18/09/2023
“कोरियन भाषा पास गर्ने हो भने तलका यी छ वटा कुराहरूलाई मनन गरौँ।
(1) समय धेरै मुल्यवान छ, यसलाई व्यर्थ कुरामा नगुमाऔँ।
(2) आफ्नो उद्देश्य र मनोबल सदा उच्च राखौँ।
(3) कार्य सानो होस् वा ठूलो त्यसलाई कुशलता पर्वको र प्रेमपुर्वक पुरा गरौँ।
(4) कर्म गरौँ तर कर्ता हुने गर्व गरौँ।
(5) आफ्नो अन्तर आत्माको कुरा सधैं सुनौँ।
(6) सदा आफ्नो आचरण शुध्द र पबित्र राखौँ।
✍️कोरियन भाषा परीक्षा मा सफल हुनको लागि मेरो तर्फबाट केहि सुझाबहरू:
(1) सबैभन्दा पहिले आफ्नो दिमागलाई भोको बनाउनुहोस्। जसरी भोक नलागी खाना रूच्दैन तयसरी नै दिमाग भोको नभई पढ्न पनि मन लाग्दैन अनि पढेको स्मरण पनि हुँदैन। अर्थात् मानसिक रूपमा म कोरियन भाषा पढ्छु भनेर तयार हुनुहोस्।
(2) इन्स्टिच्युट अनि प्रशिक्षक नाम चलेका हुँदैमा परिक्षा मा पास भई हालिन्छ भन्ने गलत भ्रममा नरहनुहोस किनकि इन्स्टिच्युट र सर त केवल गन्तव्य देखाई दिने गाईड मात्र हुन् हिड्नु आफै पर्छ।
(3) बेसिक लेबल (बर्णमाला) देखि नै सबै राम्ररी र सहि रूपमा बुझ्दै जानुहोस् किनकि कोरियन भाषा मा धेरै बिवादास्पत एवं दुबिधाजनक नियमहरु भेटिन्छन् त्यसकारण सकेसम्म एऊटै लेखकको किताब मात्र पढ्ने बानी गर्नुहोस् ताकी अगाडिको पढाइ मा दुबिधा नरहोस्।
(4) कोरियन भाषामा उच्चारणका नियम धेरै हुन्छन् त्यसैले शब्दको उच्चारण मा बिशेष ध्यान दिनुहोस् ताकि त्यसले भोली परिक्षामा 50 प्रतिशत हिस्सा ओगट्ने सुनाई प्रश्नहरू लाई सहज बनोस।
(5) ब्याकरण प्रस्ट सँग बुझ्नुहोस्।
(6) शब्दार्थ मा बिशेष जोड दिनुहोस।
(7) धेरै समय पढेर धेरै बुझिन्छ भन्ने गलत सोचाइमा नरहनुहोस् किनकि जति ठुलै समुन्द्रमा गए पनि पानि ल्याउने भनेको आफु सँग भएको भाँडो बराबर मात्र हो।
(8) पढेका कुराहरू स्पष्ट रुपमा याद नहुदा सम्म दोहोर्याउने बानि गर्नुहोस्।
(9) आफूलाई जस्तो बाताबरणमा पढ्न अनकुल लाग्छ त्यस्तै बाताबरणमा बसेर पढ्ने गर्नुहोस् जस्तै:-गित सुन्दै, हिड्दै..................।
(10) पढेका कुराहरूलाई बास्तविकता अथवा ब्यवहारिक कुरा सँग दाज्ने गर्नुहोस्।
(11) पाठै पिच्छेका listenings लाई पाठ हेर्दै सुनीरहनुहोस् जबसम्म स्पष्ट बुझ्न सक्नुहुन्न किनकि परिक्षामा कुल प्रश्न को 50% हिस्सा सुनाईका प्रश्नले ओगटेको हुन्छ।
(12) कोर्स बुकको पाठ 1 देखि नै चित्रहरू शब्दार्थ सहित याद गर्ने तथा कोरियन संस्कृति र बिभिन्न कुरा सम्बन्धि जानकारी राम्रो सँग याद गर्नुहोस्।
(13) पाठको अन्तिम मा हुने eps topik question हरूको अभ्यास हरूलाई राम्ररी प्राक्टिस गर्नुहोस्।
(14) कोरियाको रहनसहन कोरियाको काम काममा आवश्यक पर्ने सामग्रीको नाम अनि कामदार सम्बन्धि नियम र अधिकार सम्मिलित पाठहरूलाई बिशेष ध्यान दिएर पढ्नुहोस्।
(15) धेरै भन्दा धेरै प्रश्नहरू खोजेर अभ्यास गर्ने बानि गर्नुहोस्।
(16) कक्षामा धेरै जानेझैँ गरि बोलिरहने साथि धेरै हुन्छन् उनीहरूलाई देखेर आफु निराश नहुनुहोस्। किनकि रित्तो गाग्रिले धेरै आवाज निकाल्दछ।
✍️माथि उल्लिखित बुँदाहरु राम्ररी मनन गरेर कोरियन भाषाको अध्यन गरे पक्कै पनि eps ले लिने topik कोरियन भाषा दक्षता परिक्षा मा सफल हुन पूर्ण सहयोग पुर्याउँछ भन्ने बिश्वास गरेको छु।
❤️धन्यबाद❤️