Axis Secondary School

Axis Secondary School Axis Secondary School,
Butwal-8, Sukkhanagar

29/09/2023
26/09/2023

शिक्षकहरूलाई आयोग तयारी गराईरहेको अग्रणी संस्था साथै नेपालको पहिलो ई-लर्निंग प्लेटफर्म OTTISH ले शिक्षक आन्दोलनको क्रममा पानी वितरण गर्दाको तस्बिर र साथमा ओटिस कर्मचारीहरु । दिउँसोको पट्यारिलो घाममा संस्थाले आन्दोलनरत शिक्षकहरूलाई केही दिनदेखि निःशुल्क पानी वितरण गरी सहयोग गरिरहेको छ ।

22/09/2023

शिक्षाको प्राण शिक्षालयको स्वायत्ततामा हुन्छ । तर आज राजनीति दलको झण्डा बोक्ने प्रतिनिधिका अगाडि एउटा शिक्षकले अफ्नो "काम, सुविधा र कर्तव्य" प्रति याचना गर्नुपर्ने अवस्था छ ।

१. दलको नाममा निर्वाचित व्यक्ति कसरी शिक्षकको मालिक हुन सक्छ ? शिक्षकको प्रागिंक स्वतन्त्रता हुन्छ । शिक्षकलाई दास बनाएर शिक्षाको विकास हुँदैन ।

२. राज्यलाई कस्तो शिक्षा चाहिएको हो भन्ने तय गर । चाहिएको शिक्षाको पाठ्यक्रम निर्धारण गर । पुस्तक तयार पार । अनि पठनपाठन गर । शिक्षकलाई तलब देउ । उसले पढाएको उस्को प्रधानाध्यापकले अनुगमन गर्छ । प्रधानाध्यापकको अनुगमन गर्ने शिक्षाविद्को व्यवस्था गर । शिक्षकको मालिक वडाध्यक्ष हुन सक्तैन ।

३. तिम्रो शिक्षा उपनिवेशी सोचले ग्रस्त छ । यसले युरोप र अमेरिकाको बारेमा सिकाउँछ, नेपालका बारेमा होइन । यसले हाम्रो अनुहार नेपाली राख्छ, तर हाम्रो मति युरोपेली बनाउँछ । यस्रले भन्छ, "कोलम्बसले अमेरिका पत्ता लगाए । अर्का घरमा गएर यो घर मैले पत्ता लगाएँ, यो घरको मालिक म हुँ भन्न पाइन्छ ? "हाम्रो शिक्षा" "कोलो-टेमप्लेट" हो-- कोलोनाइजरहरुले बनाइदिएको एउटा ढाँचा छ । त्यही पढाइ हुन्छ ।

४. सरकारले शिक्षकलाइ सिर्जनशिल विज्ञ बनाउन खोजेको हो वा सरकारको सिपाही ? आज शिक्षक सिपाही बन्न इन्कार गर्दैछन् । उनीरुले ठिक गरेका छन् । तर शिक्षकका नाममा पार्टीको झन्डा बोक्ने रीति बन्द हुनु पर्छ ।

क. शिक्षकलाइ स्रस्टा बनाउ, सम्मान गर । उसलाई उत्कृष्ट बन्न सहयोग गर । अनुसन्धान गर्ने अवसर र वृत्ति देउ । नोकर नबनाउ ।

ख. हजुरबुबा जस्तो बूढो शिक्षकलाइ एउटा कार्यकर्ताका अगाडि जम्लाहात गरेर सरुवाको याचना गर्ने निरीह नबनाउ ।

ग. भविष्यको नेता आजको शिक्षकको मेहनतबाट जन्मिन्छ । त्यो महान व्यक्तिलाई राजनीतिको गोठालो नबनाउ ।

घ. हरेक शिक्षक बदमास छ भन्ने मनोबिज्ञानबाट कानुन नबनाउ । हरेक शिक्षक योग्य छ तर उसले अब्बल बन्ने अवसर पाएको छैन भनेर कानुन बनाउ ।

तत्काल कुरा गर, र समाधान खोज । ज्यादती नगर । यदि शिक्षकहरू माथि बल प्रयोग भयो, अपमान गरियो भने हामीजस्ताले पनि सडक रोज्नु पर्ने हुन्छ ।

- युवराज संग्रौला, प्राध्यापक ।

09/09/2023

सबैले जान्नुपर्ने कुरा

22/08/2023

सबैले जान्नुपरनेकुर

19/08/2023

'मैले तपाईको छोरालाई बडो माया गरेर हुर्काए, राम्रो कलेजमा पढाउदै छु । अब तपाईको जिम्मा लगाउन चाहन्छु,' भारतीय प्रध.....

भारतिय प्रधानमन्त्रीमोदीको रेखदेखमा जीत बहादुरको शिक्षा
19/08/2023

भारतिय प्रधानमन्त्रीमोदीको रेखदेखमा जीत बहादुरको शिक्षा

'मैले तपाईको छोरालाई बडो माया गरेर हुर्काए, राम्रो कलेजमा पढाउदै छु । अब तपाईको जिम्मा लगाउन चाहन्छु,' भारतीय प्रध.....

19/08/2023

कक्षा १२ मा १ लाख ९ हजार बढीले अङ्ग्रेजी फेल गरेको विषयमा प्रा.डा.विद्यानाथ कोइराला प्रश्न गर्नुहुन्छ, ‘३ महिनामा कोरियाली भाषा पढे पास गर्न सक्ने अनि १२ महिना पढाउँदा पनि किन अंग्रेजी फेल ?’

Address

Butwal-8, Sukkhanagar
Butwal
32907

Telephone

+97771531794

Website

Alerts

Be the first to know and let us send you an email when Axis Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Axis Secondary School:

Shortcuts

Share

Category