Hotel management at Nabin School Butwal Devinagar

Hotel management at Nabin School Butwal Devinagar

Share

It's the Educational College for +2 hotel management

05/06/2026
Photos from Hotel management at Nabin School Butwal Devinagar's post 19/05/2026
17/05/2026

शैक्षिक सत्र २०८३ को क्यालेन्डर विमोचन समारोह बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेपाल सरकारका सहसचिव दीपक ज्ञवालीज्यूको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको कार्यक्रम सञ्चालक कक्षा ९ का विद्यार्थी रोशन पाण्डे।

24/02/2026

हामी सबैलाई बधाई

15/11/2025

Proud moment For School:- रूपन्देहीको बुटवल ११ देवीनगर स्थित नवीन औद्योगिक कदरबहादुर माध्यमिक विद्यालयका ६ जना विद्यार्थीहरूले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउने भएका छन्।

विद्यालयले एक कार्यक्रमले ६ जनालाई नै सम्मान गरेको छ।

Photos from Hotel management at Nabin School Butwal Devinagar's post 08/11/2025

भैरहवाको पाँचतारे होटल सिद्धार्थ भिलासाका मुख्य विशेषताहरू

08/11/2025

सिद्धार्थ भिलासा भैरवाको पाँच तारे होटलमा नवीन औद्योगिक कदरवादिता मावि देवीनगरमा कक्षा ११ होटल व्यवस्थापनमा अध्ययनरत विद्यार्थीहरूसँग सहजीकरण गर्नुहुँदै कार्यकारी सेफ राजेन्द्र घिमिरे

08/11/2025

भैरहवामा रहेको सिद्धार्थ भिलासा ५ तारे होटलमा कक्षा ११ होटल व्यवस्थापनका विद्यार्थीहरूलाई सहजीकरण गर्नुहुँदै आउटलेट म्यानेजर कमल बस्याल।

