ । माध्यमिक तहमा गणित बिषय पढाउँदै आउनु भएका र सरूवा भई केरवानी मा.वि.मा जान लग्दा पर्सुराम न्याैपाने सर संग बिद्यार्थीहरू ......

05/08/2025

धेरै धेरै बधाई.....

04/08/2025

calculate the easy math

02/08/2025

भनिन्छ ज्ञन काे सबै भन्दा ठूलाे शत्रु अज्ञानता हाेइन, बरू ज्ञन हुनुकाे भ्रम हाे !

02/08/2025

calculate

01/08/2025

easy math

01/08/2025

जुन कुरा भन्न छुटेकाे हुन्छ, त्यसैकाे सबैभन्दा गहिराे छाप रहन्छ !

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Butwal