20/08/2026
बुटवल पब्लिक स्कूलका कक्षा LKG देखि कक्षा १० सम्मका विद्यार्थीहरूको तेस्रो पौडी सत्र (3rd Swimming Session) सफलताका साथ सम्पन्न भएको छ।
सानै उमेरदेखि शारीरिक स्फूर्ति, अनुशासन र नयाँ सीप विकास गराउने उद्देश्यले आयोजित यस सत्रमा विद्यार्थीहरूले निकै उत्साहका साथ सहभागी भई पौडीका विभिन्न आधारभूत तथा उन्नत सीपहरू सिकेका छन्।
मिहिनेत र उत्साहका साथ पौडी सिक्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई! साथै, विद्यालयलाई निरन्तर सहयोग गर्नुहुने आदरणीय अभिभावकज्यूहरू र मिहिनेती शिक्षक तथा प्रशिक्षक टोलीलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।