Photos from Hotel management at Nabin School Butwal Devinagar's post 12/06/2025

बुटवल जेठ २९
नवीन औद्योगिक कदरबहादुर रिता मावि देवीनगरबाट विज्ञान प्रवर्धन कार्यक्रममा अन्तरविद्यालय भ्रमण अन्तर्गत नेपालका उत्कृष्ट सामुदायिक तथा संस्थागत विद्यालयहरूको अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ।
अध्ययन अवलोकन भ्रमणमा दाङको घोराही स्थित गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलको अवलोकन गरेको छ जुन विद्यालय रोल्पा, सल्यान ,रुकुम ,दाङ र प्युठान जिल्लाका भूतपूर्व ब्रिटिस सेनाहरूको सक्रियतामा गोरखा ग्रुप प्राली मार्फत सन् १९९८ मा स्थापना भएको विद्यालयमा पाँचवटा शाखाहरू दाङ जिल्लामा रहेका छन्। जसमा गोरखा पब्लिक इन्टरनेसनल सेकेन्डरी स्कुल घोराही, गोरखा सेकेन्डरी स्कुल तुल्सीपुर, गोरखा आइडियल स्कुल लालमटिया, गोरखा मोडल स्कुल लमही र गोरखा आवासीय स्कुल तुल्सीपुर रहेका छन्।
गोरखा ग्रुप प्राली अन्तर्गत १० हजार विद्यार्थीहरू कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने गर्छन्। घोराहीको उक्त विद्यालयमा हाल २९७५ विद्यार्थीहरू अध्ययन गर्ने गर्छन्। उक्त विद्यालयमा आयोजित असल शैक्षिक अभ्यास आदानप्रदान कार्यक्रममा विद्यालयका प्राचार्य मानसिंह घर्ती मगरको अध्यक्षतामा भएको थियो कार्यक्रममा मानव संसाधन निर्देशक उत्तम राज घिमिरे, एकेडेमिक निर्देशक दुर्गाबहादुर केसी लगायतले धारणा राख्नुभएको थियो। विद्यालयको अध्यक्ष विष्णुप्रसाद घर्ती मगर प्रमुख कार्यकारी अधिकृत नवल सिंह घर्ती मगर र संस्थापक अध्यक्ष मानबहादुर बुढा मगर रहनुभएको छ।
पद्मोदय पब्लिक माध्यमिक विद्यालय विक्रम सम्वत २००४ सालमा स्थापना भएको सङ्घीय नमुना विद्यालय हो। विद्यालयको हातामा आठ बिघा जग्गा रहेको छ भने देउखुरीमा १३ बिघा जग्गा रहेको विद्यालय कक्षा ९-१२ कम्प्युटर विज्ञान कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा समूह अध्यापन हुने यस विद्यालयमा दिवा समूहमा मात्र अध्यापन हुने गर्दछ विद्यालयमा हाल ३८५० विद्यार्थीहरु अध्ययनरत छन्। गतवर्षको एसइइमा ६३% र कक्षा १२ को एसएलसी परीक्षामा ५९% विद्यार्थीहरू उत्तीर्ण भएका थिए हाल ३७८ जनाले एसईई परीक्षा दिएका छन्। विद्यालयबाट गतवर्ष ६ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएसमा नाम निकालेका थिए। विद्यालयमा अभिभावक भेला चारपटक, शिक्षकले कक्षामा कति समय बिताए भन्ने विवरण विद्यार्थीहरुले राख्ने व्यवस्था रहेको छ। कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरू विद्यालय समुदाय कार्यक्रम अन्तर्गत समुदायमा अन्तरक्रिया गर्ने गर्छन् अवलोकन भ्रमणको क्रममा आयोजित अन्तरक्रिया कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष डाक्टर सुरामणि बेलबासेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेतले विद्यालयका असल शैक्षिक अभ्यासहरु जानकारी गराउनु भएको थियो ।
ज्ञान ज्योति माध्यमिक विद्यालय तुलसीपुर नेपालमा निजी तथा आवासीय विद्यालयमा कक्षा ११ र १२ मा नेपालमा धेरै विद्यार्थीहरु अध्ययन गर्ने विद्यालय हो। यस विद्यालयको संस्थापक ,योजनाकार तथा अध्यक्ष टिकाबहादुर जिसी हुनुहुन्छ। र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र जिसी रहनुभएको छ। दाङ जिल्लामा ज्ञान ज्योति फाउन्डेसनको नाममा १२ वटा शाखाहरू सञ्चालनमा रहेका छन्। जस अन्तर्गत १२००० विद्यार्थीहरू अध्ययन गर्छन्। विद्यालयले तरकारी खेती ,बाख्रापालन, भैँसी पालन, स्विमिङ पूल ,फुड्सल खेलमा जोड दिने गर्छ विद्यालयमा करिब ५०० आवासीय विद्यार्थीहरू रहेका छन्। २०५१ मा स्थापना गरिएको ज्ञानज्योति फाउन्डेसनमा कक्षा ११ र १२ मा करिब ३००० विद्यार्थीहरू अध्ययन गर्छन्। विद्यालयमा ५०० शिक्षक तथा कर्मचारीहरू कार्यरत रहेका छन् अन्तरक्रिया कार्यक्रम विद्यालयका सहायक प्राचार्य मनोज केसीको अध्यक्षतामा सम्पन्न भएको थियो।
