Rudrapur Peaceland Bhu. Pu. Sainik Public English School

Rudrapur Peaceland Bhu. Pu. Sainik Public English School

Share

Established on 2064 Magh-04
Chairperson-Mr. Rum Bahadur Phaunja Magar
Principal- Mr.Tham Bahadur Sinjali
Vice Principal- Mr.

Balram Phaunja Magar
Accountant- Miss Khema Gurung रुद्रपुर पिसल्यान्ड भु.पु.सैनिक स्कुल एक मात्र Ex-Gorkhas एबम समस्त शिक्षा प्रेमी बुद्धिजीवीहरु द्वारा संचालित कन्चन ४,सुनगाभाचोक ,रुपन्देही जिल्ला कै सहर उन्मुख क्षेत्रमै उत्कृष्ट र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि प्रभाव पार्ने बिध्यार्थी हरु उत्पादन गरिरहेको बिधालय हो।जसको स्थापना २०६६/९/९ गते बिधिबतरुपमा भएको हो।यो एउटा नाफा नलिने सामुदायिक सस्

Photos from Rudrapur Peaceland Bhu. Pu. Sainik Public English School's post 14/03/2026

SEE शुभकामना कार्यक्रम २०८२ का केही झलकहरू 📸

विद्यालयमा कक्षा १० का विद्यार्थीहरूका लागि आयोजित SEE Best Wishes Program 2082 उत्साहपूर्वक सम्पन्न भयो। कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूको सक्रिय सहभागिता, आकर्षक सजावट र उत्कृष्ट व्यवस्थापनले कार्यक्रमलाई अझ विशेष बनायो।

14/03/2026

विद्यालयमा कक्षा १० का विद्यार्थीहरूका लागि SEE परीक्षा २०८२ लाई लक्षित गरी “Best Wishes Program” सम्पन्न भयो।

कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले उत्कृष्ट व्यवस्थापन गर्दै आफ्ना सिनियरहरूलाई सफलताको शुभकामना व्यक्त गरे। कार्यक्रम सफल बनाउन पर्दा पछाडि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण शिक्षकहरू तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद।

कक्षा १० का सम्पूर्ण विद्यार्थीहरूलाई आगामी SEE परीक्षाका लागि हार्दिक शुभकामना। आत्मविश्वासका साथ मेहनत गर्नुहोस् र उज्ज्वल भविष्यतर्फ अघि बढ्नुहोस्। Tham Sinjali Ksh*tij Thapa Rum Phauja

Photos from Rudrapur Peaceland Bhu. Pu. Sainik Public English School's post 11/03/2026

Grade 9 students handed over the Farewell Invitation Card to Grade 10 for the farewell program scheduled on 29 Falgun 2082.

Some glimpses from the moment. 📸🎥

11/03/2026

🎓 कक्षा १० लाई विदाइ कार्यक्रमको निमन्त्रणा 🎓

आज कक्षा ९ परिवारले आदरणीय कक्षा १० का दाजुभाइ तथा दिदीबहिनीहरूलाई २९ फाल्गुण २०८२ मा आयोजना हुने विदाइ कार्यक्रम का लागि औपचारिक रूपमा निमन्त्रणा कार्ड प्रदान गरेको छ।

विद्यालय जीवनका सुन्दर सम्झनाहरूलाई सम्मान गर्दै र आगामी SEE परीक्षाका लागि सफलताको शुभकामना व्यक्त गर्दै आयोजना गरिने यस कार्यक्रममा यहाँहरूको उपस्थितिको अपेक्षा गर्दछौं।

23/02/2026

"हाम्रो गौरव, हाम्रो आवाज! 🏆 PRESO गायन प्रतियोगितामा रनर-अप ट्रफी जित्न सफल हाम्रा प्रतिभावान विद्यार्थी Namsu Pun Magar |

22/02/2026

"हाम्रो गौरव, हाम्रो सफलता! 🏆 निजी विद्यालयहरूको साझा संस्था (PRESO) को मञ्चमा हाम्रो विद्यालयको धमकेदार नृत्य।

Photos from Rudrapur Peaceland Bhu. Pu. Sainik Public English School's post 22/02/2026

हार्दिक बधाई तथा शुभकामना! 💐
निजी विद्यालयहरूको साझा संस्था (PRESO) रुपन्देहीद्वारा आयोजित वार्षिक समापन समारोह तथा लोक नृत्य एवं गायन प्रतियोगितामा हाम्रो विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै निम्न सफलता हासिल गरेको छ:
🎤 एकल गायन (Individual Singing): द्वितीय स्थान (Runner-Up)- Namsu Pun Magar (class-8)
💃 सामूहिक नृत्य (Group Dance): द्वितीय स्थान (Runner-Up)
यसका साथै PRESO महोत्सवका अन्य विधाका विजेताहरूलाई पनि आज विद्यालयको एसेम्बलीमा पुरस्कृत गरियो। यो सफलता हाम्रा मेहेनती विद्यार्थी र गुरुवर्गको साझा प्रतिफल हो।
विजयी सबैलाई उज्ज्वल भविष्यको शुभकामना! 🎊🥳

