19/08/2026
लुम्बिनी इन्टिग्रेटेड एकेडेमीका B.Sc. Forestry अध्ययनरत विद्यार्थीहरूको अध्यायन / अवलोकन शैक्षिक भ्रमण २०८३ भदौ २ - ५ गते अन्तर्गत पहिलो दिन साझ ५ वजे बारा, तमागढीस्थित HPPCL मा सम्पन्न सम्पन्न भएको छ ।
B.Sc. Forestry का विद्यार्थीहरूले औषधीय तथा सुगन्धित वनस्पति (Medicinal and Aromatic Plants – MAPs) को खेती, प्रशोधन तथा बजारीकरणसम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्ने उद्देश्यले HPPCL, तमागढी, बारा मा शैक्षिक भ्रमण गरेका हुन ।
भ्रमणका क्रममा विद्यार्थीहरूले लेमनग्रास, सिट्रोनेला, पाल्मारोजा, मेन्था, फ्रेन्च बेसिल, युकालिप्टस तथा क्यामोमाइललगायत विभिन्न औषधीय तथा सुगन्धित वनस्पतिको खेतीको प्रत्यक्ष अवलोकन गरे। साथै, बाफ आसवन (Steam Distillation) प्रविधिबाट यी वनस्पतिहरूको प्रशोधन गर्ने प्रक्रियाबारे पनि जानकारी हासिल गरे। विद्यार्थीहरूले वनस्पतिको उचित समयमा कटानी, प्रशोधन, मूल्य अभिवृद्धि तथा बजारीकरणका व्यावहारिक पक्षहरूबारे समेत महत्वपूर्ण ज्ञान प्राप्त गरे।
HPPCL का शाखा प्रबन्धक श्री प्रविन आचार्यका साथै श्री दिपेन्द्र कुमार र श्री गणेश राईले औषधीय तथा सुगन्धित वनस्पतिको खेती र प्रशोधनसम्बन्धी महत्वपूर्ण जानकारी तथा आवश्यक मार्गदर्शन प्रदान गर्नुभएको थियो।
उक्त शैक्षिक भ्रमण अत्यन्तै जानकारीमूलक, फलदायी तथा उपलब्धिमूलक रह्यो। यसले विद्यार्थीहरूलाई कक्षाकोठामा सिकेका सैद्धान्तिक अवधारणालाई वास्तविक कार्यक्षेत्रसँग जोड्दै व्यावहारिक तथा क्षेत्राधारित सिकाइको महत्वपूर्ण अवसर प्रदान गर्यो। यस्ता प्रकारका शैक्षिक भ्रमण तथा व्यावहारिक अनुभवले NTFP क्षेत्रसम्बन्धी विद्यार्थीहरूको ज्ञान, सीप र बुझाइलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउँछन्।
यस शैक्षिक भ्रमणलाई सफल, ज्ञानवर्धक तथा अविस्मरणीय बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय र सहकार्य गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ।
लुम्बिनी इन्टिग्रेटेड एकेडेमी विद्यार्थीहरूलाई कक्षाकोठाको सिकाइलाई व्यवहारसँग जोड्ने, अर्थपूर्ण अनुभव प्रदान गर्ने तथा उनीहरूको व्यावसायिक विकासमा सहयोग पुर्याउने अवसरहरू उपलब्ध गराउन सदैव प्रतिबद्ध छ।