Kanti Student Club

Kanti Student Club Official Kanti Student Club Page!!!!!

13/07/2026
कान्ति मा.वि. बुटवलको ७२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ को शुभ अवसरमा विद्यार्थी क्लबको आयोजनामा क्लबको विकास, मा...
20/12/2025

कान्ति मा.वि. बुटवलको ७२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ को शुभ अवसरमा विद्यार्थी क्लबको आयोजनामा क्लबको विकास, मार्गदर्शन तथा निरन्तर सहयोगमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने यस क्लबका संरक्षक तथा विद्यालयका प्राचार्य श्री गोविन्द ज्ञवालीज्यू, शिक्षक सल्लाहकार श्री राजेन्द्र पौडेलज्यू तथा पूर्व सचिव एवं सल्लाहकार श्री सागर सुनारज्यूलाई कदरस्वरूप सम्मान–पत्र तथा कदर–चिन्ह प्रदान गरिएको छ।

विद्यार्थीहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सकारात्मक गतिविधिहरूमा सधैं प्रेरणा प्रदान गर्नुहुने सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं। साथै कार्यक्रम सफल बनाउन अहोरात्र खटिनुहुने सम्पूर्ण स्वयंसेवक साथीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं।

तपाईंहरूको अमूल्य योगदानले नै आजको क्लब सम्भव भएको हो।
सम्मान गरौं, प्रेरणा फैलाऔं… 🙏✨

14/12/2025

रक्तदान कार्यक्रम!!!
🗓 पुष १ गते
🏫 कान्ति माध्यमिक विद्यालय
🕖 बिहान ८:०० बजे

गत मङ्सिर ०५ गते शुक्रबार सम्पन्न निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण र कान्ति माध्यमिक व...
29/11/2025

गत मङ्सिर ०५ गते शुक्रबार सम्पन्न निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण र कान्ति माध्यमिक विद्यालयको आयोजना र कान्ति विद्यार्थी क्लबको सहकार्यमा Kanti Singing Competition हिजो मिति २०८२-मङ्सिर १२ गते शुक्रबार सम्पन्न गरिएको छ।

निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरु

First: निरुता पचभैया

Second: अमिसा खत्री

Third : सृष्टि घिमिरे

Consolation: करिस्मा खत्री
प्रतिक पोखरेल

Kanti Singing Competition मा उत्कृष्ट विद्यार्थीहरु - विहानी सत्रमा

first: स्वस्तिका वि.क
Second: प्रशाङ्त राना
Third: रोजन छन्त्याल
Consolation:आयुष न्यौपाने

Kanti singing Competition मा उत्कृष्ट विद्यार्थीहरु - दिवा सत्रमा

First: आदित्य भट्टराई
Second: सन्देश घिमिरे
स्नेहा पौडेल
Third : कभिसा के.सि

दुबै प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना सहित कार्यक्रम सफल पार्न सहयोगी सबैलाई क्लब परिवार आभार प्रकट गर्दछ। 🙏 जय शिक्षा, जय कान्ति✨

23/11/2025

कान्ति विद्यार्थी क्लबद्वारा आयोजित निबन्ध लेखन प्रतियोगिता।

मिति २०८२-०८-०५ गते शुक्रबार कान्ति विद्यार्थी क्लब द्वारा आयोजित निबन्ध लेखन प्रतियोगिता कार्यक्रम विद्यालयका सहायक प्र...
22/11/2025

मिति २०८२-०८-०५ गते शुक्रबार कान्ति विद्यार्थी क्लब द्वारा आयोजित निबन्ध लेखन प्रतियोगिता कार्यक्रम विद्यालयका सहायक प्रध्यानाध्यापक केदारनाथ ज्ञवाली सरको प्रमुख आतिथ्यतामा सु-सम्पन्न गरेका छौं। कार्यक्रममा विद्यालयका आदरणिय गुरुहरु मोहन भट्टराई, केशवराज भण्डारी, राजेन्द्र पौडेल, टिकाराम शर्मा र इन्द्र पौडेल लगायत सरहरुको समेत आतिथ्यता रहेको थियो ।कार्यक्रमको अध्यक्षतामा क्लबका अध्यक्ष सुर्य बहादुर थापा हुनुन्थ्यो। सम्पूर्ण क्लब परिवारको तर्फबाट हाम्रो उक्त कार्यक्रमलाई सफल पार्नको लागि सहयोगी गुरुवर्ग, सहभागी विद्यार्थी लगायत सबैमा क्लब परिवार धन्यवाद प्रकट गर्दछ ।

आगामी शुक्रबार आयोजना हुँदै गरेको बिहानी तथा दिवा कार्यक्रम।
19/11/2025

आगामी शुक्रबार आयोजना हुँदै गरेको बिहानी तथा दिवा कार्यक्रम।

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Kanti Student Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category