Photos from Rudrapur Peaceland Bhu. Pu. Sainik Public English School's post 13/02/2026

🏆 Inter House Championship – वर्ष २०८२ 🏆

वर्ष २०८२ का विभिन्न Extra Curricular Activities, Friday Activities तथा Sports Week मा संकलित अंकहरूको आधारमा उत्कृष्ट प्रदर्शन गर्दै Alpha House ले Champion House बन्न सफल भएकोमा हार्दिक बधाई। 🎉

प्रतियोगितालाई सफल बनाउन योगदान दिने अन्य सबै हाउसहरूलाई धन्यवाद। तपाईंहरूको मेहनत र खेल भावना प्रशंसनीय छ।

सम्पूर्ण हाउस शिक्षकज्यूहरूलाई विशेष कृतज्ञता। आगामी वर्षहरूमा अझ उत्कृष्ट प्रदर्शनका लागि सबैलाई शुभकामना।

Photos from Rudrapur Peaceland Bhu. Pu. Sainik Public English School's post 04/02/2026

“विद्यालयमा १८औँ वार्षिकोत्सव तथा विज्ञान प्रदर्शनी शो भव्य रूपमा सम्पन्न भयो। विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र वैज्ञानिक सोचले सबैलाई प्रभावित बनायो। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक, अभिभावक, सहभागीहरू तथा यस कार्यक्रमलाई समाचारमार्फत उजागर गरिदिनुहुने Kanchan Khabar प्रति हार्दिक धन्यवाद।” 🎉🔬📸

01/02/2026
30/01/2026

थाइल्याण्डको राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानी बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेकी छिन् । सीमावर्ती नाका भैरहवाको बेलहिया हुँदै उनी बिहीबार अपराह्न साढे ४ बजे लुम्बिनी आइपुगेकी हुन् ।

भारतका विभिन्न बौद्ध तीर्थस्थलमा पूजाआजा गरी ४१ वर्षीया उनी लुम्बिनीस्थित रोयल थाई मोनास्ट्रीमा बसेकी छिन् । बिहीबार साँझ उनी रोयल थाई मोनास्ट्रीद्वारा आयोजित विशेष पूजामा सहभागी भएको लुम्बिनीस्थित थाई मोनास्ट्रीका प्रमुख भिक्षु फ्रा बोधी विदेशवजिरा शुद्धिले बताए । त्यसअघि उनले स्थानीय बासिन्दासँग भेटघाट गरेकी थिइन् ।

शुक्रबार बिहान ९ बजे उनले मायादेवी मन्दिरमा पूजाआजा र प्रार्थना गर्ने कार्यक्रम छ । त्यसपछि साढे १२ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम छ । त्यहाँबाट उनी थाई एयर फोर्सको चार्टर्ड विमान ७३७ बोईङमार्फत २ बजे बैंकक प्रस्थान गर्नेछिन् ।

उनले बौद्ध धर्मावलम्बीको चार धाम मानिने बौद्धगया, सारनाथ र कुशीनगर पुगेर पूजाआजा गरिन् । चार धामअन्तर्गत पर्ने लुम्बिनी पूजाआजा गर्न यहाँ आएकी हुन् । उनी ७० सदस्यीय टोलीको नेतृत्व गर्दै यहाँ आएकी छन् । जनवरी २१ तारिखमा उनी चार्टर्ड विमानद्वारा भारत पुगेकी थिइन् । राजपरिवार सदस्य सिनेनाथ बिलासकल्यानी थाई राजा महावजिरालङकोर्नकी श्रीमती हुन् । राजाले उनलाई शाही नोबल कन्सर्ट (अति विशिष्ट राजपरिवार सदस्य) उपाधि प्रदान गरेका छन् । त्यस्तै राजाले उनलाई भिक्षु भिक्षुणीलाई प्रदान गर्ने चौखुन फ्राको उपाधि पनि प्रदान गरेका छन् ।

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Kanchan Rural Municipality, Ward No. 4, Rupandehi
Butwal

Opening Hours

Monday 06:00 - 05:00
Tuesday 18:00 - 17:00
Wednesday 18:00 - 05:00
Thursday 06:00 - 05:00
Friday 06:00 - 05:00
Sunday 06:00 - 05:00