माध्यमिक विद्यालय तुल्सीपुर सेन्टर विसं २०२७ मा स्थापना भएको विद्यालय एक बिघा साढे १९ कठ्ठा जग्गा रहेको छ। विद्यालयमा कक्षा ९-१२ इलेक्ट्रिकल इन्जिनियरिङ कक्षा ११ र १२ मा व्यवस्थापन समूह र विज्ञान समूह अध्यापन हुने गर्दछ। विद्यालयमा कक्षा १० सम्म १७ ०० ११ -१२ सम्म कुल विद्यार्थी २८०० रहेका छन्। विद्यालयमा सिटिभिटी अन्तर्गत तीन वर्षे डिप्लोमा जियोमेट्रिक र सूचना प्रविधि पनि पढाइ हुने गर्छ। विद्यालयमा शिक्षक विदामा बस्दा खाली पिरियड लिएबापत रु१०० दिने गरिन्छ। प्रत्येक महिनाको अन्तिम शुक्रबार नियमित परीक्षा सञ्चालन गरिन्छ। विद्यालयमा संगीत र मार्सल आर्टको प्रशिक्षण हुने गर्छ। विद्यालय २०८० मा सामुदायिक विद्यालयतर्फ नेपालमा व्यवस्थापन समूह र इलेक्ट्रिकल इन्जिनियरिङबाट १३७ जना विद्यार्थी सहभागी भई १३५ जना विद्यार्थी उत्तीर्ण भएर सामुदायिक विद्यालय तर्फ नेपाल प्रथम हुन सफल भएको थियो।
हाल विद्यालयबाट २७३ जना विद्यार्थीहरूले एसइ परीक्षा दिएका छन्। तुलसीपुर बजार क्षेत्र भएर पनि विद्यालय पछि परेको बताइन्छ। विद्यालयमा ११ बजेबाट ५ बजेसम्म पठनपाठन हुने गर्दछ। अन्तरक्रिया कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहायक प्रधानाध्यापक भोला पौडेलले असल अभ्यासहरू प्रस्तुत गर्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक भागवत पौडेल रहनुभएको छ। उहाँ नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष समेत हुनुहुन्छ।
जनकल्याण माध्यमिक विद्यालय शान्तिनगर दाङ २०२४ मा शिक्षा प्रेमी र बुद्धिजीवीहरूको पहलमा स्थापना भएको यस विद्यालयको मूल नारा शिक्षासँग संस्कार ,सीप र प्रविधिलाई अगाडि सारेको छ।
विद्यालयमा कक्षा ४ सम्म ग्रेड शिक्षण गर्ने गरिन्छ घोराही र तुलसीपुरमा बसाईसराईले विद्यालयलाई प्रभावित बनाएको छ। विद्यालयमा कक्षा ११ र १२ मा शिक्षा समूह र कक्षा ९ -१२ बाली विज्ञान अध्यापन हुने गर्छ। विद्यालयमा हाल ६४३ विद्यार्थीहरू अध्ययनरत छन्। करिब साढे २९ बिघा जग्गा भएको यस विद्यालयमा जंक फुडलाई पूर्ण निषेध गरिएको छ l कक्षा ५ सम्मका विद्यार्थीहरुलाई विद्यालयका विद्यार्थीहरुद्वारा उत्पादन गरिएको खाजा खुवाउने व्यवस्था गरिएको छ। भने कक्षा ६ देखि १२ सम्म घरबाटै तयार गरिएको नास्ता ल्याउने व्यवस्था गरिएको छ। विद्यालयमा दैनिक संगीतमय पिटी विद्यार्थीको नेतृत्व विकासको लागि प्रस्तुतिकरण विद्यार्थीहरू प्रार्थना स्थलमा नै दैनिक हाजिरी लिने शिक्षकले बिदा बस्दा एक दिन अगाडि बिदा स्वीकृति गराउनुपर्ने र विद्यालयमा शिक्षकले विद्यालय पोशाक नलगाएमा प्रतिदिन रु ३० जरिवाना तिर्नुपर्ने गरी शिक्षक स्टाफहरूबाट सहमति गरिएको छ। प्रत्येक महिनामा अभिभावक भेला सबै शिक्षकहरूको कक्षा अनुगमन प्रधानाध्यापक तथा सहायकले गर्ने र प्रधानाध्यापकको पनि कक्षा अनुगमन गरी पृष्ठपोषण दिने व्यवस्था गरिएको छ। शिक्षक विदामा रहेको समयमा खाली पिरियड अध्यापन गरेबापत रु ८० प्रदान गर्ने व्यवस्था रहेको छ। विद्यालय २०८० को कक्षा १२ को बोर्ड परीक्षामा बाली विज्ञानबाट ४१ जना र शिक्षा समूहबाट ६० जना गरी १०१ जना विद्यार्थीले बोर्ड परीक्षामा सहभागी भएकोमा सबै विद्यार्थी उत्तीर्ण भएर सामुदायिक विद्यालयमा नेपाल तृतीय हुन सफल भएको थियो। विद्यालयमा कक्षा १- ३ लाई अन्तिम घन्टीमा योग, व्यायाम र प्राणायामको प्रशिक्षण गराइन्छ विद्यालयमा च्याउ उत्पादन गर्ने प्रयोगशाला मौरीका घार २०, लहरे तरकारीका बेर्ना उत्पादन, नर्सरी ब्याड ,धानको नमुना उत्पादन ,दुना टपरी बनाउने ,अगरबत्ती बनाउने प्रशिक्षण, विद्युत र प्लम्बिङ तालिम आफ्नै उत्पादनमा दिवा खाजा खुवाउने व्यवस्था गरिएको छ।
असल शैक्षिक अभ्यास आदानप्रदान कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निम बहादुर केसीले असल शैक्षिक अभ्यास स्लाइड मार्फत प्रस्तुत गर्नुभएको थियो। प्रधानाध्यापक केसी एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएको छ।
पाँचवटै विद्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा भ्रमण दलको नेतृत्व बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम पन्थीले गर्नुभएको थियो उक्त अवसरमा मन्तव्य व्यक्त गर्दै बुटवलको समग्र भौतिक पूर्वाधार, आर्थिक पक्ष ,व्यवस्थापकीय पक्ष र शैक्षिक पक्षको बारेमा विश्लेषणात्मक धारणा व्यक्त गर्नुभएको थियो।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयले अवलम्बन गरेका असल शैक्षिक अभ्यासहरू ( GEP )को बारेमा सबै विद्यालयमा सहजीकरण गर्दै विद्यालयका आन्तरिक तत्त्वहरू सबल र कमजोर पक्ष र बाह्य तत्त्वहरू अवसर र चुनौतीका बारेमा धारणा राख्नुभएको थियो।बुटवल उपमहानगरपालिका लुम्बिनी प्रदेशका १०९ वटा पालिका हरूको अगुवाई गर्ने पालिका भएको बुटवल उपमहानगरपालिकाले विद्यालयको भौतिक पूर्वाधार विकास ,विद्यालय तहबाट खेलाडी उत्पादन ,विकास र प्रोत्साहन नीति लिएको फुटबल खेलाडीहरूलाई आवासीय व्यवस्था, शिक्षक समस्या भएका विद्यालयहरूलाई नगर अनुदान मार्फत शिक्षकको व्यवस्था गरिएको विद्यालय कर्मचारी बालविकास र विद्यालय सहयोगीलाई थप पारिश्रमिकको व्यवस्था गर्नुको साथै बुटवलका सामुदायिक विद्यालयहरू नेपालमै १० वटा भित्र पर्ने तीनवटा विद्यालय बुटवलमा नै भएकोले शैक्षिक हवको रुपमा स्थापित गराउन उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा देवी अर्याल र प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालको महत्वपूर्ण भूमिका भएको धारणा समेत व्यक्त गर्नुभएको थियो।
अवलोकन भ्रमणमा विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन खनाल, सहायक प्रधानाध्यापक तथा शिक्षा समूह इन्चार्ज रोमनाथ घिमिरे, विज्ञान समूह इन्चार्ज लक्ष्मीनारायण चौधरी ,विज्ञान विषयका कृष्णबहादुर घर्ती ,भौतिकशास्त्र विषयका संयोजक बाबुराम पौडेल, रसायनशास्त्र विषयका संयोजक प्रेमसागर यादव ,गणित विषय संयोजक तुलसीराम घिमिरे, आइसिटी संयोजक राकेश अग्रहरी, कक्षा ११ व्यवस्थापन समूहका इन्चार्ज जयराम पन्थी, कक्षा १२ व्यवस्थापन समूहका इन्चार्ज केशवराज पन्थ, कानुन समुहकि अधिवक्ता निशा खरेल, सिभिल इन्जिनियरिङका सुदेश तिवारी, सांस्कृतिक संयोजक अर्जुन शाह ठकुरी, दिवा खाजाका संयोजक युवराज पाण्डे, विद्यालय कर्मचारी बुटवलका अध्यक्ष देवराज चौधरी, नवीन विद्यार्थी क्लबका अध्यक्ष सुभाष पौडेल लगायत ७० जना शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको कार्यक्रममा होटल व्यवस्थापनको सहजीकरण लक्ष्मीनारायण चौधरी र केशवराज पन्थले गर्नुभएको थियो।

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Devinagar, Chaupari
Butwal